Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

बालबालिकामा मोबाइलको लतले निम्त्याउँदै गम्भीर समस्या, छुटाउने कसरी?

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको अनामनगरमा बसोबास गर्ने सम्झना शर्माकी छोरी अहिले साढे तीन वर्षकी भइन्। सँगसँगै जन्मिएका अन्य बालबालिकाभन्दा ढिलासम्म आफ्नी छोरी नबोल्दा सम्झनालाई निकै चिन्ता लागेको थियो।

“दुई वर्षकी हुन लाग्दासमेत कुनै बोली फुटाएर प्रतिक्रिया नै जनाउँदिनथी,” सम्झना भन्छिन्, “बाबा/मामु समेत भन्न नथाल्दा मलाई त मेरी छोरी पनि अटिस्टिक रहिछ कि भन्ने धेरै तनाव भएको थियो।”

बोली नफुटेकी उनकी छोरीलाई खुवाउनुपर्‍यो भने मोबाइलमा भिडिओहरू नदेखाई हुँदैनथ्यो। “हामी पनि दुवै जना काम गर्ने भएकाले उसलाई समय दिन पनि नभ्याउने अनि मोबाइल थमायो, खुवायो गर्थ्यौँ,” सम्झना भन्छिन्।

ढिलोसम्म छोरी नबोलेपछि उनले चिकित्सकहरूलाई पनि त्यसबारे भनिन्। सबैले मोबाइल धेरै खेलाएर पो नबोलेको हो कि भन्ने शङ्का गरे। “दुई वर्षकी भएपछि भने किन्डरगार्टनमा हालिदिएँ,” सम्झना भन्छिन्, “छोरी त बिस्तारै बोल्न मात्र थालिन, घरमा हुँदाभन्दा निकै टाठी पनि भई।”

उनलाई अहिले लाग्छ, “आमाबाबु दुवैले घरमा धेरै बेर मोबाइल नै चलाइरहने अनि छोरीलाई पनि फकाउन मोबाइल नै दिने गर्दागर्दै छोरीसँग गर्नुपर्ने खालको संवाद नै गरिएनछ।”

बालमनोचिकित्सक तथा मनोविद्हरूका अनुसार अचेल सम्झनाको जस्तै आफ्ना छोराछोरी “ढिलो बोलेका वा बोली नफुटेको” गुनासो गर्नेहरू धेरै हुन थालेका छन्। र, त्यसको कारणको रूपमा देखा परेको छ- मोबाइलको अधिक प्रयोग अर्थात् मोबाइलको लत।

यद्यपि त्यसबारे नेपालमा खासै अध्ययनहरू नभएकाले यकिनका साथ भन्न नसकिने उनीहरूको भनाइ छ।

पहिले कान्ति बाल अस्पतालमा काम गरिसकेकी र हाल मानसिक अस्पताल लगनखेलमा कार्यरत बाल तथा किशोरकिशोरीसम्बन्धी मनोचिकित्सक डा. शेरिना मोक्तानका भनाइमा विशेष गरी नेपालका सहरी क्षेत्रका कतिपय बालबालिकामा ढिलो गरी बोली फुट्नुको एउटा कारण मोबाइल पनि हुन सक्ने देखिएको छ।

उनी भन्छिन्, “बालबालिकालाई सानैदेखि चौबीसै घण्टा मोबाइलमा झुन्डिन दिँदा उनीहरूले सामाजिक संवाद नै गर्न पाइरहेका छैनन्। संवाद गर्ने वातावरण नभईकन बालबालिकाले बोल्न सिक्दैनन्।”

“मोबाइलले नर्सरी राइम्स वा एबीसीडी त सिकाउला तर बोल्न वा संवाद गर्न सिकाउँदैन। त्यो निरन्तरको अभ्यासमा निर्भर हुने कुरा हो।”

कान्ति बाल अस्पतालमा रहँदा त्यस्तो समस्या लिएर आएका कतिपय बालबालिकाका अभिभावकलाई मोबाइल चलाउने समय कम गर्न लगाउँदा त्यसले फाइदा पुगेको देखिएको अनुभव उनको छ।

बालबालिकामा बोली ढिलो आउने त एउटा उदाहरण मात्र भएको र मोबाइलको लत लागेपछि बालबालिकामा अनेकौँ मानसिक र शारीरिक समस्याहरू देखिन थालेको मोक्तान बताउँछिन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि मोबाइलको लतका कारण बालबालिकाको समग्र विकासमै नकारात्मक असर पर्ने र समस्या देखिने भन्दै पटकपटक सूचना नै जारी गरेर सचेत गराउने गरेको छ।

बालबालिकामा मोबाइलको लत

जानकारहरूका भनाइमा बालबालिका तथा किशोरकिशोरीमा मोबाइलको लत अहिले विश्वव्यापी समस्याका रूपमा देखिएको छ। यद्यपि त्यो बालबालिसँग मात्र जोडिएको नभई अभिभावकको आनीबानीसँग पनि सम्बन्धित रहेको छ।

बालबालिकामा हुने मोबाइलको लत भनेको उनीहरूले मोबाइल धेरै चलाउनु मात्र नभएको मोक्तान बताउँछिन्। उनी भन्छिन्, “मोबाइल धेरै चलाउनु मात्र होइन, मोबाइल चलाउन नपाउँदा बालबालिकाले दु:ख मान्ने, निराश हुने, डराउने, मोबाइलबाहेक अन्य कुरामा ध्यानै नदिने, सामाजिक नहुने खालको अवस्था बन्यो भने त्यसलाई मोबाइलको लत लागेको भन्नुपर्ने हुन्छ।”

मोबाइलको लत मोबाइल धेरै चलाएर मात्र नभई ‘सामाजिक चिन्ता’का कारण पनि हुन सक्छ। “सामाजिक चिन्ता भएका बालबालिकाले त्यसलाई भुलाउनका लागि मोबाइल चलाउन थाल्छन् र त्यो मात्रा बढ्दै जान्छ अनि लत बस्छ,” मोक्तान भन्छिन्।

त्यस्तै डिप्रेसन भएका बालबालिकाले पनि त्यसबाट भुल्न मोबाइल धेरै चलाउने र त्यो लत बन्ने उनको भनाइ छ। मोक्तानका अनुभवमा कान्ति बाल अस्पतालमा दैनिक चार/पाँच जना बालबालिकाहरूलाई मोबाइलको लतकै कारण मानसिक समस्या देखिएको भनेर ल्याइने गरेको छ।

त्यस्तै अटिजम भएका बालबालिकामा अधिक मोबाइल चलाउने लतका कारण त्यसका गम्भीर लक्षणहरू देखा परेको पनि आफ्नै एउटा अध्ययनले देखाएको मोक्तान बताउँछिन्।

डिप्रेसनदेखि दुर्व्यवहारसम्म

विशेष गरी किशोरकिशोरीहरूमा मोबाइलको अति लतका कारण डिप्रेसनको समस्या देखिने गरेको मोक्तान बताउँछिन्।

“कतिपय किशोरकिशोरीमा मोबाइलको लतका कारण सामाजिक सञ्जाल धेरै चलाउने अनि त्यसमा कसैले आफ्नो फोटो राख्यो तर त्यसमा कम लाइक वा शेअर भयो तर साथीको धेरै भयो भने त्यसैबारे सोचेर उनीहरू मानसिक समस्यामा परेको पनि देखिएको छ,” उनी भन्छिन्।

“कम लाइक वा शेअर हुँदा ‘म साथीभन्दा नराम्रो रहेछु वा मलाई कसैले मन पराउँदैन रहेछन्’ भन्ने ठानेर पनि किशोरकिशोरी डिप्रेसनमा गएको पाइएको छ।”

त्यस्तै कतिपय बालबालिकालाई सामाजिक सञ्जालकै माध्यमबाट ‘बुलिङ’ र यौन दुर्व्यवहार भएका घटना पनि देखा परेको जानकारहरूको भनाइ छ। दुर्व्यवहारका कारण मानसिक समस्या भोगेका बालबालिकाहरू पनि आउने क्रम बढेको मोक्तान जानकारी दिन्छिन्।

स्वास्थ्य मन्त्रालयको सुझाव

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि सूचना जारी गर्दै बालबालिकालाई मोबाइलको अभिभावकलाई लत नलगाउन सुझाव दिँदै आएको छ। हालै मन्त्रालयले जारी गरेको सूचनामा पनि मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा असर पर्ने जनाइएको छ।

मन्त्रालयले जारी गरेको सूचनामा बालबालिकामा मोबाइलको लतबारे निम्न कुरा उल्लेख गरिएको छ:

  • बालबालिकाले आफैँ मोबाइल चलाउँदैनन्। अभिभावकले अत्यधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन् र लत बस्छ।
  • मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटकपटक ब्युझँने समस्या देखिन सक्छ।
  • आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा खुवाउनु हुँदैन।
  • मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन्। त्यसका कारण पोषणसम्बन्धी समस्या, पाचन प्रणालीमा समस्या हुन सक्छ।
  • खाना खुवाउँदा अभिभावकले बच्चासँग कुराकानी गरेर, डुलाएर, गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउनुपर्छ।
  • मोबाइलको लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिँदै जान सक्छ। उनीहरू रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्ने हुन सक्छन्। यसले गर्दा बच्चा ठूलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्छ।
  • सुत्नुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रीनबाट आउने उज्यालोले निद्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ।
  • मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा यसले बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुर्‍याउँछ।

मोबाइलको लत कम गर्ने के गर्ने?

बालबालिकामा हुने मोबाइलको लत कम गर्न सबैभन्दा प्रमुख भूमिका अभिभावकको हुने विज्ञहरू बताउँछन्। मोक्तान भन्छिन्, “सबैभन्दा पहिले अभिभावक आफैँले दिनको अधिकतम दुई घण्टाभन्दा बढी मोबाइल चलाउनु भएन र बालबालिकालाई पनि दिनु भएन।”

अभिभावकपछि शिक्षकशिक्षिकाको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ। त्यस्तै घरमा कुनै स्थानलाई ‘स्क्रीन-फ्री जोन’ बनाउन उनी सुझाव दिन्छिन्।

सरकारले मोबाइलको लतबाट हुने असर र त्यसलाई कम गर्न अभिभावकले गर्नुपर्ने कामबारे सचेतना फैलाउनुपर्ने आवश्यकता शर्मा देख्छिन्।

त्यस्तै सरकारले नेपालमा “कति स्क्रीन टाइम उपयुक्त हो” भन्ने मापदण्ड बनाउनुपर्ने र त्यो पालन गर्न सबैलाई उत्प्रेरित गर्नुपर्ने विज्ञहरूकव सुझाव छ। त्यसका अतिरिक्त मोबाइल चलाउने समयमा त्यसलाई बन्द गरेर अन्य विकल्पहरूमा बालबालिकालाई सहभागी गराउनुपर्ने मोक्तानको सुझाव छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ अभाव

गण्डकी । पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने ...

मस्र्याङ्दी जलविद्युत्को मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य स...

रवि लामिछाने र बालेन शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हा...

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झ...

कस्तो होला रास्वपा सरकारको विदेश नीति ?

काठमाडौं । चुनावमा सानदार सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बाल...

काठमाडौंको वायु प्रदूषण अस्वस्थकर स्तरमा, विश्वका प्रदूषित सहरमध्ये चौथो स्थानमा

काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थकर स्तरमा पुगेको छ। बिहीबार बिहान ७:२० बजे गरिएको मापनअनुसार उपत्यकाको एयर क्वालिटी इन्डेक्स ...

तेल संकटका कारण पाकिस्तानमा विद्यालय बन्द, पेट्रोलको मूल्य एकैपटक ५५ रुपैयाँले बढ्यो

काठमाडौं । इरानमाथि संयुक्त राज्य अमेरिका–इजरायलले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वबाट सम्पूर्ण मध्यपूर्व प्रभावित हँुदा तेल र ग्यास आपूर्तिमा अवरोध आ...

मध्यपूर्व संकटका कारण देखिएको इन्धनको सम्भाव्य मूल्यवृद्धिसँग जुझ्ने सरकारको योजना कस्तो छ ?

काठमाडौं । सरकारले मध्यपूर्वमा झन्डै डेढ सातादेखि जारी तनावका कारण नेपालमा मूल्यवृद्धि हुन सक्ने भन्दै खाना पकाउने ग्यासलगायतको कालोबजारी रोक्न अनुगमन...

कम्युनिस्ट सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे ...

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE