काठमाडौंँ । मिसेस हेरिटेज इन्टरेनसनल नेपाल विभा बस्नेतले नेपालमा मिसको तुलनामा मिसेसका प्रतियोगीतालाई हेलाको नजरले हेर्ने गरिएको गुनासो गरेकी छन् । अन्तराष्ट्रिय प्रतियोगीतामा मिसको तुलनामा मिसेसले राम्रो सफलता हात पारेपनि हेर्ने दृष्टिकोण भने राम्रो हुन नसकेको उनको भनाई थियो ।
बस्नेतले केही दिन अगाडि मात्र अन्तराष्ट्रिय प्रतियोगीता ‘हेरिटेज प्याजेन्ट’मा मिसेस तर्फको शिर्ष उपाधि ‘मिसेस हेरिटेज इन्टरेनसनल’ नेपाललाई दिलाएकी थिइन् । राजधानीमा आयोजित पत्रकार भेटघाट क्रममा उनले ‘हेरिटेज प्याजेन्ट’को अनुभव बाँडिन् ।
‘अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागीको अनुभव मेरो स्वदेशको भन्दा बेग्लै रह्यो । त्यहाँ धेरै देशका कल्चरदेखि धेरै कुरोको जानकारी मिल्यो’, बस्नेतले भनिन् ‘नेपालको कल्चर, हेरिटेज र नेपाली महिलाको लचकता बारे समेत सबै माझ राखे ।’ विजेता बने त्यो खुसी कुरो हो । तर विजेता नभएको पनि सहभागी हुन पाएकोमा भाग्यमानी ठान्ने उनले सुनाइन् । ‘नेपाली महिलाले पनि केही गर्न सक्छन् भनेर प्रमाणी गर्न सफल भए । यो देशका लागि उपलब्धि हो’ उनले थपिन् ।
कार्यक्रममा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यले नेपालले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीतामा उपलब्धि हासिल गर्न अझै धेरै मिहिनेत गर्नुपर्ने बताए । नेपालीहरुको समय ख्याल नगर्ने बानी अन्तराष्ट्रिय प्रतियोगीतामा पछि पर्नुको मुख्य कारण हुने गरेको उनले भनाई थियो ।
‘हामी नेपाली समय अनुसार चल्दैनौ । मैले विश्वका बिभिन्न कार्यक्रममा जाँदा अन्य प्रतियोगी समय अनुसार चलेको पाएको छु’, शाक्यले थपे ‘समय लगायत धेरै कुरोमा अझै नेपालीले मिहिनेत गर्नुपर्छ ।’ हामी विश्वका अन्य मुलुक भन्दा कलासंस्कृतिमा धनी भएकोले प्रतियोगीताका लागि प्रस्तुत गर्ने बिषय हामीसँग धेरै रहेको उनले सुनाए ।
बस्नेतलाई ‘हेरिटेज प्याजेन्ट’मा ग्रिनआर्ट मिडियाले पठाएको हो । मिडियाकी अध्यक्ष अनिला श्रेष्ठले धेरै मिहिनेता पछि यो बर्ष नेपाललाई उपलब्धि हात परेको बताइन् । मिडियाको प्रतियोगी छान्ने प्रकृया अन्य भन्दा भिन्न र उत्कृष्ट भएकोले अन्तराष्ट्रिय क्षेत्रमा पनि उपलब्धि हासिल गर्न सफल भएको उनको भनाई रहेको थियो ।
‘हामी अडिसनदेखि फाइनलसम्म बिभिन्न चरणको सेलेक्स गर्छाै’, श्रेष्ठले भनिन् ‘छानिएका प्रतियोगीलाई अनेक प्रशिक्षणबाट निर्खाछौ । त्यसैले पनि यो उपलब्धि हात परेको हो ।’ उनले आगामी दिन अझ धेरै अन्तराष्ट्रिय उपाधि नेपाल भित्र्याउने लक्ष्य मिडियाको रहेको सुनाइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: