Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

माइतीघर मण्डलामा प्रदर्शन निषेधः दुर्गा प्रसाईंको प्रदर्शनस्थल अनिश्चित, मंगलबार घोषणा गर्ने

खबरडबली संवाददाता

काठमाडौं । मंसिर ७ गते शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेका अस्पताल व्यवसायी दुर्गा प्रसाईंले त्यसदिन माइतीघर मण्डलामा कुनै कार्यक्रम नगर्ने भएका छन् ।

प्रसाईंको निजी सचिवालयका सदस्य बिनोद बजगाईंले ‘माइतीघर मण्डलामा मंसिर ७ मा दाईको कुनैपनि कार्यक्रम नरहेको बताए । तर अरु कुनस्थानमा कार्यक्रम आयोजना गर्ने भन्ने बारेमा परामर्श भैरहेकाले मंगलबार त्यसबारेमा जानकारी सार्वजनिक गर्ने बजगाईंले बताए ।

एमालेको भ्रातृ संगठन युवा संघ र अस्पताल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ का दिन माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने भनेर प्रचार प्रशार गर्दै आएका थिए । युवा संघले यसबारेमा अहिलेसम्म कुनै जानकारी दिएको छैन ।

दुवै पक्षले त्यसदिन बिहान ११ बजे माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने निर्णय गरेपछि गृह प्रशासन यसको व्यवस्थापन कसरी गर्ने भनेर परामर्शमा छ । शान्ति सुरक्षाको व्यवस्थापनलाई ध्यानमा राखेर दुवै पक्षलाई एकैठाउँमा कार्यक्रम आयोजना गर्न दिननहुने भन्नेमा गृह प्रशासन निर्णयमा पुगिसकेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गृह सचिव, उपत्यकाका अरु दुइ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुसँगको परामर्शपछि माइतीघर मण्डलामा कुनै पनि प्रदर्शन लगायतका कार्यक्रम आयोजना गर्न रोक लगाईने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सुरक्षा निकायका प्रमुखहरुसँग देशको समग्र शान्ति सुरक्षाको अवस्था र मंसीर ७ मा गरिने भनिएको प्रदर्शनको व्यवस्थापनबारेमा परामर्श गरिसकेका छन् । माइतीघर मण्डला मात्रै होइन, काठमाडौंका कुनै पनि एउटै स्थान, समय र मितिमा दुई पक्षको कार्यक्रम आयोजना गर्न दिननहुने निष्कर्षमा पुगेका सुरक्षा अधिकारीहरुले वैकल्पिक स्थानमा कार्यक्रम गर्न सल्लाह दिनुुपर्ने सहमति गरेका छन् ।

गृह प्रशासनले काठमाडौंका तीनकुने, खुलामञ्च, नारायणचौर, बालाजुको माछापोखरी, कीर्तिपुर र अरु पनि सम्भावित स्थान खोजेर त्यता कार्यक्रमहरु गर्न आयोजकलाई सल्लाह दिनुपर्ने बारेमा छलफल गरेका छन् । दुर्गा प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा प्रदर्शन गर्न लागेको बताउँदै आएका छन् । युवा संघले मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध प्रदर्शन लागेको बताएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले माइतीघर मण्डलामा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो। पछि त्यसविरुध्द परेको रिटमा आदेश गर्दै सर्वोच्च अदालतले त्यो निर्णय कार्यान्वयन नगर्न भनेको थियो । अहिले शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको कारण खुलाएर स्थानीय प्रशासन ऐन, २०२८ अनुसार निश्चित समयका लागि माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्न सकिने सरकारी अधिकारीहरुको भनाई छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy