Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

भोजपुर सदरमुकाममा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण

खबरडबली संवाददाता

भोजपुर  । भोजपुर नगरपालिका–७ कोदारमा जिल्लाकै बहुप्रतिष्ठित अन्तराष्ट्रिय स्तरको रङ्गशाला निमार्ण सम्पन्न भएको छ । रङ्गशालाका लागी आवश्यक संरचनाहरु ग्राउन्ड फिलिङ, प्यारापिट, कभर्डहल, रिटेनिङ वाल, कार्यालय भवन, क्यान्टिन भवन, शौचालय निमार्ण सम्पन्नसगैँ रङ्गशालाको निमार्ण कार्य सम्पन्न भएको हो । 

रङ्गशाला निमार्णका लागी शहरी विकास कार्यालय धनकुटा मार्फत रायमाझी मार्सेली जेभीले करिब १४ करोड पाँच लाख २६ रुपियाँ लागतमा २०८० जेठ १८ गते निमार्ण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार काम सम्पन्न भएसगैँ ठेकेदार पक्षले जिल्ला समन्वय समिति भोजपुरलाई रङ्गशालाको चाबी हस्तान्तरण गरेको छ ।

करिब २७ रोपनी क्षेत्रफलमा फैलिएको रंगशालाको दक्षिणतर्फ ८० मिटरको चौडाइ, उत्तरतर्फ ५५ मिटरको चौडाइ, पूर्वतर्फ एक सय दुई मिटरको लम्बाई र पश्चिमतर्फ एक सय पाँच मिटरको लम्बाइ छ । 

रङ्गशालाको चाबी लिएसगैँ रंगशालालाई दिर्घकालीन सञ्चालन तथा संरक्षण गर्न रणनैतीक कार्ययोजना बनाउन आवश्यक रहेको जिल्ला समन्वय समिति भोजपुरका सभापति कमल थुलुङले बताए । रङ्गशाला निमार्णसगै भोजपुरले खेल क्षेत्रमा उत्कृष्ट प्रर्दशन तथा खेलाडी उत्पादनमा टेवा पुग्ने  प्रमुख थुलुङ जानकारी दिए ।

यता, भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले रङ्गशालाको पुर्णतासगैँ भोजपुरको खेल क्षेत्रमा एउटा आयाम थपिएको बताए । उनले भने,“जिल्लामा खेल क्षेत्रको विकासका  लागी भोजपुर रंगशाला कोसे ढुङगा सावित हुनेछ । 

जिल्लामा भएका खेलाडिहरुको प्रोत्साहन तथा उत्साहका लागी नगरले साना तथा ठुला खेल मैदान निमार्ण गरेको छ तर बार्षीक रुपमा नगरले सञ्चालन गर्दै आएको आमन्त्रीत मेयर गोल्डकप प्रतियोगीता सञ्चालन गर्न लगायत अन्य ठुला खेलकुद प्रतियोगीता सञ्चालन गर्न थप सहजहुने समेत मेयर आलेले बताए ।

रंगशाला निमार्णसगैँ खेलकुद क्षेत्रको विकास, वडास्तरमा आर्थिक तथा भौतीक संरचनाको विकासहुने भोजपुर नगरपालिका–७ का वडाध्यक्ष जय बहादुर तामाङले बताए ।

त्यस्तै जिल्ला फुटबल संघका अध्यक्ष प्रविण सुवालले पुर्वी पहाडि जिल्लामै उत्कृष्ट अर्थात ११ साइजको खेलमैदान निमार्णभएसगैँ खेलाडि तथा आयोजकहरुलाई खेलकुदका कार्यक्रम सञ्चालन गर्न सहजहुने बताए ।  उनले रंगशालालाई दिर्धकालिन रुपमा सञ्चालन, संरक्षण र सम्र्वधन गर्न सरोकारवालाहरुले विशेष ध्यान दिन आवश्यक रहेको समेत उल्लेख गरे । 

भोजपुरले ब्याटमिन्टनमा एकै परिवारका नङशला देवी, रत्नजित र सरादेवी तामाङ सहित विकास श्रेष्ठ, विवेक श्रेष्ठ र नविन श्रेष्ठ, म्याराथुनमा मिरा राई, करातेका मोहन कुमार राई, भलिवलका जोसन श्रेष्ठ, दुर्ज कुमार राई, उसुका सर्मीला राई लगायत थुप्रै राष्ट्रिय एंव अन्तराष्ट्रिय खेलाडि उत्पादन भएका छन् । 

खेल क्षेत्रमा गर्भीलो इतिहास बोकेको भोजपुरले विगत लामो समयदेखी गुणस्तरीय कर्बडहल, रंगशाला तथा खेलमैदान नहुदा जिल्लामा उत्पादन भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडिहरु पलायन हुने पर्ने अवस्था थियो । भोजपुर रंगशाला निमार्ण भएसगैँ आगामी दिनमा यस्ता समस्या नहुने खेलाडि तथा खेलकुद प्रेमीहरुको अपेक्षा रहेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

‘गोली आदेश’ विवाद नथामिँदै सहसचिव रिजालमाथि अर्को आरोप—भ्रष्टाचार

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...

एमाले आन्तरिक द्वन्द्व चर्कीँदै: पोखरेल समूहका युवाहरू राजधानीमा

एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...

भोजपुरबाट प्रतिनिधिसभा चुनावका लागि काँग्रेसले प्रत्यक्षमा ६ र समानुपातिकमा ८ जनाको नाम सिफारिस

भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...

जति प्रयास गरे पनि सफिन सकेनन् उपत्यकाका नदी

काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...

नेपाली बजारमा इतिहासकै उच्च मूल्यमा अमेरिकी डलर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...

सरकार चुनाव गर्दै सुशासनको अनुभूति गराउने प्रतिबद्ध छः सञ्चार मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...

कांग्रेसले काठमाडौं–१ बाट सिंह र आचार्यको नाम सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...

सर्लाहीमा गरिमा विकास बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास

सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending