काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न आज नेपाल सरकारलाई परामर्श दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगका पदधिकारीले भेटेर उक्त परामर्श दिनुभएको र प्रधानमन्त्री दाहालले आयोगको सिफारिसअनुसारकै मितिमै हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले (माघ १५ गते सम्म) निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ ।
राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजा बमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको भइसकेको छ ।
निर्वाचन ऐन, २०७५ मा राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्याक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने निर्वाचक मण्डलकोे व्यवस्था रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - १७:१९
हेटौँडा। मकवानपुरको राक्सिराङ गाउँपालिकाको कार्यालयले इसाई धर्मावलम्बीहरुले पर्व क्रिसमसको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपाल...
पौष ८ गते, २०८१ - १७:०२
हैदाराबाद।‘पुष्पा २’ रिलिजको क्रममा हैदराबादको सन्ध्या थिएटरमा भागदौड हुँदा एक महिलाको मृत्यु भएको घटनाले थप बहस निम्ताएको छ । सो घटनामा परी एक बा...
पौष ८ गते, २०८१ - १६:५१
लेखनाथ। जिल्ला अदालत कास्कीमा सोमबारबाट पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेसहित प्रतिवादीको बयान र थुनछेक बहस...
पौष ८ गते, २०८१ - १६:३५
इस्लामबाद। पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफी भारतसँग खेल्नका लागि तटस्थ स्थानको रूपमा दुबईलाई रोजेको छ । आयोजक पाकिस्तानले आफ्ना प्रतिद्वन्द्वी...
पौष ८ गते, २०८१ - १६:०५
काठाडौं । हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । ...
पौष ८ गते, २०८१ - १५:४३
काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितपछि उनले शपथ नलिदै अर्बपति उद्योगपति एलन मस्क निकै शक्तिशाली बनेका छन् । मस्कले ट्रम्प सरकार...
पौष ८ गते, २०८१ - १५:३५
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय १२ दशमलव २० विन्दुमा पुगेको छ ।, न...
पौष ८ गते, २०८१ - १४:४२
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि कार्ययोजना बनाएर १५ दिनभित्र ...
पौष ८ गते, २०८१ - १४:३०
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार निर्माण हुँदाको सात बुँदे सहमति अनुसार चल्न नसकेको गुनासो गरेका छन्। १०० दिने विशेष अ...
पौष ८ गते, २०८१ - १४:२४
खोटाङ। जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनको छोरा प्रबिन आचार्यको भक्तपुरमा हत्या भएको छ । भक्तपुरको बालकोटमा हत्या ...
प्रतिकृया लेख्नुहोस्: