Ntc summer Offer
Khabar Dabali ९ फाल्गुन २०८० बुधबार | 21st February, 2024 Wed
NIMB

केपी ओली कप क्रिकेट: दोस्रो जितसँगै बागमती सेमिफाइनलमा

सन्दीपले फेरि लिए ४ विकेट

खबरडबली संवाददाता

पोखरा । बागमती प्रदेश पोखरामा जारी केपी ओली कप टि- २० क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ । शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेश केपी ओली कपको सेमिफाइलनमा प्रवेश गरेको हो ।

बागमती प्रदेशले दिएको १ सय ९० रनको बलियो लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७ ओभर ३ बलमा ९९ रनमै समेटियो । कर्णालीलाई सस्तोमै समेट्न बागमतीका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।

३ ओभर ३ बल बलिङ गरेका कप्तान सन्दीपले ९ रन खर्चेर ४ विकेट लिए । प्रतिश जिसी, रिजन ढकाल, सुभाष खत्री र इशान पाण्डेले १-१ विकेट लिए । कर्णालीका लागि कप्तान रविन्द्र शाही २०, अर्जुन घर्ती २४, बिपिन शाहीले २१ र दीपेन्द्र रावतले १२ रन जोडे ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो । बागमतीका लागि ओपनर रित गौतम र इशान पाण्डेले उत्कृष्ट अर्धसतक प्रहार गरेका थिए । रितले सर्वाधिक ८२ रन र इशान पाण्डेले ७० रन बनाए । रितले ५९ बलमा २ छक्का र १० चौका प्रहार गरे । प्रतिश जिसीले अविजित १२ रनको योगदान दिए । बलिङतर्फ कणरलीका दिनेश अधिकारी र प्रकाश जैसीले ३-३ विकेट लिए ।

बागमतीले पहिलो खेलमा बिहीबार मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रेड’ लाई १ सय ९ रनले पराजित गरेको थियो । एक खेल अगावै कणरली प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रेड’ प्रतियोगिताबाट बाहिरिएका छन् । यी दुई टोलीबिचको खेल शनिबार हुनेछ । शुक्रबारको दोस्रो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) बीच प्रतिस्पर्धा हुनेछ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बिहिवारबाट सुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता छ ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचक ७.८३ अंकले घट्यो

काठमाडौं । नेप्से परिसूचक ७.८३ अंकले घटेको छ । बुधबार ७.८३ अंकले घटेको सेयर बजार २०२५.२२ विन्दुमा पुगेर बन्द भएको छ ।    यसदिन ३१३ कम्पनीको ६३ ल...

लघुवित्त पीडितको सिंहदरबारमा छलफल, बालुवाटारमा प्रदर्शन

काठमाडौं । लघुवित्त पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । लघुवित्त पीडितहरुले बुधबार काठमाडौंको सिफल चौरदेखि बालुवाटारसम्म मार्च गरेका हुन् । ...

अछाममा जिप दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते

अछाम । अछाममा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । चौरपाटी गाउँपालिका–५ लुंग्रास्थित आमरुख नजिक आज विहान जिप दुर्घटना ...

लघुवित्त र सहकारी पीडितहरूकाे समस्या समाधान गर्न प्रधानमन्त्री प्रचण्डकाे प्रतिवद्वता

काठमाडौं । लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सिंहदरबार बोलाएर छलफल गरेका छन्। लघुवित्त र सहकारी क्...

अनि फेरियो साँखगाउँको मुहार

रुकुमपश्चिम । रुकुम पश्चिमको जिल्ला सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । सो गाउँमा पापिनी मेला लाग्ने भएकाले पनि साँखगाउँ अझ परिचित छ । माथिपट्टि अग्ला भ...

गोर्खा वारियरको पोखरामा भव्य रेडकार्पेट प्रिमियर, अतिथिको उच्च तारिफ

पोखरा । यही ११ फागुनबाट नेपालमा रिलिज हुने मिलन चाम्स निर्देशित ऐतिहाँसिक नेपाली चलचित्र गोर्खा वारियरको पोखरा रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । सो...

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुपाल्चोक  । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ नागपुजेबाट बाह्रविसे बजार आउँदै गरेको बोलेरो दुर्घटना हुँदा दुई जना महिलाको घटनास्थलमा नै मृत्य...

बारामा ट्रक र बोलेरो ठोक्किँदा २ को मृत्यु, ४ घाइते

बारा । बारामा ट्रक र बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। हेटौंडाबाट पथलैया जाँदै ...

आर्थिक परिसूचकमा क्रमशः सुधार भएको छः अर्थमन्त्री महत

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । ललितपुरमा जारी म...

भारतीय कुखुरा नेपाल भित्रिँदा नेपाली किसान मारमा

रौतहट । खुला सीमाका कारण भारतीय कुखुरा निर्वाध रूपमा रौतहटको विभिन्न नाका हुँदै छिरेपछि नेपाली कुखुरा उत्पादक किसान मारमा परेका छन् । सीमावर्ती क्षेत्...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies