Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा पुरुषहरूलाई घरेलु हिंसाविरुद्ध कदम चाल्न आग्रह

खबरडबली संवाददाता

काठमाडौ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले महिला र बालबालिका विरुद्ध हुने हिंसा अन्त्य गर्न अष्ट्रेलियाली पुरुषहरूलाई आह्वान गरेको छन्।

शनिबार महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तरराष्ट्रिय दिवसको अवसरमा जारी गरिएको विज्ञप्तिमा अल्बानीजले अष्ट्रेलियाको घरेलु हिंसा न्यूनीकरण गर्न तत्काल कदम चाल्न आवश्यक रहेको बताएको छन्।

अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजीको नेशनल होमिसाइड मोनिटरिङ प्रोग्राम (एनएचएमपी) का अनुसार अस्ट्रेलियामा हत्याको शिकार हुने वयस्क महिलामध्ये ६० प्रतिशतको हत्या हालको वा पूर्व घनिष्ठ साथीबाट हुने गरेको पाइएको छ ।

सन् २०२०–२१ मा अष्ट्रेलियामा हरेक १४ दिनमा एकजना महिलाको हत्या हालको वा भूतपूर्व  निकट साथीद्वारा हुने गरेको देखिन्छ । ”असमानता र भेदभावलाई उत्प्रेरित गर्ने र महिलाहरूलाई आपत्तिजनक बनाउने र सहमतिलाई बेवास्ता गर्ने दृष्टिकोणलाई परिवर्तन गर्नु सबैको जिम्मेवारी हो,” अल्बानीज भनेको छन् ।

विशेषगरी पुरुषहरू माथि उठ्नुपर्छ । पुरुष नेताहरूसँग परिवर्तनलाई स्वीकार गर्ने र हिंसा, दुर्व्यवहार, भेदभाव र उत्पीडनलाई रोक्ने अवस्था सिर्जना गर्ने अवसर छ” उनले भने।

सरकारले शनिबार आत्मीय साझेदार हत्याका बारेमा त्रैमासिक अद्यावधिक तथ्याङ्क उपलब्ध गराउँन नयाँ प्रणाली स्थापना गर्ने प्रतिबद्धता जनाएको छ। हाल सो कार्यक्रमबाट वार्षिक आधारमा तथायाङ्क उपलब्ध भए तापनि महिला विरुद्ध हिंसा अन्त्य गर्न अधिकारीहरूले यसलाई सही रूपमा मापन गर्न सक्षम हुनुपर्ने उनको धारणा छ । 

विज्ञप्तिमा भनिएको छ– महिला मन्त्री केटी गालाघर र सामाजिक सेवा मन्त्री अमान्डा रिसवर्थले नयाँ प्रणालीले कानून प्रवर्तन, नीति निर्माताहरूलाई सक्रिय पार्दै  घरेलु र यौन हिंसा रोक्न सक्षम बन्नुपर्छ । हिंसा अन्त्य गर्न र महिलाको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रयासमा हामीलाई सहयोग गर्नको लागि मिति र सही तथ्याङ्क महत्त्वपूर्ण छ, ”गालाघरले भने। 

सरकारले सन् २०२२–२०३२ सम्ममा महिला तथा बालबालिका विरुद्धको हिंसा अन्त्य गर्ने राष्ट्रिय योजनामा मे महिनासम्म २.२८ बिलियन अष्ट्रेलियाली डलर ९१.५ बिलियन अमेरिकी डलर० लगानी गरेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मर्दी पदयात्राका क्रममा हराएका भिक्षु मृत फेला

लेखनाथ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ स्थित मर्दी हिमाल क्षेत्रमा तीन दिनदेखि सम्पर्कविहीन भिक्षुलाई शनिबार मृत फेला परेका छन् । वैशाख ...

बागमती प्रदेशको बेरुजु रकम पाँच अर्बभन्दा बढी

मकवानपुर। बागमती प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को बेरुजु रकम आव २०८०/०८१ को तुलनामा घटेको  छ। महालेखा परीक्षकको कार्यालयले गरेको बागमती प्रदेशको प्...

एमाले सचिवालय बैठक सोमबार बस्ने

काठमाडौँ। नेकपा (एमाले) को सचिवालय बैठक पर्सी सोमबार बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले आज शनिबार दिउँसो बस्ने भनिएको बै...

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखा परीक्...

सिभिल अस्पतालले भर्ना भएका बिरामीलाई नि:शुल्क खाना खुवाउन सुरु

काठमाडौँ ।निजामती कर्मचारी (सिभिल)अस्पतालले अन्तरङ्ग सेवाका बिरामीलाई नि:शुल्क खाना वितरण कार्यक्रम सुरु गरेको छ। अस्पतालले २०८३ साल जेठ १ गते शुक्...

कुशल भुर्तेलको नटआउट शतकमा अमेरिकामाथि नेपाल नाै विकेटले विजयी

काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबारको खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई धम्की दिने पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्...

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौँ। बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा शनिबार ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फे...

गुल्मीमा एक हप्तामा १६० जनाको राहदानी, नौ लाख राजस्व संकलन

गुल्मी। गुल्मीमा एक हप्ताको समय अवधिमा १६० जनाले राहदानी बनाउँदा नौ लाख बढी राजस्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला...

अमेरिकाविरुद्ध इशान पाण्डेको एकदिवसीय डेब्यु, नेपाल पहिले फिल्डिङमा

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज अमेरिकाविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending