काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबारको खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अमेरिकालाई नौ विकेटले हराएको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले नटआउट शतक बनाए। भने अर्का ओपनर आशिफ शेखले अर्धशतक बनाए ।
टस जितेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले मात्र एक विकेट गुमाएर ३६ ओभर ४ बलमा पूरा गरेको हो । नेपालका लागि भुर्तेलले ११८ बलको सामना गर्दा चार छक्का र १३ चौकाको मद्दतमा नटआउट १२० रन बनाउँदै शतकीय पारी खेल्नुभयो । अर्का ओपनर शेखले ७२ बलको सामना गर्दै ५८ रनको अर्धशतकीय पारी खेलेको थिए।
नेपालका लागि तेस्रो क्रममा ब्याटिङ गर्न आएका इशान पाण्डेले ३० बलको सामना गरेर २० रन थपे।
टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३ दशमलव तीन ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो । एक सय ५३ रन बनाउँदा जम्मा तीन विकेट गुमाएको अमेरिकाले थप ३७ रन बनाउँदा बाँकी सात विकेट गुमायो । अमेरिकाका लागि ओपनर स्मित पटेल र सेहन जयसूर्याले अर्धशतकीय पारी खेले । अमेरिकालाई राम्रो सुरुआत दिलाउने क्रममा पटेलले ८९ बलमा तीन छक्का र आठ चौकाको सहयोगमा ८३ रन बनाउनुभयो भने जयसूर्याले ५२ बल खेल्दै एक छक्का र पाँच चौकाको सहयोगमा ५० रन जोडे। साथै मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन बनाउनु भयो भने अन्य कुनै ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
कुनै समय बलियो अवस्था रहेको अमेरिकाको पारीलाई सस्तैमा समेट्ने क्रममा दीपेन्द्र सिंह ऐरीले चार र सोमपाल कामीले दुई विकेट लिनुभयो। सन्दीप लामिछाने र गुलशन झाले समान एक, एक विकेट लिए।
नेपाल, अमेरिका र स्कटल्यान्डबिचको जारी शृङ्खलामा योसँगै तीन खेल सकिएका छन् । एक खेलमा नेपाल विजयी हुँदा दुई खेलमा स्कटल्यान्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्यान्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्यान्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।
आइसिसी क्रिकेट विश्वकप लिग(२ को तालिकामा २६ खेल खेल्दा सातौँ स्थानमा रहेको नेपालले २० अङ्क बनाएको छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ ।
साथै अमेरिका २६ खेलबाट १८ मा जित, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्यान्ड पहिलो स्थानमा छ । स्कटल्यान्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८३ - १८:०१
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखा परीक्...
जेष्ठ २ गते, २०८३ - १७:३६
काठमाडौँ ।निजामती कर्मचारी (सिभिल)अस्पतालले अन्तरङ्ग सेवाका बिरामीलाई नि:शुल्क खाना वितरण कार्यक्रम सुरु गरेको छ। अस्पतालले २०८३ साल जेठ १ गते शुक्...
जेष्ठ २ गते, २०८३ - १७:१४
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबारको खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर...
जेष्ठ २ गते, २०८३ - १६:५८
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्...
जेष्ठ २ गते, २०८३ - १०:२०
काठमाडौँ। बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा शनिबार ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फे...
जेष्ठ २ गते, २०८३ - ०९:३९
गुल्मी। गुल्मीमा एक हप्ताको समय अवधिमा १६० जनाले राहदानी बनाउँदा नौ लाख बढी राजस्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला...
जेष्ठ २ गते, २०८३ - ०९:२७
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज अमेरिकाविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने...
जेष्ठ २ गते, २०८३ - ०९:११
गौर। प्रादेशिक अस्पताल गौरमा चिकित्सक अभाव भएपछि स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीको उपचारमा समेत समस्या देख...
जेष्ठ २ गते, २०८३ - ०८:५६
नवलपुर। नवलपुरको कावासोती–१ स्याउलीस्थित मकैबारीमा मृत फेला परेको २५ वर्षीय भाले गैँडा करेन्ट लगाएर मारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डिभिजन ...
जेष्ठ १ गते, २०८३ - १८:०१
किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...



प्रतिकृया लेख्नुहोस्: