Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

तरकारीले बजार नपाउँदा चितवनका किसान चिन्तित, बारिमै कुहिन थाले थाले तरकारी

खबरडबली संवाददाता

चितवन । तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । 

बीस वर्षदेखि तरकारी खेती गर्दै आएको चितवनको रत्ननगर नगरपालिका–९ भानुचोकका मोहमद नबिहसन मियाँले तरकारीले बजार र मूल्य नपाउँदा बारीमा नै कुहिन थालेको बताए । दैनिक सात/आठ जनालाई स्वदेशमै रोजगार दिँदै उनले छ बिघा जग्गा भाडामा लिएर २० वर्षदेखि तरकारी खेती गर्दै आएको छन् । प्रतिकिलो रू ५० सम्ममा बेच्दै आएको काँक्रो एक्कासी भाउ घटेर प्रतिकिलो रू पाँच पुगेपछि टिप्नै छाडेको उनले बताए ।

“१५/२० क्विन्टल काँक्रो बारीमै नटिपेर कुहिन सुरु गरेको छ”, मियाँले भने, “बजारको कुनै टुङ्गो नै छैन ।” मागभन्दा बढी तरकारी उत्पादन भएपछि तरकारी खपत हुँदैन र किसान घाटामा पर्छन् । भारतबाट ठूलो परिमाणमा तरकारी आयात हुनाले यहाँका किसानको उत्पादनले बजार पाउन नसकेको उनको भनाइ थियो ।

“मान्छेले सबैभन्दा सजिलो तरकारीखेती हो भने पनि खेती गर्दाको लगानी, दु:ख, कठिनाइ धेरै हुने गर्छ । जुन अरु खेतीमा छैन”, मियाँले भने । उहाँले बारीमा लगाएको काउलीको मूल्य रू १० प्रतिकिलो पनि नपाएकाले काट्न ढिला हुँदा काउली बारीमै कुहिन थालेको बताए। 

“उपभोक्ताले काउली किनेर खाँदा प्रतिकिलो रू ३० सम्म पर्न गए पनि हामीले बजार पाएको छैनौँ । हामीले बेच्दा घाटा खाएर बेच्नुपरेको छ”, मियाँले भने, “किसानले प्रतिकेजी मूल्य रू २० मात्रै पाउने हो भने पनि लगानी उठ्न सक्छ र बारीमा तरकारी पनि कुहिँदैन ।” 

सरकारले समयमा नै अनुदानमा रासायनिक मल नदिनु, नगरपालिकाले किसानको खेतबारी समयसमयमा अवलोकन गरेर परामर्श दिने संस्कारको विकास नहुनुलगायत कारणले किसान समस्यामा परेका मियाँले बताए । उनले भने, “तरकारी खेतीमा निकै समस्या छ । जग्गाको भाडा बुझाउन नसक्दा जग्गासमेत छाड्नुपर्ने बाध्यता छ ।”

पश्चिम चितवनस्थित अृमतनगरका हेमराज आचार्यले आफ्नो बारीमा उत्पादन भएका काँक्रा, फर्सी, सिमी र मूला बिक्री नभएको बताए । “एक बिघामा काँक्रा र फर्सी उत्पादन गरेको छु । अहिले रू पाँच प्रतिकिलोमा पनि बिक्दैन”, उनले भने, “उत्पादन गरेर बारीमा नै कुँहाएर फाल्नुपर्छ ।” उनले व्यावसायिकरुपमा खेती गर्न थालेको पाँच वर्ष पुग्यो । जग्गा भाडामा लिएर चार बिघामा तरकारी खेती गरेको छन् । यस वर्ष फर्सी नबिकेर लगानी पूरै खेर गएको उनले बताए । 

“दश कट्ठामा लगाएको फर्सी खेतीका लागि रू ६० हजार लगानी भएको थियो । यस वर्ष उत्पादन पनि राम्रो छ । उत्पादन दिन सुरु भएपछि व्यापारी नै आएनन्”, आचार्यले भन्नुभयो, “फर्सीमा पनि घाटा, काँक्रामा पनि घाटा, जे लगाए पनि घाटा, अब विदेश जानुपर्ने अवस्था आएको छ ।” फर्सीको प्याकेजिङ गर्दामात्रै प्रतिकेजी रू १० लागत लाग्ने गरेको उनले बताए। 

दसैमा काँक्राको मूल्य राम्रै थियो । त्यसपछि ओरालो लागेको काँक्रो अहिले रू चारमा झरेको भन्दै यसले किसानको लगानी नउठ्ने आचार्यले दुखेसो पोखे। उनको दश कट्ठाको बारीमा काँक्रा छ । तरकारीको बिक्रीले नै घरखर्च टार्ने किसान आम्दानी नभएपछि मर्कामा परेका छन् । 

भरतपुर महानगरपालिका–२५ स्थित अमृतनगरका अमृत रानाभाट तीन बिघामा तरकारी खेती गर्नुहुन्छ । यतिखेर काँक्रो, फर्सी, मूला, क्यापसिकन, सिमी निस्किएका छन् । बिक्री नभएपछि बारीमा तरकारी कुहिएर खेर गएको उनले बताए। 

“सिमी रू १० केजीमा पनि लैजान कठिन छ । त्यो टिप्ने बेलाका खेतलाको खर्च पनि उठ्दैन । काँक्रा र फर्सी त रू पाँचमा पनि बिक्री हुँदैन”, रानाभाटले भने, “बारीमा उत्पादन भएका वस्तु बारीमै कुहिन नदेऊ, पैसाको हिसाबपछि गरौँला बारीमा मात्र नराख्देऊ भनेर जिउजिउ गर्दा पनि व्यापारीले लिदैनन् ।” फर्सी एक दिनपछि टिप्ने हुने भन्दै एकपटकमा २५ क्विन्टल उत्पादन हुने उनले बताए । 

रानाभाटले दुई दिन बिराएर काँक्रो टिप्दा दुई क्विन्टल उत्पादन हुने भन्दै बजार मूल्य नपाउँदा सबै खेर गइरहेको बताए । बुवाको प्रेरणाले विसं २०६५ देखि व्यावसायिक तरकारी खेतीमा लाग्नुभएका रानाभाट खेतलाको पैसा नउठ्ने हो कि भन्ने चिन्तामा हुनुहुन्छ ।  

चितवन तरकारी खेतीका रुपमा प्रख्यात छ । यहाँ उत्पादन भएको तरकारीले काठमाडौँ, पोखरा, हेटौँडा, बुटवल, नेपालगञ्जलगायतका बजार जाने गर्दछन् । यतिखेर किसानले सिमी, फर्सी, काँक्रा, काउली र बन्दा उत्पादन गरेका छन् । उनीहरुले उत्पादन गरेको तरकारी बिक्री हुन नसक्दा चिन्तित बनेका छन् । 

काँक्रो, फर्सी, मूला, सिमीलगायतका तरकारी बारीमै टिपेर थुपार्नु परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका तरकारी जोन सञ्चालक समितिका अध्यक्ष लेखनाथ भुसालले बताए । “पश्चिम चितवनलाई समेटेर तरकारीको जोन क्षेत्रसमेत बनाइएको छ । यहाँ एक हजार हेक्टरमा तरकारी खेती हुन्छ । अहिले एक हेक्टरमा २० टनको हाराहारीमा फर्सी र काँक्रो उत्पादन भएको छ”, उनले भने, “फर्सी दैनिक १५ टनको हाराहारीमा खेर गइरहेको छ ।”

पाँच टनको हाराहारीमा रू पाँच प्रतिकेजीमा व्यापारीले फर्सी उठाएको भुसालले जानकारी दिए । रू पाँचमा बेच्दा किसानलाई प्रतिकेजी रू तीनभन्दा बढी घाटा लाग्ने उनको भनाइ छ । किसानले तरकारीको मूल्य नपाए पनि उपभोक्ताले भने चर्को मूल्य तिर्न बाध्य छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending