हेटौँडा। पूर्वपश्चिम राजमार्ग अन्र्तगत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।
शुक्रवार बिहान ९ बजेर १५ मिनेटको समयमा विरगञ्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१ नम्बरको बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार ब्रेक फेल भई दुर्घटना हुँदा बस सडक छेउको खोल्सामा पल्टिएको थियो । बसमा सवार १८ यात्रु मध्ये चालकसहित १७ जना घाइते भएको उनले जानकारी दिए।
प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा बारा कलैया उपमहानगरपालिका–२३ बस्ने ३२ वर्षिय सुरेन्द्र शर्मा, बारा पर्सैनि गाउँपालिका–३ बस्ने ९ वर्षिय ९ जोनीशा कुमारी ठाकुर, पर्सा घर भएकी १७ वर्षिय रमिता चौधरी, ३ वर्षिय निकिता चौधरी, ११ वर्षिय अमिता चौधरी, बारा कलैया उपमहानगरपालिका–३ बस्ने अलोक ठाकुरको १८ महिने छोरी, २८ वर्षिय अन्जु ठाकुर, १८ वर्षिय रन्जना ठाकुर छन् ।
दुर्घटनामा चितवन भरतपुर महानगरपालिका–९ बस्ने ४ वर्षिय बद्रि प्रसाद पौडेल, बारा पसैनी बस्ने ५ वर्षिय रिया ठाकुर, कैलाली ३ बस्ने ३५ वर्षिय सिमा चौधरी, बारा पर्सैनि गाउँपालिका–३ बस्ने ७ वर्षिय जेस्मी ठाकुर, स्याङजा घर भएका ५२ वर्षिय भिम बहादुर रेग्मी घाइते भएको हो ।
त्यस्तै, भारत हाजियापुर बस्ने वर्ष ४१ को रन्जन कुमार सिङ, भारतका २४ वर्षिय इन्जमान खान, २३ वर्षिय आर्यव खान, भारत बिहार पटना बस्ने २५ वर्षिय अल्कामा युसुफ घाइते भएको छन । घाइतेहरुको शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइतेहरूको उद्धारगरी उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: