Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

बदनाम सारथीबाट चाैतर्फी घेराबन्दीमा एमाले अध्यक्ष ओली​

खबरडबली संवाददाता

काठमाडौं । सत्ता र शक्तिको आडमा बदमासी गर्न पल्केकाहरुले आफ्नो स्वार्थका लागि मुलुकका ठुला, साना राजनीतिक दललाई उपयोग गर्दै आएका छन् । 

भ्रष्टाचार, ठगी, मानव बेचबिखन, हत्यालगायत आपराधिक र विसंगत गतिविधिमा संलग्न व्यक्तिहरूले आफ्नो कर्तुत लुकाउन राजनीतिक दलहरूलाई उपयोग मात्र गरेका छैनन, बदनामसमेत गराएका छन् । बदनाम र विवादित पात्रहरूलाई पार्टीमा आश्रय र संरक्षण दिनुमा दलका नेताको पनि आफ्नै स्वार्थ देखिन्छ ।

दलमा इमानको राजनीति गर्ने मान्छेहरुलाई बदनाम गर्नेहरुको कमी पाइन्न । झापाको छैनछट्टा अभियानदेखी चर्चामा रहेका वर्तमान एमाले अध्यक्ष केपी शर्मा ओली नेपालको राजनीतिमा एक हस्तीका रुपमा रहेका छन् । 

कतिपय राम्रा र कतिपय बिवादास्पद काम गरेरै उनी प्रजातन्त्र स्थापना पछि उनी चर्चामा रहँदै आएका छन् । पटक पटक मन्त्री तथा प्रधानमन्त्री समेत भइ सकेका ओलीको आडमा कतिपय बदनाम मान्छेहरुले नेपाली राजनीतिलाई नै बदनाम गराइ रहेका छन् ।

हरिनारायण रौनियार

डेढ वर्षअघि विशेष अदालतले दोषी ठर्हयाएर तीन करोडभन्दा बढी रूपैयाँ जरिवाना तोकेका पप्पु कन्स्ट्रक्सनका सञ्चालक रहेका हरिनारायण रौनियार केही दिनअघि एमालेमा प्रवेश गरे । यही मंसिर ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियालाई फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

बदनाम पात्रलाई पार्टीमा ल्याउँदा केही नेता त खुसी भएका होलान् तर आमकार्यकर्तालाई भने ‘नामुद ठग’हरूको भारी बोक्न गाह्रो परिरहेको छ । रौनियार एमाले प्रवेशप्रति पार्टीकै पदाधिकारी असन्तुष्ट छन् । तर उनीहरू खुलेर बोल्न सकेका छैनन् ।

रौनियार २०७४ सालमा तत्कालीन संघीय समाजवादी पार्टीको टिकटमा पर्साबाट संसद् सदस्यमा निर्वाचित भएका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७५ असोजमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए । त्यसपछि उनी संसद्मा फर्किन पाएनन् । विशेष अदालतले २०७९ वैशाखमा सुनाएको फैसलाअनुसार रौनियारले अब चुनावमा प्रतिस्पर्धा गर्न पनि पाउँदैनन् ।

सर्वोच्च अदालतले पनि विशेषको फैसला सदर गरे रौनियारको संसदीय राजनीति करिबकरिब सकिनेछ । तत्कालीन संघीय समाजवादी पार्टी अहिले जनता समाजवादी पार्टी (जसपा) बनेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले वास्ता नगरेपछि रौनियार एमालेको आडमा मधेसमा राजनीति गर्ने कोसिस गर्दैछन् । प्रमुख प्रतिपक्षी एमालेले भावी सरकारको नेतृत्व गर्ने सम्भावना रहेको छ । यसैकारण रौनियारले आफ्नो स्वार्थ पूरा गर्नकै लागि एमालेको फेरो समातेको आकलन गर्न सकिन्छ ।
रौनियार ठेकेदार पनि हुन् ।

उनले ठेक्का लिएका दर्जनौं योजना अलपत्र रहेका छन् । यसबाट राज्यलाई अर्बौंको नोक्सानी भएको छ । रौनियारको हातमा अहिले पनि अझै पनि २० अर्ब ९५ करोड रूपैयाँबराबरका विभिन्न ठेक्का रहेको जानकारको दाबी छ । सडक विभागका अनुसार पक्की पुल र सडकका ६६ वटा ठेक्का उनको कम्पनी पप्पु कन्स्ट्रक्सनले पाएको छ । तीमध्ये दर्जनौं अलपत्र छन् । ठेक्का पर्ने काम नगर्ने कम्पनीको रुपमा नै उनको कम्पनी परिचित रहेको छ ।

एमालेले समृद्धिका लागि यही मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्गको झुलाघाटदेखि चिवाभन्ज्याङसम्म पदयात्रा गर्दै छ । कार्यकर्ता परिचालन र संगठन निर्माण, राष्ट्रिय एकताको आधार निर्माण र सरकार पक्षबाट भएका गलत कामको उजागर गर्न पदयात्रा गर्न लागिएको उसले जनाएको छ । 

एमालेले पदयात्रा तय गरेको मध्यपहाडी लोकमार्गमा पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएका दर्जनौं पुल अलपत्र छन् । सरकारी बजेट दोहोन गर्ने र विकास निर्माण अलपत्र पार्ने ठेकेदारदलाई बोकेर एमालेले मध्यपहाडी लोकमार्गकेन्द्रित पदयात्रा गर्दा कार्यकर्तामा कस्तो सन्देश जाला ? रौनियार आफूले गरेका बदमासी ढाकछोप गर्न ओलीलाई ‘रिझाएर’ एमालेमा पसेको पार्टीकै कार्यकर्ता बताउँछन् ।

दुर्गा प्रसाईं

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि यसअघि ओलीको आशीर्वादमा एमालेमा प्रवेश गरेका थिए । अहिले तिनै प्रसाईं एमाले छाडेर नेताहरूमाथि गालीगलौजमा उत्रेका छन् । २०७८ कात्तिक ७ गते झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रसाईंलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरेका थिए । 

त्यसअघि प्रसाईं माओवादी केन्द्रनिकट मानिन्थे । एमाले सत्तामा पुगेपछि उनी हजुरबा साइनो लगाएर ओलीसँग नजिकिएका थिए । औपचारिक रूपमा एमालेमा प्रवेश नगर्दै प्रसाईं केन्द्रीय सदस्यको रूपमा २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनमा पनि सहभागी भएका थिए । 

एमाले प्रवेश कार्यक्रममा प्रसाईंले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना गरेका थिए । अहिले उनी ओली र प्रभण्डलाई गाली गर्दै राजसंस्था फर्काउनुपर्ने नारा लगाउँदै सडक आन्दोलनमा छन् ।

लक्ष्मी महतो कोइरी

अर्का विवादित लक्ष्मी महतो पनि जनता समाजवादी पार्टी छाडेर २०७९ असोज २३ गते एमाले प्रवेश गरे । सोही साल मंसिरमा भएको संसदीय निर्वाचनमा एमालेले महतोलाई महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनायो । उनले चुनाव पनि जिते । फरार भनिएका उनलाई प्रहरीले पक्राउ गरेको छैन । उनी अहिले भारतमा रहेका छन् । 

उमेश गिरी

कुनै बेलाका चर्चित उद्योगी तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार मानिएका उमेश गिरीलाई एमाले अध्यक्ष केपी ओलीले २०७४ मंसिर ४ गते फूलमाला लगाएर पार्टीमा प्रवेश गराएका थिए । गिरीको गुन्डागर्दीको विरोधमा एमालेले बेलाबखत संसद्समेत तताउने गरेको थियो ।

एमाले नेताहरूले गिरीलाई कारबाही गर्न पटक–पटक माग गरेका थिए । तर पछि तिनै गिरीलाई ओलीले पार्टीमा भित्र्याए । 

भारतीय गुन्डा पप्पु भूमिहारको समूह परिचालन गरी अग्रवाललाई अपहरण गरी फिरौती लिएको, एमालेका नेता–कार्यकर्तामाथि आक्रमण गरेको आरोपसमेत उनीमाथि थियो । उनको प्रवेशलाई लिएर एमाले नेतृत्वको आलोचना भएको थियो । अहिले गिरी गुमनाम छन् । 

जलिम मियाँ

हिन्दु युवा संघको केन्द्रीय अध्यक्ष रहेका ४५ वर्षीय काशी तिवारीको २०६७ जेठ २९ गते वीरगन्जमा गोली हानेर हत्या गरियो । तत्कालीन माओवादी नेता प्रभु शाह, जलिम मियाँलगायतको योजनामा तिवारीको हत्या भएको अभिव्यक्ति त्यसबेलाका प्रहरी अधिकारीहरूले सार्वजनिक रूपमै दिएका थिए ।

पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्षसमेत रहेका मियाँमाथि कान्छा छोराकी सालीको हत्यामा संलग्न रहेको आरोपसमेत थियो । तिवारी हत्या प्रकरणमा मुछिएका साह र मियाँ पछि एमाले प्रवेश गरे । पर्सा र रौतहट एमाले वृत्तमा त्यसको विरोध भयो । अन्ततः पार्टीको निर्णय भन्दै कार्यकर्ताले ती विवादित पात्रलाई स्वीकार गरे ।

नागेन्द्र झा 

त्यसैगरी तिवारी हत्यामा मुछिएका साहलाई जोगाउन ८ लाख रूपैयाँ घुस दिने पूर्वसहसचिव नागेन्द्र झा एमाले प्रवेश गरे । झालाई एमाले अध्यक्ष ओलीले २०७९ वैशाख ३ गते सर्लाही पुगेर पार्टीमा भित्र्याएका हुन् ।

झाले २०६८ असोज २६ गते तिवारीकी पत्नी बबितालाई ८ लाख रूपैयाँ दिई साहको नाम नलिन प्रलोभन दिएका थिए । त्यसको अडियोसमेत सार्वजनिक भएको थियो । तिवारी हत्यामा प्रभु साहको मुख्य संलग्नता भएको किटानी जाहेरी तत्कालीन पर्साका प्रहरी प्रमुख रमेश खरेलले सरकारी वकिल कार्यालयमा पेस गरेका थिए ।

ल्हाक्र्याल लामा 

२०५८ सालसम्म राजावादी रहेका ल्हाक्र्याल लामा पनि एमालेमा प्रवेश गरे । स्थानीय विकास मन्त्रालयमा कमल थापाको प्रशासन चल्दासम्म गुम्बा व्यवस्थापन समितिको अध्यक्ष लामा हुन्थे । एमाले प्रवेश गरेपछि लामा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री बने । दोहोरो नागरिकता र पासपोर्ट लिएका उनले राज्यमन्त्री भएको १० दिनमै राजीनामा दिनुर्पयो ।

पार्टीमा खारिएका र त्यागी वीरबहादुर लामालाई पन्छाएर खनालले लामालाई अर्थराज्यमन्त्री बनाएका थिए । यसको पार्टीभित्र चर्को आलोचना भयो । तिनै लामा पछि माओवादीमा गए । अहिले उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएको छ ।  

बसरुद्धिन अन्सारी

विवादित मेडिकल व्यवसायी वीरगन्जका बसरुद्धिन अन्सारी पनि अहिले एमालेमा सक्रिय छन् । 

मोती दुुगड 
त्यस्तै अर्का व्यापारी मोती दुुगड एमाले उद्योग विभागको सदस्य छन् । उनी एमाले अध्यक्ष ओलीका आर्थिक व्यवस्थापक मानिन्छन् । एमाले नेतृत्वले ६० लाख रूपैयाँ लिएर विराटनगरकी उद्योगपति राज्यलक्ष्मी गोल्छालाई समानुपातिक सांसद बनाएको भन्दै पार्टीभित्र ठूलो आलोचना भएको थियो । युवा संघका नेताले गोल्छाबाट पैसा बुझेको समाचारमा आएको थियो ।

बालकृष्ण ढुंगेल र कालीबहादुर खाम

ओखलढुंगाका एमाले नेता छवि कार्की, उज्जन श्रेष्ठ र गणेश श्रेष्ठ, गुरु लुइँटेललगायतको हत्यामा सजाय भोगेका माओवादी नेता बालकृष्ण ढुंगेललाई पनि एमालेले संरक्षण गरेको आरोप थियो । ढुंगेलको निधन भैसकेको छ ।
एमाले अध्यक्ष ओलीले माओवादीका विवादित नेता कालीबहादुर खामको पनि बेलाबेलामा चर्चा गर्छन् । 
गुण्डा नाइकेहरुको एमालेमै राज

एगुण्डा नाइके राजीव गुरुङ (दीपक मनाङे) लाई पनि मनाङबाट सांसद बनाउन एमालेले सहयोग गरेको थियो । अर्का गुण्डा दिनेश अधिकारी ‘चरी’लाई पनि एमालेको साथ र सहयोग थियो । उनलाई प्रहरीले इन्काउन्टर गरेको थियो । 

अर्का गुण्डा नाइके चक्रे मिलन एमालेमै क्रियाशील छन् । युवा संघमा उनको कोटाबाट ५० जना केन्द्रीय सदस्य भएको बताइन्छ । विगतमा भीमप्रसाद गौचन, भूपाल किराँती, सत्यमान लामालगायत पञ्चलाई एमालेमा प्रवेश गराएर त्यागी र इमानदार कार्यकर्तामाथि अन्याय गरिएको पीडित बताउँछन्।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ, ३ जना फरार

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...

राष्ट्रिय गौरवको आयोजना अलपत्र : फास्ट ट्र्याकको गति कछुवाभन्दा पनि ढिलो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...

बागमती प्रदेशसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...

किशोर श्रेष्ठ प्रकरणमा ‘नियोजित षड्यन्त्र’को आशंका : सत्यतथ्य छानबिनको माग गर्दै अनलाइन पत्रकार संघ

काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...

किशोर श्रेष्ठविरुद्ध षड्यन्त्र भएको आरोप, निष्पक्ष छानबिनको माग : प्रेस सेन्टर नेपाल

काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...

५१ अर्बको बजेटः किसानलाई फगत आश्वासन मात्र, संरचना र समस्या उस्तै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...

खिचापोखरीमा ६ करोडको अवैध भेप बरामद : गोदामसहित पसल सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...

ग्यालेक्सी फोरकेमाथि महानगरको एक्सन : १५ दिनभित्र सामान लैजान अन्तिम चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...

कालीमाटीले सार्वजनिक गर्‍यो आजको तरकारी र फलफूलको थोक मूल्य

गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending