काठमाडौं । काठमाडौं महानगरपालिका ३२ पेप्सिकोलाबाट गएराति चोरीको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा काठमाडौंकै बाइसधारा बस्ने धादिङको बैरेनीका २४ वर्षीय आकाश तामाङ रहेका छन् । काठमाडौंको काठमाडौं महानगरपालिका १५ बस्ने सुसान बुद्दचार्यले बागमती प्रदेश-०२-०२४ प ६६६८ नम्बरको मोटरसाइकल डल्लु आवासबाट हराएको भनि खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा निवेदन दिएका थिए ।
सोही आधारमा खोजी गर्ने क्रममा नम्बर परिवर्तन गरी बागमती प्रदेश-०२-०२४ प ६६ नम्बर राखेर चलाइरहेको अवस्था तामाङ गएराति २ बजे पेप्सिकोलामा भेटिएका हुन् । आवश्यक अनुसन्धानका लागि तामाङलाई प्रहरी वृत्त स्वयम्भू पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिएका छन् ।
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरन जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न समेत प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक चतुर्वेदीले अनुरोध गरेका छन् ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १४ गते, २०८१ - २०:५६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको बताएका छन् । सामाजिक सञ्जा...
कार्तिक १४ गते, २०८१ - २०:३०
काठमाडौं । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई २-१ ...
कार्तिक १४ गते, २०८१ - २०:१६
काठमाडौं । बंगलादेशले नेपालविरुद्ध फेरी अग्रता लिएको छ । साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशले खेलको ८०औं मिनेटमा गोल गर्दै २-१ को अग्रता लिएको...
कार्तिक १४ गते, २०८१ - २०:०५
सल्यान । बाँकेको नेपालगञ्जदेखि रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडीमा आगलागी भएको छ । पश्चिम रुकुम चौरजहारी नगरपालिकाको –११ चौफातर्फ जाँदैगरेको गाडी बु...
कार्तिक १४ गते, २०८१ - १९:५१
काठमाडौं । साफ च्याम्पियनसिपमा बंगलादेश र नेपालले एक/एक गाेल गरेका छन् । खेलको ५२ औं मिनेटमा बंगलादेशकी मोनिका चक्माले गोल गरेकी थिइन् । यता नेपाल...
कार्तिक १४ गते, २०८१ - १९:४१
काठमाडाैं । साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत उपाधिका नेपाल र बंगलादेशबिचको खेलको दोस्रो हाफ सुरु भएको छ । बराबरी अवस्थामा रहेको खेलमा नेपाली चेली...
कार्तिक १४ गते, २०८१ - १९:२३
काठमाडौं । नेपाल र बंगलादेशबीचको जारी खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिल...
कार्तिक १४ गते, २०८१ - १९:०९
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समिति पुनर्गठन भएको छ । बुधबार दमकमा आयोजित कार्यक्रमबाट शत्रुधन चौधरीको अध्यक्षतामा जिल्ला...
कार्तिक १४ गते, २०८१ - १८:५१
काठमाडौं । काठमाडौं महानगरपालिका ३२ पेप्सिकोलाबाट गएराति चोरीको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा...
कार्तिक १४ गते, २०८१ - १८:४७
काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजे...
प्रतिकृया लेख्नुहोस्: