Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

आक्रोशित बन्दै सिरहाका मिटरब्याज पीडितहरू, साहुले हडपेको जमिनको धान काटेर भित्र्याए

खबरडबली संवाददाता

सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले मिटरब्याज (अनुचित लेनदेन)का उजुरीहरुको समयमा समाधान दिन नसक्दा उजुरीकर्ताहरु आक्रोशित बन्न थालेका छन्। यसैको परीणाम जिल्ला सदरमुकाम सिरहा नगरपालिका १९ सन्हैठामा बिहीबार मिटरब्याजपीडितले साहुले हडपेको जमिनको धान काटेर भित्र्याएका छन्।  

रामशरण यादवले गाउँकै योगेन्द्र यादवसँग २०६१ पुस १ गते १ लाख रुपैया लिएबापतको धितो दुई कित्ता जमिन १० कठ्ठा ११ धुर र ३ कठ्ठा ९ धुरसहित जम्मा १४ कठ्ठा जमिन धितोबापत राजीनामा पास गरेर लिएको ऋण तिरिसके पनि सबै जमिन हडपेको मुद्दा समयमा मिलापत्र हुन नसक्दा पीडिले बिहीबार खेतको धान काटेकार भित्र्याएका हुन्।  

रामशरणले एक लाख रुपैयाँ लिएबापत थप ४ लाखको कपाली र १४ कठ्ठा जमिनसमेत धितोबापत राजीनामा पास गरेको बताए।

उनले रकम लिएको दुईवर्ष भित्रै योगेन्द्रको घर बनाउने बेलामा इँटा, बालुवा र गिट्टी आफ्नै ट्याक्टरमा घरसम्म पुर्‍याएर उनको रकम हिसाव मिलान भइसकेको बताए ।

त्यसपछि जमिन फिर्ता गरिदिन आग्रह गर्दागर्दै योगेन्द्रले ४ लाखको कपाली अदालतमा मुद्दा लगाएर  थप दुई बिगाहा १० कठ्ठा छ धुर जमिन डाक लिलाम गरेर लियो। तत्कालीन अवस्थामा ४ लाखको ब्याज जोडेर पुग्ने गरी जमिनको मूल्याङ्कन गर्ने अधिकारीलाई समेत प्रभावमा पारेर उनले आफ्नो जमिन हडपेको रामशरणका छोरा विन्देश्वर यादवले बताए।  

२०६५ पछि पटक पटक गाउँमै सामाजिक छलफलहरु भए पनि उनले वास्ता गरेनन्। पटक–पटकको सामाजिक छलफलहरु उनले जमिन फिर्ता गरिदिने भने पनि जमिन फिर्ता गरेनन्।  समाजको दवावपछि योगेन्द्रले २०६९ माघ १८ गते योगेन्द्रको छोरा अमितको नामबाट रामशरण यादव र रामनाथ यादवको नाममा एक विगहा ४ कठ्ठा जमिन फिर्ता गरिदिए। 

त्यसलगतै योगेन्द्रका छोरा, श्रीमतीले हकदावी मुद्दा लगाएर २०७५ जेष्ठ २ गते जमिन पुन: फिर्ता लिए। उनीहरुले जवरजस्ती हडपेको जमिनमध्ये ५ कट्टा १६ धुर पाँच लाखको दरले बेचेको पनि पीडितहरुले सुनाए। 
पटक पटक जालझेल गरेर हाम्रो जमिन उनीहरुले लिए पनि सबै जमिन आफैले भोग चलन गर्दै आएका थिए। पछिल्लो दुई वर्ष देखि योगेन्द्रले हकभोगसमेत खोसेपछि उनीहरु अहिले जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनमा उजुरी दिएका छन्।

जिल्ला प्रशासन कार्यालयले पटक पटक पत्र काटेर छलफलमा बोलाए पनि योगन्द्र उपस्थित नहुने बताए। उनीहरु बिच पछिल्लो पटक यहि मंसिर ११ गतेको छलफलमा योगेन्द्रले १४ कट्टा जमिन किनेको र बाँकी जमिन आफूसँग लिएको ऋण बापत अदालतबाट जमिन डाक लिलामगरी लिएको उल्लेख भएको छ। 

जिल्ला प्रशासन कार्यायको डिला सुस्ती र अक्रमण्यताले पीडितहरु झन पीडित र आक्रोशित बनेका छन्। यहि घटनाले पनि पीडितहरुको आक्रोश देखिएको स्थानीय जानकारहरु बताउँछन्। यसअघि पनि मिटरव्याज पीडितहरुले जिल्ला सरमुकाममा प्रमुख जिल्ला अधिकारीको विरुद्ध नाराबाजी गरेका थिए। 

स्थानीय जानकारहरुका अनुसार अनुचित लेनदेन समितिले यस्ता मुद्दाहरुलाई समयमै सहि ढङ्गले निर्णय नगरे मिटरव्याज पीडितरु अझ आकोषित हुने देखिन्छ। यसखालको घटनाले झडप र विग्रहको अवस्था आउनसक्ने सामाजिक अगुवाहरु बताउँछन्। न्युज कारोबार

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending