अछाम । अछाम र सुर्खेतको सिमानामा पर्ने जङ्गलघाटमा ठेक्का लगाइएको पुलको निर्माण कार्य अगाडि बढ्ने भएको छ ।
बुधबार अछाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह तथा अछाम र सुर्खेतका नागरिकबीच जङ्गलघाटमा भएको अन्तरक्रिया कार्यक्रममा शाहले अब तोकिएकै स्थानमा पुल बन्ने बताए ।
जङ्गलघाटमा ठेक्का लगाएको पुल निर्माण कार्य अगाडि बढाउन मन्त्रीस्तरिय निर्णय भएको जानकारी गराउँदै उहाँले अब तोकिएको स्थानमा नै पुल बन्ने कुरा सुनिश्चित भएको बताउनुभयो । अछाम र सुर्खेतको सिमानामा बन्न लागेको बेतन कर्णाली हाइड्रोपावरले जङ्गलघाटमा बन्न लागेको पक्की पुल हाइड्रोपावरका कारणले डुबानमा पर्ने समस्या देखाउँदै पुलको उचाइ बढाउनुपर्ने वा पुल अन्यत्र निर्माण गर्नुपर्ने बताउँदै आएको थियो । लामो समयको अवरोधपछि पुल बन्ने प्रक्रियामा गएको छ ।
विसं २०७८ साउन ८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा लामा कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । कर्णाली–बाबियाचौर–जङ्गलगाट–तुर्माखाद कमलबजार–गैरिटाड सडक यो वर्ष देशभरमा नौ वटा रणनीति सडकमा छनोट भएको छ । त्यसमा उक्त सडक खण्डलाई करिडोरका रूपमा अगाडि बढाउन रु पाँच अर्ब १८ करोड बजेटको सुनिश्चितता भएको शाहले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - १४:३७
काठमाडौं । थापागाउँस्थित एक थिएटरमा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’ हिजोदेखि अनिश्चितकालका लागि रोकिएको छ। निर्माण पक्षले राजनीतिक दबाबका कारण शो स...
जेष्ठ ११ गते, २०८३ - १४:२०
लेखनाथ। कास्कीको पोखरा महानगरको करिब बिच भागबाट बग्ने सेती नदीमा सोमबार फेरि दु:खद घटना भएको छ । वडा नम्बर १७ मा पर्ने नदीको खोँचमा आइतबार राति हाम...
जेष्ठ ११ गते, २०८३ - १३:५८
उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ । साधना टोल...
जेष्ठ ११ गते, २०८३ - १३:३५
तेहरान । अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ । आइतबार सार्वजनिक एक ...
जेष्ठ ११ गते, २०८३ - १३:१७
काठमाडौँ। मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । आज दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधा...
जेष्ठ ११ गते, २०८३ - १३:०३
काठमाडौं । दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी कार्याल...
जेष्ठ ११ गते, २०८३ - १२:५१
नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन् । पछ...
जेष्ठ ११ गते, २०८३ - १२:४०
काठमाडौं । सभामुख डिपी अर्यालले विगतका सरकारहरूले प्रभावकारी काम नगर्दा अझै पनि आधारभूत आवश्यकताका विषयमा बहस गर्नुपर्ने अवस्था रहेको बताएका छन् । ...
जेष्ठ ११ गते, २०८३ - १२:३३
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने मूल समारोहलाई यस वर्ष राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् । यसबारे प्रधानमन्त्री ब...
जेष्ठ ११ गते, २०८३ - ११:२५
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९०...



प्रतिकृया लेख्नुहोस्: