काठमाडौं । दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार सोमबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरिएको हो।
प्रसाईंलाई जेठ ४ गते वीरगन्ज स्थित दियालो होटलबाट प्रहरीले पक्राउ गरेको थियो। उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुरमा अभियोग दर्ता गर्न प्रहरीको राय रहेको छ।
प्रहरीका अनुसार विभिन्न युट्युब अन्तर्वार्ता र वीरगन्जमा दिएका सार्वजनिक अभिव्यक्तिलाई अनुसन्धानको आधार बनाइएको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूले प्रसाईंले महिलामाथि अपमानजनक अभिव्यक्ति दिएको तथा सेना र प्रहरीजस्ता राज्यका निकायप्रति अश्लील र होच्याउने टिप्पणी गरेको बताएका छन्।
एक युट्युब अन्तर्वार्तामा प्रसाईंले बालेन्द्र शाह, रवि लामिछाने, कुलमान घिसिङ र हर्क सम्पाङलाई एउटै समूहले सञ्चालन गरिरहेको दाबी गरेका थिए। साथै हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको पक्षमा उनीहरू उभिए बालेन्द्र शाहको तस्वीर घरमा राख्ने अभिव्यक्ति पनि दिएका थिए।
त्यस्तै, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे पनि प्रसाईंले विवादास्पद टिप्पणी गरेका थिए।
प्रसाईं गहवा माई मन्दिर दर्शन गर्न तथा त्यहाँ संरचना भत्काइएका स्थानीयलाई सम्बोधन गर्न पर्सा पुगेका थिए।
यसैबीच सर्वोच्च अदालत ले प्रसाईंलाई सोमबारसम्म हिरासत मुक्त गर्न आदेश दिएको उल्लेख गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - १३:३५
तेहरान । अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ । आइतबार सार्वजनिक एक ...
जेष्ठ ११ गते, २०८३ - १३:१७
काठमाडौँ। मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । आज दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधा...
जेष्ठ ११ गते, २०८३ - १३:०३
काठमाडौं । दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी कार्याल...
जेष्ठ ११ गते, २०८३ - १२:५१
नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन् । पछ...
जेष्ठ ११ गते, २०८३ - १२:४०
काठमाडौं । सभामुख डिपी अर्यालले विगतका सरकारहरूले प्रभावकारी काम नगर्दा अझै पनि आधारभूत आवश्यकताका विषयमा बहस गर्नुपर्ने अवस्था रहेको बताएका छन् । ...
जेष्ठ ११ गते, २०८३ - १२:३३
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने मूल समारोहलाई यस वर्ष राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् । यसबारे प्रधानमन्त्री ब...
जेष्ठ ११ गते, २०८३ - ११:२५
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९०...
जेष्ठ ११ गते, २०८३ - ११:०८
लेखनाथ। बजेट अधिवेशनका रुपमा चिनिने गण्डकी प्रदेशसभाको अधिवेशन आज दिउँसोबाट सुरु हुँदै छ । सोमबार दिउँसो २ बजे भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्राल...
जेष्ठ ११ गते, २०८३ - १०:३६
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आ...
जेष्ठ ११ गते, २०८३ - १०:२८
डडेल्धुरा। रुखबाट खसेर डडेल्धुरामा एक बालविकास शिक्षिकाको मृत्यु भएको छ । आइतबार जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडाकी शिक्षिका लक्ष्मी भण्डारीको रुखब...



प्रतिकृया लेख्नुहोस्: