Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

विपिन जोशीका परिवारलाई प्रधानमन्त्रीको जवाफः रिहाइको प्रयासमै छौं

खबरडबली संवाददाता

धनगढी । इजरायल–हमास युद्धका क्रममा बेपत्ता कञ्चनपुरका विपिन जोशीका आमाबाबुले उनको रिहाइका लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । शुक्रबार सुदूरपश्चिम आएका प्रधानमन्त्री प्रचण्डलाई धनगढी विमानस्थलमा भेट गर्दै विपिनका आमाबाबुले रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यूलाई भेटेर छोराको अवस्था पत्ता लगाइदिनुपर्‍यो भनेर आग्रह गरेका छौँ । उहाँले हामी चाँडो रिहाइका लागि प्रयासमै छौं भन्नुभयो’, विपिनका बुवा महानन्द जोशीले भने, ‘तर कहिलेसम्म हुने हो त्यो थाहा छैन । हाम्रो सम्पर्कमा आएपछि मात्र विश्वस्त हुन सकिन्छ ।’

जोशीको परिवारसँग प्रधानमन्त्रीले परराष्ट्र मन्त्री एनपी साउद शनिबार इजरायल जान लागेको जानकारी समेत गराएका छन् । हमासले इजरायलमा आक्रमण गरेकै दिनदेखि बेपत्ता भएका जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । इजरायल सरकारले जोशी हमासको नियन्त्रणमा रहेको बताएको छ । जोशीका आमाबुवा झण्डै दुई महिनादेखि उनको रिहाइको माग गर्दै आएका छन् ।

‘प्रधानमन्त्रीले परराष्ट्रमन्त्री पनि इजरायल जाँदै हुनुहुन्छ भन्नुभयो । विपिनकै लागि हो कि होइन थाहा भएन’, जोशीले भने, ‘एकपटक सम्पर्कमा आए छोरा फर्किहाल्नेथियो ।’ प्रधानमन्त्री आउने खबर पाएपछि शुक्रबार बिहान महेन्द्रनगरदेखि धनगढी आएका विपिनका आमाबुवा उनलाई भेटेर फर्किसकेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका३ का जोशी सम्पर्कविहीन भएका थिए ।

इजरायली सेना र तेलअबिवस्थित नेपाली राजदूतावासले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि उनको अवस्था कस्तो छ भन्ने खुलेको छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने

काठमााडौं । अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको कार...

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको ...

खाली भयो नुवाकोट जिल्ला कारागार

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा केन्द्रीय कारागार भवन निर्माण गरेर भदौ १५ देखि कैदीबन्दी स्थान्तरण गरेपश्चात खाली भएको विदुर–१ ढुं...

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढ...

गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य

काठमाडौँ । भारतले बंगलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ ।  जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्...

हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली

रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा  प्रादेशिक अस्पताल गौरको  मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधि सहित पुगे...

चट्याङ लागेर एकजनाको मृत्यु

  ढोरपाटन । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ...

नौ लाख बराबरका भन्सार छलीका सामान बरामद

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभि...

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै सम्झना चौधरी

 दाङ  । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...

चितवन–२ का मतदाता भन्छन्ः रविलाई भोट दिएकोमा पछुतो छ

काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy