Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

मध्यरातमा पक्राउ परे साढे ६ किलो सुनसहित दुईजना

चारदिनमै २१.५ केजी अबैध सुन बरामद्

खबरडबली संवाददाता

काठमाडौं। त्रिभुवन विमानस्थलबाट मध्यरातमा  साढे ६ किलो सुनसहित दुईजना पक्राउ परेका छन् ।  शनिबार राति दुवईबाट नेपाल आएका दुई यात्रु अवैध सुन ल्याएको आरोपमा पक्राउ परेका हुन् ।

दुबईबाट आएका दुई जना विदेशी यात्रुको साथबाट ६ किलो ५०० ग्राम सुन फेला परेको प्रहरी स्रोतले जनाएको छ। फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मा राति साढे १२ बजे काठमाडौं आइपुगेका इजिप्टका नगारिक सेरिफ मोहम्मद मोहम्मद लाशिनको साथबाट सो परिमाणको तरल सुन फेला परेको बताइएपनि त्यसलाई प्रहरीले बाहिर ल्याएको छैन।

उनले लगाएको भित्री ज्याकेटमा गोजी बनाएर छ वटा प्याकेटमा ती सुन फेला परेको हो । विमानस्थलको भन्सार कार्यालय पार गरेर बाहिर निस्कने क्रममा उनलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो। ए २४७०८४२३ वाहक इजिप्टका नागरिक सेरिफसँगै पी १०१८४८९७ नम्बरको राहदानी वाहक उनका सुडानी साथी ओस्मानलाई नियन्त्रणमा लिइएको छ । यसअघि २१ मंसिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १४ किलो सुन बरामद भएको थियो।

विमानस्थल भन्सार कार्यालयले बिहीबार मध्यरातमा झन्डै १४ किलो सुन बरामद गरेको थियो । विहीबार राति ११ः४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाई ल्याएको सात थान बिस्कुट आकारको १४ किलोग्राम सुनसहित पक्राउ गरिएको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा जाँच गाउँ !

जुम्लाको सिंजा गाउँपालिका–१ मा पर्ने जाँच गाउँ प्राकृतिक सौन्दर्य र मौलिक जीवनशैलीले भरिएको आकर्षक बस्ती हो । यो गाउँ पहिले साबिक धापा गाविसअन्तर्गत प...

कुलतको दलदलमा युवा, लागुऔषधले निम्त्याउँदै सामाजिक संकट

काठमाडौं । लागुऔषध दुव्र्यसन नेपालका लागि केवल कानुनी चुनौती मात्र होइन, गहिरिँदो सामाजिक संकटका रूपमा देखा पर्न थालेको छ। विद्यालय र कलेज पढ्ने उमेरक...

श्रमदान अभियानका अगुवा प्रसाद राई : पुलदेखि आत्मरक्षासम्म समाजसेवामा सक्रिय

धरान । सामुदायिक विकास र सामाजिक सेवामा सक्रिय प्रसाद राई पछिल्ला वर्षहरूमा श्रमदान अभियानका एक परिचित अनुहारका रूपमा स्थापित भएका छन्। विशेषगरी धरान ...

पाकेको मासु फ्रिजमा राखेर बारम्बार तताएर खानु हानिकारक

काठमाडौं । चाडपर्व वा अन्य अवसरमा धेरै मात्रामा मासु पकाएर फ्रिजमा राख्ने र पटक–पटक तताएर खाने चलन धेरैको घरमा सामान्यजस्तै छ। तर स्वास्थ्य विज्ञहरूका...

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपै...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदैछन् । चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ विदेश...

रास्वपा लुम्बिनी अधिवेशन : सभापतिमा शालिकराम र गोपालबीच पुनः मतदान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त...

टहरा हटाउने क्रममा भीरबाट खसालियो टेम्पो, पीडित भन्छिन्– ‘रोजीरोटीको आधार नै खोसियो’

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीले आफ्नो परिवारको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो डिभिजन वन कार्यालय धनगढीले भीरबाट...

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्य...

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

कञ्चनपुर । रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् । रोगका कारण बेर्न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending