Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

बंगलादेशका पाँच विपक्षी नेताको कारागारमा मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । बङ्गलादेशमा पछिल्लो २ हप्तामा प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टीका ५ जना नेताको कारागार भित्र मृत्यु भएकाे छ । नेताहरूकाे मृत्युपछि त्यहाँको राजनीति तरङ्गित भएको छ ।

अक्टोबर २८ मा राजधानी ढाकामा विपक्षीहरूले गरेको र्यालीपछि भएको कारबाहीका क्रममा विपक्षी दलका सयौं नेता कार्यकर्तालाई प्रशासनले गिरफ्तार गरेको थियो । पक्राउ परेकामध्ये ५ जना नेताको कारागार भित्र मृत्यु भएको त्यहाका संचारमाध्यमहरुले जनाएका छन् ।

२० हजारभन्दा बढी राजनीतिज्ञलाई पक्राउ गरिएको समाचार बाहिरिए पनि प्रहरीले भने स्विकारेको छैन । बीएनपीले आउँदो जनवरी ७ मा हुन गइरहेको आमचुनावलाई बहिष्कार गर्दै प्रदर्शन गरेपछि सरकारले धरपकड गरेको हो । आगामी चुनावबाट वर्तमान प्रधानमन्त्री शेख हसिना पुनः निर्वाचित हुने देखिएको छ । विपक्षी दलले निर्वाचन बिथोल्न खोजेको भन्दै सरकार निर्मम बनेको विश्लेषण गरिएको छ ।

कैदी परिवारका केही सदस्यसहित बीएनपीका केही समर्थक कार्यकर्ताको रिहाइको माग गर्न आइतवार मध्य ढाकामा जम्मा भएका थिए । गएको महिना न्युयोर्कको ह्युमन राइट्स वाचले अक्टोबर २८ को र्यालीपछि कम्तीमा १० हजार विपक्षी समर्थकलाई पक्राउ गरिएको अनुमान गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अहिलेसम्म खातै खोल्न नसकेकाे एममालेकाे कुन कुन स्थानमा छ अग्रता ?

काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहँदा नेकपा (एमाले) ले अहिलेसम्म खातै खोल्न सकेको छैन । रास्वपाले जितसहित सयभन्दा बढी क्षेत्रमा अग्...

धनकुटामा श्रम संस्कृति पार्टीका सान बहादुर राईको निरन्तर अग्रता

धनकुटा। धनकुटामा जारी मतगणनामा  नेकपा एमाले का प्रभावशाली नेता एवं पूर्वमन्त्री राजेन्द्र कुमार राईलाई पछाडि पार्दै श्रम संस्कृति पार्टीका उम्मेदवार स...

सिन्धुपाल्चोक-२ मा नेकपाका दुलालको अग्रता, पछि परे वंशलाल

 काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलालले २ हजार २७६ मतसहित अ...

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

काठमाडौं । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्र...

ओखलढुंगामा मतगणना जारी: एमालेेकी थापा अग्रस्थानमा

ओखलढुंगा । ओखलढुंगामा जारी मतगणनाको शुक्रबार बेलुका १०:४० बजेसम्मको नतिजाअनुसार सूर्य चिन्हकी उम्मेदवार अस्मिता थापा अग्रस्थानमा रहेकी छन्। हालसम्म...

०६४ को माओवादी र अहिलेको रास्वपाले प्राप्त गरेको मतबीचमा धेरै भिन्नता छैनः ज्योति मगर

‘जनताको प्रयोग’ र नयाँ राजनीतिक स्थापनाको आलोचना

प्रचण्डको विजयी संदेश: नयाँ र पुराना दलका संरक्षक म नै हो

रुकुमपूर्व, काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक र रुकुमपूर्वबाट प्रतिनिधि सभा सदस्यमा विजयी पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले नयाँ र पुरा...

देशभर जनलहर चलेको रास्वपा जुम्लामा छैटौं स्थानमा

जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर मतदाताको समर्थन पाउँदै अग्रता कायम राखेको छ, तर जुम्लामा भने पूर्वसांसद विनिता कठायतको स्थिति ल...

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका ई. मोहन आचार्य विजयी भएका छन् । १० हजार ६५६ मत प्राप्त गर्दै आचार्य विजयी  भएका ...

सुनसरी १ः ४३०९ मत गनिसक्दा हर्क साम्पाङकाे ८१६ मत

सुनसरी । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा दोब्बर मतले पछाडि परेका छन् । रास्वपाका उम्मेदवार गोमा त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE