Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

ललितपुरमा पनि फुटपाथ व्यापारमा निषेध

ललितपुर महानगरपालिकाको निर्णय बिरुद्ध अभियन्ता ईःले १०८ मिनेट उभिएर विरोध प्रदर्शन गर्ने

खबरडबली संवाददाता

ललितपुर । ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेल क्षेत्र ‘फुटपाथ पसल निषेधित क्षेत्र’ घोषणा गरे सँगै अभियन्ता ईःले विरोध गर्ने भएका छन् ।

महानगर प्रहरी बलले सूचना टाँस्दै मंसिर २४ गतेदेखि मंगलबजारदेखि लगनखेल क्षेत्र फुटपाथ पसल निषेधित क्षेत्र हुने जनाएको थियाे  ।

काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईःले ललितपुरमा पनि १०८ मिनेट उभिएर विरोध प्रदर्शन गर्ने भएका हुन् ।

सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिंदै ईःले मंगलबार दिउँसो ३ बजेबाट पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय अगाडि उभिएर विरोध गर्ने भएका छन् ।

ललितपुरको सपना नमार्न भन्दै उनले साँझ बिहान फुटपाथ निषेध गर्ने निर्णयबारे पुनर्विचार गर्नसमेत महानगरलाई आग्रह गरेका छन् । समावेशी विकास र सुशासन कायम गरिरहेको ललितपुरले फुटपाथमा व्यापार गर्नेहरुलाई निषेध गरेर सहरको आत्मा मार्ने काम नगर्न ईःले आग्रह गरेका छन् ।

अभियान्ता ईःले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेर फुटपाथ व्यवसायीहरुलाई उचित स्थानमा व्यवस्थापन गर्न पहल गरिरहेका छन् । आइतबारबाट ललितपुर महानगरले मंगलबजारदेखि  लगनखेलसम्म फुटपाथमा राखेर सामान बिक्री गर्न निषेध गरेको छ ।

उक्त क्षेत्रको फुटपाथ व्यापार व्यवस्थापन गर्नै कठिन भएपछि यस्तो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ। फुटपाथ व्यापारीको संख्या अत्यधिक बढेपछि सुरक्षाका दृष्टिले समेत समस्या परेकोले यस्तो निर्णय लिनु परेको ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

यसअघि ललितपुर महानगरपालिकाले बेलुकी ६ बजेपछि फुटपाथ व्यापार गर्न दिएको थियो भने बिहान ८ बजेसम्म फलफूल तथा तरकारी पसल राख्न छुट दिएको थियो ।  हाछेथुका अनुसार फुटपाथ व्यवसायीहरुको अत्यधिक भीड भएका कारण हिंडडुलमै समस्या हुन थालेपछि सधैंका लागि फुटपाथ निषेध गर्न थालिएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोर्नमाउथमाथि लिभरपुलको सहज जित

काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले बोर्नमाउथलाई ३-० गोल अन्तरले परा...

इस्पोनियलमाथि रियल म्याड्रिडको शानदार जित

काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत इस्पोनियलमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले इस्पेनियललाई ४-१ ...

विदेशिए गोठाला, हराए गोठ

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगङ्ग...

नुवाकोटमा स्वास्थ्य शिविरमा एक हजार बिरामीको उपचार

नुवाकोट । ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नुवाकोटको विदुर–५ देवीघाटमा आयोजना गरिएको ‘बृ...

लुम्बिनी प्रदेशका कर्मचारीलाई १४ बुँदे निर्देशन

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अन...

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेट

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा...

कस्तो छ आजको विनिमय दर ?

काठमाडौ‍ं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैया...

आइसीसी विश्वकप लिग- २ मा जित्नैपर्ने दबाबका बिच क्यानडासँग खेल्दै नेपाल

काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्...

यी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौ । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  हाल देशको पहाडी भू-भागमा आंशिक ...

अमेरिकामा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने

काठमााडौं । अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको कार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy