Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

उदयपुरकाे घुर्मीबाट पहिचान पक्षधरले एमालेलाइ प्रदेश प्रवेशमा राेक लगाउने

दुबै पक्षबीच भिडन्तकाे सम्भावना

खबरडबली संवाददाता

ओखलढुंगा । मंसिर १४ गतेदेखि सुरु भएको नेकपा एमालेको मध्यपछाडी संकल्प यात्रा मंगलबार कोशी प्रदेशमा प्रवेश गर्दैछ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको टोली उदयपुरको घुर्मीबाट कोशीमा प्रवेश गर्ने कार्यक्रम तय भएको हाे ।

एमालेको यात्रालाई अवरोध पुर्याउने उद्देश्यले पहिचान पक्षधरले अवरोध गर्ने चेतावनी दिँदै आएका छन् । उनीहरुले कोशी नामकरणको पक्षमा मतदान गर्ने प्रदेशसभाका सदस्यसहित कोशी नामकरणको विषयमा असन्तुष्टी राख्ने समूहलाई आतंककारीको आरोप लगाएका एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेतसहितका नेताहरु यात्रामा सहभागी भए अबरोध गर्ने चेतावनी दिएका हुन् ।

पहिचान पक्षधरले एमालेको यात्रामा आफूरुहको विरोध नभएपछि कोशी प्रदेशका सांसदसहित ओली, भट्टराई र एमाले नेता महेश बस्नेतलाई सहभागी नगराउन चेतावनी दिँदै आएका छन् । उनीहरु यात्रामा सहभागी नभए आफूहरुको स्वागत रहने पहिचान पक्षधरको भनाइ छ ।

पहिचानकाे नाममा एमाले विराेधी गतिबिधि मान्य हुँदैन

एमालेले भने पहिचानको नाममा एमालेविरोधी गतिबिधि भएको भन्दै उनीहरुको धम्की अस्वीकार्य रहेको बताएको छ । एमालेले पहिचानवादीको ‘आदेश’ अमान्य रहेको बताएपछि यात्रामा अवरोध सिर्जना गर्न पहिचान पक्षधरले मंगलवबार मध्यपछाडी राजमार्ग अन्तर्गत घुर्मीदेखि र धनकुटाको लेघुवाघाटसम्म बन्दको आह्वान गरेका छन् ।

एमालेको यात्रामा अवरोध नगर्ने बताउँदै पहिचानवादी नेता गोपाल किरातीले तर, केपी ओली, योगेश भट्टराई र महेश बस्नेतसहित कोशीको नाममा मतदान गर्नेहरु सहभागी भए अबरोध गर्ने चेतावनी दिए । ‘कोशीको पक्षमा हामीलाई नानाथरी गालीगलौज गर्दै हिँड्ने खड्गप्रसाद ओली, योगेश भट्टराई र महेश बस्नेत आएनन् भने हामी अवरोध गर्दैनौं’ उनले भने, ‘हाम्रो विरोध एमालेसँग होइन, कोशीका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र एमालेका तीन नेताहरूसँग मात्र हो ।’

पहिचानकाे नाममा कोशी प्रदेशमा आतंकवादी वितण्डा मच्चाउन खोजेको आरोप

पाँचथरको चिवाभञ्ज्याङ् पुगेर सम्पन्न हुने संकल्प यात्राको क्रममा मंगलबार उदयपुरको घुर्मीमा पहिलो सभा आयोजना गरिने एमाले कोशीले जनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीको नाममा केही तत्वले कोशी प्रदेशमा आतंकवादी वितण्डा मच्चाउन खोजेको आरोप लगाउँदै आएका छन् । त्यसले गर्दा पहिचानवादीहरु थप उत्तेजित बनेका छन् ।

एमालेकै नेताहरूले पहिचान पक्षधरहरूलाई एमाले केन्द्रित नभई प्रदेशको नाम केन्द्रित हुन आग्रह गर्दै आएका छन् । संकल्प यात्रासँग पहिचानवादीको कुनै साइनो सम्बन्ध नरहेको भन्दै पार्टीका नेताहरूको यात्रामा अबरोध नगर्न पहिचान पक्षधरलाई आग्रह गर्दै आएका छन् ।

कोशी प्रदेश प्रदेशसभाको दुईतिहाइ बढी सांसदको समर्थनमा नामकरण भएकाले एमालेलाई मात्रै गाली गरेर, अवरोध गरेर आन्दोलन सफल नहुने एमालेका स्थायी कमिटी सदस्य शेरधन राईको भनाइ छ । नामकरणको विषयको आन्दोलनलाई प्रदेशसभामा केन्द्रित गर्न उनले आग्रह गरेका छन् । उनले एमालेको यात्रामा पहिचानवादीको साइनो सम्बन्ध नरहेको बताए ।

अबरोध हटाउने सुरक्षा रणनीति

एमालेको कार्यक्रममा अबरोध गर्नेगरि पहिचान पक्षधरले कार्यक्रम घोषणा गरेपछि सुरक्षा निकायले कुनै अप्रिय घटना हुन नदिन एकीकृत सुरक्षा रणनीति अपनाएको छ । नेपाल प्रहरीका करिब तीन हजार सुरक्षाकर्मी एमाले यात्रामा परिचालन गरिने तयारी छ । ‘सुरक्षाको कोशी प्रदेशमा भएको नेपाल प्रहरी र सशस्त्र प्रहरी सबै जनशक्ति परिचालन गरेका छौँ’ कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी ऋषिराज कँडेलले भने ‘थप सुरक्षाकर्मी मधेस र बागमती प्रदेशबाट पनि मगाइएको छ ।’ सुरक्षाका सबै जोखिमलाई न्यूनीकरण गर्ने तयारीमा प्रहरी रहेको उनले बताए ।

एसएसपि जयप्रसाद साप्कोटाको नेतृत्वमा नेपाल प्रहरीले प्रहरीको टोली मध्य पहाडी राजमार्गमा परिचालन गरिएको छ । नेपाल प्रहरीले तीन वटा क्षेत्र विभाजन गरेर सुरक्षा रणनीति अपनाएको छ । प्रदेशको पश्चिम भागमा उदयपुरमा एसपी रमेश थापाले कमान्डको नेतृत्व गर्नेछन भने मध्यभागमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका गणपति लक्ष्मी अधिकारीले सुरक्षाको नेतृत्व गर्नेछन् । पूर्वमा इलामका एसपी वासुदेव खतिवडाको कमान्डमा प्रहरी परिचालन गरिएको छ । एमालेको यात्रा समापन हुने दिन पुस २ गतेसम्म नै कडा सुरक्षा अपनाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । एमालेको कार्यक्रमस्थल र बसोबास स्थलमा कडाइ गरिनेछ ।

झडपको अवस्था आएमा पहिचान पक्षधरका नेतालाई विहानैदेखि नियन्त्रणमा लिने

उदयपुरको कार्यक्रमा करिब एक हजार पहिचान पक्षधर उपस्थित हुने सुरक्षा निकायको अनुमान छ । जाडो समय भएकाले बस्ने र खानेको टुंगो नहुने भएकोले पहिचान पक्षधरको ठूलो संख्या अबरोधमा नआउने अनुमान गरिएको छ । झडपको अवस्था आउने देखेमा पहिचान पक्षधरका नेतालाई विहानैदेखि नियन्त्रणमा लिने सुरक्षा रणनीति छ ।

कोशी प्रदेशमा उदयपुरको घुर्मीबाट सुरु हुने एमालेको अभियान भोजपुरको चखेवा भन्ज्याङ, धनकुटाको पाख्रीबास, तेह्रथुमको वसन्तपुर, म्याङ्लुङ र पाँचथरको फिदिम हुँदै पुस २ गते चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुनेछ । एमालेले पुष्पलाल मध्यपछाडि लोक मार्गसँग जोडिएका मुख्य १० सहरमा देखिएका समस्याको पहिचान र समाधानका निम्ति योजना निर्माणको उद्देश्यका साथ संकल्प यात्रा तय गरेको जनाउँदै आएको छ ।

अभियानले कोशी प्रदेशको ४२५ किलोमिटर यात्रा तय गर्ने एमाले कोशी प्रदेश कमिटिले जानकारी दिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending