Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

एमालेकाे अभियान जबरजस्ती काेशी प्रवेश गरे आफुहरु टुलुटुलु हेरेर नबस्ने चेतावनी

एमालेको मध्य पहाडी यात्रालाई सिन्धुलीमै रोक्ने

ओखलढुांगाकाे मानेभञ्ज्याङकाे हर्कपुरमा एमाले अध्यक्ष ओली सम्वाेधन गर्ने कार्यक्रमस्थल
खबरडबली संवाददाता

ओखलढुंगा। मध्य पहाडी यात्रामा रहेको नेकपा एमालेलाई कुनैपनि हालतमा सिन्धुलीबाट प्रदेश प्रवेशमा रोक लगाउने पहिचानवादीले बताएका छन् । एमालले आफ्नो कार्यक्रममा अवरोध नगर्न पिहचानवादीलाई आग्रह गरेपनि पहिचानवादीले एमालेको अभियानलाई सन्धिुलीबाट उदयपुर प्रवेशमा कुनैहालतमा पनि प्रवेश गर्न नदिने बताएका हुन्  । 

एमालेको टोली कोशी प्रवेश गर्ने क्रममा पहिचान पक्षधरले बन्दका कार्यक्रम राखेपछि एमालेले बन्दका कार्यक्रम नराख्न अपिल गरेको थियो । पहिचानको आन्दोलनलाई एमालेले निस्तेज पार्नका लागि आफुहरुलाई आतंककारीकाे बिल्ला भिराउने, प्रदेश बाउको बिर्ता हैन भन्दै  अपराधि करार गर्न खोजेका कारण पनि एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेत सहित पहिचानको विपक्षमा मतदान गरी आफु विरुद्ध लाग्ने ८२ प्रदेश सांसद सहभागि कार्यक्रमलाई कुनैपनि हालतमा प्रदेश नं. १ मा प्रवेश रोक लगाउने एक पहिचानवादी नेताले बताए ।

उनले एमालेको पदयात्रामा ८२ प्रदेश सांसद र एमालेका तीन नेता सहभागि नभए आफुहरुले नै स्वागत गर्ने अन्यथा सिन्धुलीबाट उदयपुर र ओखलढुंगा प्रवेशमा प्रतिबन्ध लगाउने बताए । यदी आफुहरुको कुरालाई वेवास्ता गरेर जबरजस्ती प्रवेश गरेको खण्डमा आफुहरु टुलुटुलु हेरेर नबस्ने उनले चेतावनी दिए । 

नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा आजबाट उदयपुरको घुर्मी हुँदै ओखलढुंगाको हर्कपुरमा अध्यक्ष आोलीले संम्वोधन गरेपछि खोटाङ प्रवेश गर्दैछ ।

एमालेको सभालाई लक्षित गरेर प्रदेश नम्बर १ पुनः नामांकन समितिले मध्यपहाडी लोकमार्ग बन्दको आव्हान गरेको हो । एमालेले संकल्प यात्रा जसरी पनि गर्ने र सङ्घर्ष समितिले अवरोध गर्ने बताएपछि मुठभेडको सम्भावना बढेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending