Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

भ्रष्टाचार नियन्त्रण र कानुनी राज स्थापना गर्न सक्ने एमालेले मात्रै होः अध्यक्ष ओली

खबरडबली संवाददाता

ओखलढुंगा ।  नेकपा एमालेका अध्यक्ष कोशी केपी शर्मा ओलीले एमालेले मात्रै भ्रष्टाचार र तस्करी नियन्त्रण गरी कानुन र न्यायको राज दिन सक्ने दाबी गरेका छन् । पुष्पलाल मध्यपहाडि लोक मार्ग केन्द्रित झुला घाट चिवा भञ्ज्यांग समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा ओखलढुंगाको हर्कपुरमा आयोजीत सभालाई सम्वोधन गद्रै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा एमालेले मात्रै शान्ति सुव्यवस्था कायम गर्न सक्ने बताउँदै  देशको हित राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा एमालेले मात्रै गर्न सक्ने बताए । उनले भने,‘ जति बेला एमाले सरकारमा गएको छ । एमाले सरकारमा गएको बेला व्यवहार र इतिहासले प्रमाणित गरेको दाबी गर्दै नेकपा एमालेले मात्रै देशमा समृद्धि ल्याउने काम गरेको छ ।’

उनले नेकपा एमाले साँढे तीन वर्ष सरकारमा हुँदा राष्ट्रिय हितको काम गरेको बताए । विकासको सन्दर्भमा उनले एयरपोर्ट, बाटो घाटो निर्माण, खानेपानीको व्यवस्था र कृषिको विकासमा एमालेले काम काम गरेको दाबी गरे । अहिले विकास निर्माण ठप्प भएको भन्दै यस विषयमा गठबन्धन सरकारले सोच्न समेत नसकेको आरोप लगाए । उनले अहिलेको गठबन्धन सरकार साम्प्रदायिक भावनाको जालबाट उठेको बताए ।

उनले ओखलढुङ्गाको हर्कपुरमा भएको सभामा सम्बोधन गर्दै उनले वर्तमान सरकारले राष्ट्रिय एकताको भावना बढाउन त के यस बारेमा सोच्न सम्म पनि नसकेको आरोप लगाए । उनले अहिले पनि यो सरकारले साम्प्रदायिकता पक्षहरूलाई भित्र भित्रैबाट बढवा दिइरहेको आरोप लगाए । उनले गठबन्धन सरकारले निराशाको भावना फैलाउँदै राष्ट्र भक्तिलाई कमजोर बनाएको आरोप लगाए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महँगो पर्‍यो सुनकोशी मरिणमा ठेकेदारको ‘खेल’ : रमण–पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...

​ तनहुँमा धानमा मरुवा रोगदेखि लहरे बालीमा डाउनी मिल्डयु पहिचान

तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...

चन्द्रमामा मानव बस्ती बसाल्ने नासाको महत्त्वाकाङ्क्षी योजना

  वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...

जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्

काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्‍याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...

देशभर मौसम बद्लिँदै : कतै वर्षा, कतै हावाहुरी, तराईमा बढ्नेछ गर्मी

काठमाडौं । देशभरको मौसममा आज मिश्रित प्रभाव देखिने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्...

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ, ३ जना फरार

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...

राष्ट्रिय गौरवको आयोजना अलपत्र : फास्ट ट्र्याकको गति कछुवाभन्दा पनि ढिलो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...

बागमती प्रदेशसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending