धनकुटा । निर्माण सम्पन्न भएर अलपत्र परेका स्वास्थ्य चौकी भवनहरू धमाधम हस्तान्तरण हुन थालेका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले निर्माण सम्पन्न भएर पनि अलपत्र भएका स्वास्थ्य चौकी भवनहरू आवश्यक कागजात पत्र पूरा गरी हस्तान्तरण गर्न सुरु गरेको हो।
आयोजनाले मंगलबार एक कार्यक्रमका बीच छिन्ताङ धाप स्वास्थ्य चौकीको नवनिर्मित भवन हस्तान्तरण गरेको छ। आयोजनाका प्रमुख सुमनकुमार मिश्रले सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईलाई भवन हस्तान्तरण सम्बन्धी पत्र प्रदान गरेका थिए।
११ वटा कोटा र ४ वटा शौचालय रहेको भवन बिरुवा कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको हो। गाउँपालिका र वडा कार्यालयको रोहवरमा भवन हस्तान्तरण गरिएको सघन शहरीका प्रमुख सुमनकुमार मिश्रले बताए । निर्माण सम्पन्न भएका अन्य स्वास्थ्य चौकी भवनहरू पनि स्थलगत निरीक्षण गरी हस्तान्तरण योग्य देखिए तत्काल हस्तान्तरण हुने बताए ।
भवन प्राप्ति भएसँगै स्वास्थ्य सेवा सञ्चालनका लागि सहज भएको छिन्ताङ स्वास्थ्य चौकी इन्चार्ज सुमितकुमार रामले बताए । पुरानो स्वाथ्य चौकी भवनबाट सेवा प्रवाह गर्न समस्या हुँदै आएको थियो। अब नयाँ भवनबाट सञ्चालन भएसँगै सेवा प्रवाह गर्न सहज भएको उनले बताए।
यसैगरी धनकुटा नगरपालिका(२ स्थित भीरगाउँ स्वास्थ्य चौकी भवन पनि हस्तान्तरण गरिएको छ। उक्त भवन निर्माण सम्पन्न भएको लामो समय बित्दा समेत हस्तान्तरण हुन सकेको थिएन। केही दिनअघि मात्रै अन्नपूर्ण पोस्ट् दैनिक र एपिवान टेलिभिजनले निर्माण सम्पन्न भएर पनि स्वास्थ्य चौकी भवन अलपत्र परेको समाचार प्रकाशन गरेको थियो।
आयोजनामार्फत् २०७७ सालमा धनकुटाका ९ स्थानमा स्वास्थ्य चौकी भवन निर्माण सुरु भएको थियो। तीमध्ये खुवाफोक, फाक्सिव, भीरगाउँ, छिन्ताङ र सान्नेका स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भइसकेका छन् ।
यसैगरी डाँडागाउँ, मूतिढुंगा, मारेककटहरे, हात्तीखर्कको स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन् । यी स्वास्थ्य चौकी भवनको भौतिक प्रगति ७५ देखि ८० प्रतिशतसम्म भएका छन् ।
काठमाडौंको बिरुवा कन्स्ट्रक्सन प्रालिले दुई भिन्दा भिन्दै ठेक्कामा निर्माणको जिम्मा पाएको थियो। २०७६ मंसिर १० गते भवन निर्माणको जिम्मा पाएको उक्त कम्पनीले २०७७ चैत्र १२ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने ठेक्का सम्झौता थियो।
तर कम्पनीले विभिन्न बाहना बनाउँदै समयमा निर्माण गर्न नसक्दा २०८० असार मसान्तसम्म समयसीमा थप भएको थियो। उक्त म्यादसम्म नौमध्ये पाँचवटा भवन सम्पन्न गरिसकेको छ भने ४ वटा स्वास्थ्य चौकीको भवन निर्माणको काम अझै सम्पन्न भएका छैनन्। भवन निर्माण नभएका स्वास्थ्य चौकीले जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: