सल्यान । ठाडो भिर काट्दै र कडा चट्टान फोड्दै गाउँपालिकाले दुर्गम बस्तीका लागि मोटरबाटो निर्माण थालेपछी स्थानियहरुमा उत्साहित भएका छन् । यो सल्यान छत्रेश्वरी गाउँपालिकाको खबर हो ।
बर्षौं देखि सडकको सपना बोकेका छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ स्थित दुर्गम बस्ती भेरिखोर, आकासी र कालुपहरका स्थानियहरु कडा चट्टान फोड्दै गाउँपालिकाले मोटरबाटो बनाउन थालेपछी आफ्नो गाउँलाई सडक संजालले जोड्ने अपेक्षामा छन् ।
निकै जटिल भुगोल भएपनी दुर्गम बस्तीमा मोटरबाटो पुर्याउने लक्ष्यको साथ आफ्नै पालिकाको स्काभेटर मार्फत निरन्तर काम गरिरहेको गाउँपालिकाले जनाएको छ । झङ्खानी आकाशी हुँदै त्रीवेणी जोड्ने सडक निर्माण भएपछी करिव १५ घरधुरिलाइ विशेष लाभ पुग्ने अकासी गाउँ बस्ने खिमे कामीले बताए । ‘गाउँमा तरकारि, जडिबुटी, फलफुल उत्पादन हुन्छ, त्यसलाई बजार सम्म पुर्याउन निकै समस्या भइरहेको छ’, उनले भने, ‘अव बाटो बन्यो भने सजिलो हुनेथियो ।’
छत्रेश्वरी ४ को पोखरा सम्म यस अघि मोटरबाटो पुगिसकेको छ । झङ्खानी आकाशी हुँदै त्रीवेणी जोड्ने सडक बनेपछि त्यस क्षेत्रका नागरिकहरुको जनजीवन फेरीने गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अपेक्षा छ । उनले मोटरबाटो निर्माण कार्यको निरिक्षण÷अनुगमन गर्दै निकै जटिल भुगोल भएपनी दुर्गम बस्तीमा मोटरबाटो पुर्याउने लक्ष्यको साथ आफ्नै स्काभेटर मार्फत गाउँपालिकाले निरन्तर काम गरिरहेको उनले बताए ।
८ दिन सम्म स्काभेटरले ब्रेकर मार्फत चट्टान फोडेर करिव १६० मिटर लम्बाई मात्र करिव ४ मिटर चौडाईको सडक निर्माण भएको स्काभेटर अपरेटर प्रेम बहादुर बिष्टले बताए । उनले भने, ‘भुगोल एकदमै ठाडो छ, त्यसै माथी कडा चट्टान छ । माथिबाट ढुंगा खस्ने जोखिम छ । मैले छधेश्वरीमा काम गर्दैगर्दा सायद हाल सम्मको जटिल भुगोल यहि नै होला ।’
स्थानीयहरुले जसरी भएपछि आफ्नो गाउँसम्म सडक बनाउन गाउँपालिकालाई आग्रह गर्दै सडक निर्माण पछि उत्पादित कृषिजन्य वस्तु बजारिकरणमा सहज हुने आशा गरेका छन् । आफ्नो बस्तीमा गोभी, काउली, आलु, अदुवा, टिमुर, कागती उत्पादन हुने जनाउँदै स्थानीय फौद बहादुर खत्रीले चट्टान फोडेर बाटो बनाउन थालेको गाउँपालिकाले यो कामलाई गन्तव्यमा पुर्याउन आग्रह गरे । सडक अभावमा अहिले भिरको जटिल बाटो हिड्न बाध्य स्थानीयहरुले बिरामीलाई उपचारका लागि लैजान समेत मुस्किल हुने गरेको बताउँछन् ।
भेरिखोर, आकासी र कालुपहरका नागरिकहरु बर्षौं देखि मोटरबाटोको सुविधा प्राप्त गर्ने आशाले सार्थकता पाउने विश्वास सहित उत्साहित छन् । यो मोटरबाटो निर्माण भएपछी करिव १५ घरधुरिलाइ प्रत्यक्ष रुपमा बिषेश र अन्य सयौं घरधुरीलाई लाभ पुग्ने छ । अब भेरिखोर सम्म मोटरबाटो जोड्न करिव १५०० मिटर बांकी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - ०८:२२
एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...
जेष्ठ १३ गते, २०८३ - ०८:२०
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...
जेष्ठ १३ गते, २०८३ - ०८:१८
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...
जेष्ठ १३ गते, २०८३ - ०८:१६
काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...
जेष्ठ १३ गते, २०८३ - ०८:११
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...
जेष्ठ १३ गते, २०८३ - ०८:०५
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...
जेष्ठ १३ गते, २०८३ - ०८:००
तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...
जेष्ठ १३ गते, २०८३ - ०७:५५
म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...
जेष्ठ १३ गते, २०८३ - ०७:५३
वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...
जेष्ठ १३ गते, २०८३ - ०७:४८
काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...



प्रतिकृया लेख्नुहोस्: