Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

भारतले रोकेपछि चिनियाँ प्याज ल्याउने प्रयास, नेपाली बजारमा आलु कति सर्वसुलभ ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाली बजारमा प्याजको अभाव देखिएको बेला नेपाली आयातकर्ताहरूले चीनबाट प्याज ल्याउन ‘अर्डर दिन थालेको’ व्यवसायीहरूले बताएका छन्।

यद्यपि उनीहरूले लागत कम पर्ने भएकाले भारतबाटै प्याज ल्याउने वातावरण बनाउन कूटनीतिक पहलका लागि सरकारलाई आग्रह गरेका छन्।

भारतसँग तत्काल त्यस्तो कूटनीतिक पहल हुने सम्भावना कमै रहेको एक मन्त्रीले सङ्केत गरे। भारतले सन् २०२४ को मार्च अन्तिम सम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। त्यसले गर्दा नेपाली बजारमा प्याजको चरम अभाव भएको व्यवसायीहरू बताउँछन्।

बजारमा सहजै उपलब्ध नभएका कारण देखाउँदै राजधानी काठमाण्डूसहित देशका विभिन्न भागमा व्यापारीहरूले प्याजको भाउ बढाएका छन्।

सरकारले आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको विरोधमा व्यापारीहरूले कारोबार बन्द गरेपछि केही दिन नेपालमा दुवै वस्तुको अभाव देखिनुका साथै मूल्यवृद्धि पनि भएको थियो।

तर सरकारले स्वदेशी आलु र प्याजमा भ्याट नलाग्ने स्पष्ट पारेपछि अहिले आलुको आपूर्ति सहज हुँदै गएको व्यापारी र अधिकारीहरूले बताए।

चीनबाट ल्याउने प्रयास

भारतबाट प्याज ल्याउन नकसिने अवस्था भएपछि चीनबाट आयात गर्ने पहल सुरु गरिएको नेपाली व्यवसायीले बताएका छन्।

नेपाल कृषि उपज, आलु, प्याज आयात-निर्यात तथा थोक विक्रेता सङ्घका महासचिव प्रकाश गजुरेलले भने, “केही लसुन तथा स्याउ ल्याउने व्यवसायीहरूले उता (चीन)बाट लोड गरेका छन् भन्ने खबर आएको छ।”

“अहिलेसम्म नेपालमा चाहिँ आइपुगेको छैन। हामी पनि ल्याउने कोसिस गरिरहेका छौँ।” यद्यपि उनले व्यवसायीहरूले भारतबाटै आयात गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको बताए।

“हामीले वाणिज्य विभागलाई पनि त्यसबारे पहल गर्न आग्रह गरेका छौँ। उहाँहरूले आवश्यक पहल गर्ने आश्वासन दिनु भएको छ,” गजुरेलले भने।

‘आलुको अभाव छैन’

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक महादेवप्रसाद पौडेलले स्वदेशी आलु तथा प्याजमा भ्याट नलाग्ने भनेर कर प्रशासनले स्पष्ट गरेसँगै आलुको अभाव नभएको बताए।

“पहिले व्यवसायीहरूले भ्याटको विरोध गर्दा आपूर्तिमा केही समस्या देखिएको थियो तर त्यो समस्या विगत दुई दिनदेखि देखिएको छैन,” सोमवार उनले भने। चालु आर्थिक वर्षको बजेटमार्फत आलु र प्याजमा भ्याट लगाउने नीति लिएको थियो।

त्यसको सुरुमै विरोध गरेका व्यवसायीहरूले आलु र प्याजको आयात रोक्नुका साथै स्वदेशी उत्पादन पनि नकिनेपछि बजारमा अभाव देखिएको थियो।

गत शुक्रवार आन्तरिक राजस्व विभागले स्वदेशी प्याज तथा आलुमा भ्याट नलाग्ने स्पष्ट पारेको थियो। विभागले भ्याट नलाग्ने स्पष्ट पारेसँगै व्यापारीहरूले कारोबार थालेकाले अहिले आलुको आपूर्ति सहज भएको पौडेलले बताए।

विभागले शुक्रवार निकालेको सूचनामा भनिएको थियो, “आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरुप नेपालमा उत्पादन भएका आलु, प्याज तथा स्याउमा मूल्य अभिवृद्धि कर नलगाइएको तथा नलाग्ने व्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ।”

आलु र प्याजको माग

नेपालमा रहेको आलुको मागमध्ये ६० देखि ७० प्रतिशतसम्म स्वदेशी उत्पादनले धान्ने महासचिव गजुरेलले बताए। 

उनका अनुसार प्याजका लागि भने नेपाल लगभग भारतमै निर्भर हुने गरेको छ। भारतमा कडाइ गरिएका बेलामा कहिलेकाहीँ चिनियाँ प्याज आउने गरेको छ।

यद्यपि चिनियाँ प्याज ठूलो हुने तथा त्यसको स्वाद नेपालीहरूले खासै मन नपराउने व्यवसायीहरू बताउँछन्।
गजुरेलका भनाइमा नेपालमा प्याजको खपत बिहे र अरू ठूला पर्वका बेलामा धेरै हुन्छ।

उनका अनुसार काठमाण्डू उपत्यकाभित्र मात्र दैनिक करिब ५० देखि ७० टन प्याज र १०० टनको हाराहारीमा आलु बिक्री हुन्छ।

मूल्य कति

पछिल्ला महिनाहरूमा स्वदेशी आलु र प्याजको भाउमा खासै फरक नपरे पनि भारतबाट आयातितमा वृद्धि देखिएको जानकारहरू बताउँछन्। त्यसको एउटा कारण भारतबाट आउने कृषि उपजमा भ्याट लाग्नु पनि रहेको उनीहरूको भनाइ छ।

कालिमाटी फलफूल तथा तरकारी बजारको विवरण अनुसार सोमवार स्वदेशी रातो आलुको औसत मूल्य प्रतिकिलो ४६ रुपैयाँ छ भने सेतो आलुको औसत मूल्य प्रतिकिलो ३८ रुपैयाँ रहेको छ।

उक्त बजारले भारतीय आलुको मूल्य भने तोकेको उसको विवरणमा देखिँदैन। व्यवसायीहरूका अनुसार अहिले स्वदेशी आलुले आपूर्ति धान्ने भएकाले भारतबाट खासै आएको छैन।

उक्त बजारले सोमवार स्वदेशी प्याजको भाउ तोकेको छैन तर भारतीय प्याजको औसत मूल्य प्रतिकिलो १४१ रुपैयाँ रहेको देखिन्छ।

कालिमाटी बजारले थोक मूल्य बजार भाउ राख्ने गरेको छ तर खुद्रा मूल्य भने उसले उपलब्ध गराएकोभन्दा निकै अधिक रहेको उपभोक्ताहरू बताउँछन्।

सरकारले कूटनीतिक पहल गर्ला?

व्यापारीहरूले नेपालका लागि प्याज निर्यात खुलाउन भारतसँग पहल गरिदिन सरकारलाई आग्रह गरेपछि बीबीसीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई सम्पर्क गरी सरकारको पहलबारे सोधेको थियो।

उनले भने, “प्याजका सन्दर्भमा भारतले अहिले लिएको नीतिमा परिवर्तन गर्दैन जस्तो लाग्छ। हामीले उताबाट ल्याउनेभन्दा पनि आन्तरिक रूपमा नै उपलब्ध भएकोबाट खपत गर्नुपर्ने अवस्था छ।”

व्यवसायीले कूटनीतिक पहलका लागि आग्रह गरेका छन् सरकारले त्यसमा के गर्छ त? उत्तर दिँदै उनले भने, “भारतले नियम बदल्ने सम्भावना देखिँदैन। त्यस्तो पहल गर्नुपर्ने भएमा सरकारले गर्छ।”

व्यवसायीहरू भने सरकारले कूटनीतिक पहल नगरे पनि भारतबाट तस्करी भएर केही मात्रामा प्याज नेपाल भित्रिरहेको बताउँछन्। त्यसलाई रोक्न र गुम्न सक्ने राजस्व गुम्न नदिन पनि सरकारले नेपालका लागि प्याजको निर्यात खुलाउन भारतसमक्ष पहल गर्नुपर्ने उनीहरूको भनाइ छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ अभाव

गण्डकी । पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने ...

मस्र्याङ्दी जलविद्युत्को मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य स...

रवि लामिछाने र बालेन शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हा...

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झ...

कस्तो होला रास्वपा सरकारको विदेश नीति ?

काठमाडौं । चुनावमा सानदार सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बाल...

काठमाडौंको वायु प्रदूषण अस्वस्थकर स्तरमा, विश्वका प्रदूषित सहरमध्ये चौथो स्थानमा

काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थकर स्तरमा पुगेको छ। बिहीबार बिहान ७:२० बजे गरिएको मापनअनुसार उपत्यकाको एयर क्वालिटी इन्डेक्स ...

तेल संकटका कारण पाकिस्तानमा विद्यालय बन्द, पेट्रोलको मूल्य एकैपटक ५५ रुपैयाँले बढ्यो

काठमाडौं । इरानमाथि संयुक्त राज्य अमेरिका–इजरायलले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वबाट सम्पूर्ण मध्यपूर्व प्रभावित हँुदा तेल र ग्यास आपूर्तिमा अवरोध आ...

मध्यपूर्व संकटका कारण देखिएको इन्धनको सम्भाव्य मूल्यवृद्धिसँग जुझ्ने सरकारको योजना कस्तो छ ?

काठमाडौं । सरकारले मध्यपूर्वमा झन्डै डेढ सातादेखि जारी तनावका कारण नेपालमा मूल्यवृद्धि हुन सक्ने भन्दै खाना पकाउने ग्यासलगायतको कालोबजारी रोक्न अनुगमन...

कम्युनिस्ट सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे ...

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE