Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

कर्णालीमा लक्ष्यबमोजिम विनियोजित बजेट खर्चै हुँदैन

खबरडबली संवाददाता

सुर्खेत । सङ्घीय संरचना अनुसार प्रदेश सरकार गठन भएदेखि नै कर्णालीमा लक्ष्यबमोजिम विनियोजित बजेट खर्च हुन सकेको छैन । त्यति मात्र होइन प्रत्येक वर्ष विनियोजित सबै बजेट कार्यान्वयन नभएर फिर्ता हुने क्रम कायमै छ । 

कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कर्णाली प्रदेश सरकारले समग्रमा दुई तिहाइसम्म मात्रै बजेट खर्च गर्न सकेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ४९ दशमलव १४ प्रतिशत बजेट खर्च गरेको सरकारले आव २०७७/७८ का लागि रु ३३ अर्ब ७४ करोड १३ लाख कूल बजेट विनियोजन गरेकोमा जम्मा ६५ दशमलव ५२ अर्थात् रु २२ अर्ब १० करोड ८६ लाख रकम मात्रै खर्च गर्न सक्यो । 

आव २०७८/७९ मा पनि सरकारले जम्मा बजेटको ६२ दशमलव ३७ प्रतिशत मात्रै खर्च गरेको थियो । आव २०७८/७९ मा सरकारले चालुतर्फ रु १४ अर्ब ८९ करोड २७ लाख २३ हजार र पुँजीगततर्फ रु २१ अर्ब १६ करोड ५३ लाख ९१ हजार गरी जम्मा रु ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रकम विनियोजन गरे पनि रु २४ अर्ब मात्रै खर्च भयो ।

आव २०७९/८० मा पनि प्रदेश सरकारको खर्च बढेको छैन । समीक्षा वर्षमा सरकारले जम्मा बजेटको ६७ दशमलव ८९ प्रतिशत अर्थात् रु २२ अर्ब ३८ करोड ३४ लाख ८३ हजार मात्रै खर्च गरेको कार्यालयको तथ्याङ्क छ । यस्तै आव २०८०/८१ मा रु ३३ अर्ब ४० करोड ६६ लाख बजेट विनियोजन भएकामा जम्मा ६० दशमलव ३४ प्रतिशत अर्थात् रु २० अर्ब १५ करोड ३९ लाख ७३ हजार मात्रै खर्च भएको छ । 

चालु आर्थिक वर्षमा पनि सरकारको बजेट कार्यान्वयनमा उल्लेख्य सुधार आएको छैन । यस वर्षका लागि रु ३१ अर्ब ४१ करोड ४१ लाखको बजेट विनियोजन गरेको सरकारले असोजसम्म छ प्रतिशत अर्थात् रु दुई अर्ब २२ करोड ७० लाख ८९ हजार २६० खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालय सुर्खेतका निमित्त निर्देशक दीपेन्द्र मगरातीले जानकारी दिए । मगरातीका अनुसार प्रदेश सरकारले बाँकी नौ महिनामा रु २९ अर्ब १८ करोड २९ लाख ५१ हजार ७३९ खर्च गर्न बाँकी छ । 

बढ्दै चालु खर्च

कर्णाली सरकारको विकास बजेटभन्दा चालु खर्च बढ्दै गएको तथ्याङ्कले देखाउँछ । जनप्रतिनिधिको विलासी जीवनशैली, फजुल खर्च र कार्यालय सञ्चालन तथा बढ्दो कर्मचारी सङ्ख्याका कारण प्रत्येक वर्ष चालु खर्च बढेको हो । आर्थिक वर्ष २०७५/७६ मा रु छ अर्ब २१ करोड ६६ लाख रहेको चालु बजेट २०७६/७७ मा रु १३ अर्ब ६९ करोड ६५ लाख पुगेको छ भने आर्थिक वर्ष २०७७/७८ मा रु १४ अर्ब ६७ करोड २२ लाख चालु बजेट विनियोजित भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा छ । 

यस्तै आव २०७८/७९ मा रु १४ अर्ब ८९ करोड २७ लाख, आव २०७९/८० मा रु १३ अर्ब १२ करोड १४ लाख, आव २०८०/८१ मा रु १३ अर्ब ८० करोड ८१ लाख र चालु आर्थिक वर्षमा रु १३ अर्ब ८४ अर्ब रकम चालुतर्फ विनियोजन गरिएको छ । यो तथ्याङ्कलाई केलाउँदा प्रदेशमा चालु खर्च बढ्दै गएको विज्ञहरू बताउँछन् । 

किन हुँदैन खर्च ?

अर्थ जानकारहरू कर्णालीमा बजेट कार्यान्वयन हुन नसक्नु मुख्य कारण सुनिश्चित भएका आयोजनामा न्यून बजेट प्रस्ताव गर्ने तर नयाँ आयोजनाको सङ्ख्या बढाउने प्रवृत्तिका कारण खर्च हुन नसकेको बताउँछन् । वार्षिक कार्यक्रमअन्तर्गत समयमै कार्यविधि, निर्देशिका र मापदण्ड नबन्नु जस्ता कारणले बजेट खर्च नै हुन नसकेको सुर्खेतमा अर्थशास्त्रका अध्यापक शिक्षक बालकुमार विक बताउँछन् । 

“पहिलो कुरा बजेट कुन क्षेत्रमा छुट्याउने भन्ने सुनिश्चित हुनुपर्‍यो, अहिलेको स्थिति हेर्दा बजेट अनुत्पादक क्षेत्रमा धेरै छुट्टाएको देखिन्छ, त्यसले गर्दा पनि कार्यान्वयन हुन सकेको छैन”, उनले भने । सरकारले उत्पादनमुखी योजना बनाएर जानुपर्ने भन्दै योजना अनुगमनलाई ध्यान सके बजेट कार्यान्वयन हुनसक्ने उनको भनाइ छ । 

मध्यपश्चिम विश्वविद्यालयका विज्ञान सङ्कायका डिन डा सुदिप ठकुरी बजेट खर्च सक्ने क्षमता नभएकै कारण बर्सेनि कर्णालीमा बजेट कार्यान्वयन हुन नसकेको बताउँछन् । “बजेट खर्च गर्नसक्ने क्षमता नै कम भएको हो, अर्को भनेको हाम्रो प्राथमिकता भन्दा पनि हचुवाको भरमा बजेट निर्माण गर्ने प्रवृत्तिले पनि खर्च प्रभावित भएको हो,” उनले भने । प्रक्रियागत र कानुनी झन्झटका कारण पनि आयोजनाले गति लिन नसकेको उनको बुझाइ छ । 

योजना बैङ्कको खोजी

जनशक्ति अभाव पनि बजेट कार्यान्वयन नहुनुको प्रमुख कारण रहेको कर्णाली प्रदेशसभा सदस्य एवं पूर्वआर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह बताउँछन् । “जनशक्ति अभावका कारण समयमा बोलपत्र आह्वान हुँदैन, समयमा बोलपत्र आह्वान नहुँदा निर्माणदेखि समयमा रकम निकासा नहुने जस्ता सबै कुरामा असर पर्छ”, उनले भने । 

यसबाहेक अध्ययनबिना योजना बनाउने परिपाटीले बजेट कार्यान्वयनमा समस्या आइरहेको उनको बुझाइ छ । उनले भने, “तल्लो निकायले प्राथमिकीकरण गरेका, सम्भाव्यता अध्ययन पूरा गरिसकेका योजनालाई मात्र समावेश गरेर अगाडि बढ्ने संस्कार बसाल्न सकियो भने मात्रै पनि दोहोरोपनको पनि कमी रहन्छ भने योजना कार्यान्वयन समयमै हुन्छ ।”

यसका लागि योजना बैङ्क बनाउनु उपयुक्त हुने उनको सुझाव छ । “योजना बैङ्क बनाएर त्यसबाट मात्रै जनप्रतिनिधिले योजना छनोट गर्ने मापदण्ड बनाउन सक्नुपर्छ, योजना तर्जुमाको नीति नै परिवर्तन गरेर एउटा ‘बास्केट’बाट मात्रै तान्ने व्यवस्था गरिनुपर्छ, यसले योजना ‘डुप्लिकेशन’ हुँदैन र कार्यान्वयन पनि हुन्छ”, सिंहले भने । 

मुख्यमन्त्री यामलाल कँडेलले कार्यकालको सुरुवातदेखि नै समयमै बजेट कार्यान्वयन हुने र विगतमा खर्च नहुने प्रवृत्ति हटाउने बताउँदै आएका छन् । उनले त्यहीअनुसार मन्त्री र कर्मचारीसहित मातहतका निकायलाई विभिन्न निर्देशन जारी गरेका छन् । 

बेरुजु फछ्रयाैटमा सुधार

महालेखा परीक्षकको प्रतिवेदनअनुसार कर्णालीमा आव २०८०/८१ मा मात्रै रु ९६ करोड ७७ लाख ५२ हजार बेरुजु देखिएको छ । हालसम्म कर्णाली प्रदेश सरकारको बेरुजु रु चार अर्ब ३४ करोड १५ लाख छ । त्यसमा रु एक अर्ब ३८ करोड बेरुजु फछ्र्यौट भएको देखिएको छ । प्रदेशसभा सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्योटमा प्रगति भएको प्रतिवेदन सार्वजनिक गरिसकेको छ । 

समितिका सभापति जीतबहादुर मल्लले प्रदेश सरकारको रु चार अर्ब ३४ करोड १५ लाख कुल बेरुजुमध्ये समितिले रु एक करोड ३८ लाख फर्छ्योट एवं सम्परीक्षण गर्न सफल भएको बताए । अब प्रदेश सरकारको बेरुजु रु तीन अर्ब ९४ करोड ८२ लाख रहेको छ । 

अनियमित ढङ्गले खर्च गर्ने प्रवित्तिका कारण बेरुजु बढ्दै गएको विज्ञहरू बताउँछन् । आर्थिक कार्यविधि र नियमावलीअनुसार नै बजेट खर्च गर्नुपर्ने भन्दै यसो गर्दा बेरुजु कम गर्न सकिने उनिहरूको सुझाव छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE