Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

सुन तस्करीको डरलाग्दो शृंखला

चीनदेखि इजिप्टसम्मका अन्तर्राष्ट्रिय सुन तस्करका कारण नेपालको साख विश्वभर गिर्दो

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लाे समय नेपाल सुनतस्करीकाे ट्रान्जिट बन्दै गएकाे छ । पटक पटक नेपालकाे बाटाे हुँदै सुन तस्करी भइ रहँदा नेपाल   सुनतस्करीकाे ट्रान्जिट बन्दै गएकाे पुष्टि हुन्छ ।

पाँच मिहना अघि भरीयालाई अग्रस्थानमा राखी भएकाे सुन तस्करी हाेस या पछिल्लाे समयमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट भएकाे सुन तस्करी हाेस । 

पछिल्लो समय शासक, तस्कर मोटाउने र मुलुकको गरिमामाथि घात थप्ने कामले तीव्रता पाइरहेको छ । विभिन्न समयमा भएका सुन तस्करीमा गठन भएका जाँचबुझ आयोग सुस्त देखिएका छन् । पछिल्लाे समय हवाइ र सिमानाकाकाे बाटाे हुँदै सुन तस्करी तीव्र भएकाे छ । यसका कारण कुशासनको कुरूप तस्बिर प्रतिबिम्बित भएको छ । यसले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको बदनामी हुने संकेत दिएको छ ।

हुन पनि पछिल्ला ५ दिनमै ४ पटक गरी साढे २९ किलो सुन बरामद भएको यथार्थबीच अरू बाहिरिएको सुनको परिमाण योभन्दा दसौं गुणा बढी नहोला भन्न सकिँदैन । विमानस्थलको एक्सरे मेसिनबाट तस्करी हुने सुनको पहिचान नहुनु, गिरोहहरूले शृंखलाबद्ध रूपमा तस्करी गर्ने आँट गर्नु सर्वत्र चिन्ताको विषय बनेको छ ।

५ महिनाअघि भएको ६१ किलो सुन तस्करीको छानबिनका लागि संसद्का ७ दलबीच सहमति भई असोज १४ मा गठित उच्चस्तरीय छानबिन समितिको काम सकिनै लाग्दा विमानस्थलकै चोर बाटोबाट धमाधम सुन भित्रिएको पाइएको छ । यसलाई कुशासनको निकृष्ट रूप नभनिरहन सकिँदैन । चीनदेखि इजिप्टसम्मका अन्तर्राष्ट्रिय तस्करहरू सलबलाउनुले नेपालको साख विश्वभर गिर्दो अवस्थामा पुगेको छ ।

ठूला राजनीतिक दल अपराधमा संलग्न आफ्ना मान्छे बचाउन लागिपर्नु, नागरिक समाजको आवाज उच्च नबन्नु, माथिदेखि तलसम्मका नेता, कार्यकर्ता अपराधको विषयमा चुइँक्क नबोल्नु, साना–ठूला दल राजनीतिक अभियानमा मात्र केन्द्रित देखिनु, क्षमता हुँदाहुँदै सञ्चार क्षेत्र अन्तै व्यस्त रहनुलगायत विषय अवाञ्छित सन्दर्भ बनेका छन् । दशकौं अघि कुख्यात अपराधी चार्ल्स शोभराजले ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती पनि छिराउन सकिन्छ’ भनी दिएको अभिव्यक्ति यथार्थपरक सावित भइरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धविराममै लेबनानमा इजरायलको भीषण हमला : ३१ को मृत्यु, मध्यपूर्व फेरि युद्धको डिलमा

एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रभातफेरी , विधान महाधिवेशन पनि हुँदै

काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...

महँगो पर्‍यो सुनकोशी मरिणमा ठेकेदारको ‘खेल’ : रमण–पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...

​ तनहुँमा धानमा मरुवा रोगदेखि लहरे बालीमा डाउनी मिल्डयु पहिचान

तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...

चन्द्रमामा मानव बस्ती बसाल्ने नासाको महत्त्वाकाङ्क्षी योजना

  वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...

जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्

काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्‍याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending