Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

चोरीमा संलग्न तीन भारतीयसहित ६ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा चोरीमा संलग्न गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन भारतीय र तीनजना नेपाली नागरिक छन्।

भारतको बैसाली जिल्ला उखिमारपुरका १८ वर्षीय घुच्ची भनिने संजिव बानिया (पोदार), भारतकै मोतिहारी राजापुरका १९ वर्षीय किसन गिरी, बिहार राज्यको समस्तिपुर जिल्ला मुरातपुर ग्रामका २१ वर्षीय कृष्ण पोदारलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरू हाल काठमाडौंको तिलगंगामा बस्ने गरेका छन्।

यस्तै, नागार्जुनका ३० वर्षीय (सुन पसले) विक्रम गर्तौला, झापाको बाहुनडाँगी नगरपालिका–१८ घर भइ काठमाडौंको पुरानो बानेश्वर बस्ने २९ वर्षीय रमेश विश्वकर्मा (सुन पसले) र मोरङको सुन्दरहरैँचा–९ घर भइ हाल काठमाडौंको भीमसेनगोला बस्ने ३३ वर्षीय डिल्लीराम विश्वकमर्मा (सुन पसले) पक्राउ परेका छन्।

भारतीयको समूहले गत असार १५ गते काठमाडौंको शम्भुमार्गस्थित भगवती श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना गरी अन्दाजी १ तोला र नगद एक लाख ७० हजार रुपैयाँ चोरी गरेको थियो।

यस्तै, कात्तिक ५ गते विजयचोकस्थित बालकृष्ण श्रेष्ठको डेरा कोठाबाट सुनका विभिन्न गरगहना तथा नगद गरी १३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो।

ती दुवै घटनाको अनुसन्धानको क्रममा चोरी कार्यमा संलग्न तीन जना भारतीय नागरिक मंगलबार काठमाडौंको विभिन्न स्थानबाट पक्राउ परेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत गौशला पठाइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

परराष्ट्रमन्त्री राणाको अमेरिकामा स्वागत

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. आरजु राणाको अमेरिकामा स्वागत गरिएको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिबार दिउँसो क्यानडा हुँदै अमेरिकाक...

श्रीलङ्कामा कम्युनिष्ट पार्टीको ऐतिहासिक विजय, अनुरा कुमारा राष्ट्रपति बन्ने

काठमाडौं । श्रीलङ्कामा हिजो भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । सन २०१९ को चुनावमा तीन प्रतिशत...

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र क्...

बोर्नमाउथमाथि लिभरपुलको सहज जित

काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले बोर्नमाउथलाई ३-० गोल अन्तरले परा...

इस्पोनियलमाथि रियल म्याड्रिडको शानदार जित

काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत इस्पोनियलमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले इस्पेनियललाई ४-१ ...

विदेशिए गोठाला, हराए गोठ

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगङ्ग...

नुवाकोटमा स्वास्थ्य शिविरमा एक हजार बिरामीको उपचार

नुवाकोट । ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नुवाकोटको विदुर–५ देवीघाटमा आयोजना गरिएको ‘बृ...

लुम्बिनी प्रदेशका कर्मचारीलाई १४ बुँदे निर्देशन

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अन...

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेट

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy