Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

तरुण दलले भूकम्पप्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्ने

खबरडबली संवाददाता

भक्तपुर । नेपाल तरुण दलले आगामी पुस १ गतेदेखि जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माणको अभियान सञ्चालन गर्ने भएको छ ।  तरुण दलले आज भक्तपुरमा आयोजना गरेको शपथ ग्रहणपछिको पहिलो केन्द्रीय कमिटीको बैठकपछि आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएको हो । 

पत्रकार सम्मेलनमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले आगामी पुस १ गतेदेखि जाजरकोट र रुकुम पश्चिमलगायत भूकम्पले क्षति पुर्याएका जिल्लामा अस्थायी आवास निर्माण अभियान सुरु गर्ने बताए । अध्यक्ष गुरुङले भने, “भूकम्पबाट आफ्नो बास गुमाएका पीडितको बस्ने बासको व्यवस्था गर्न हामी पुस १ गतेदेखि अस्थायी आवास निर्माण अभियान सुरु गर्दैछौँ, जाजरकोट र पश्चिम नेपालका जिल्लामा तरुण दलका दस्ताले ८० देखि एक सय वटासम्म अस्थायी टहरा निर्माण गरेर पीडितलाई हस्तान्तरण गर्नेछ, देशभरका तरुणको सहयोगको साथ ६० जनाको टोली त्यस क्षेत्रमा खटिनेछ ।”

भूकम्प गएपछि तरुण दलले ती क्षेत्रमा न्यानो कपडा र खाद्यान्नका सामग्री वितरण गरिसकेको जानकारी दिँदै  अध्यक्ष गुरुङले अब अस्थायी आवास निर्माण गर्ने अभियान सुरु गर्ने भएको बताए । देशभरका वडा, पालिका, नगर, जिल्ला, प्रदेश र केन्द्रका तरुणबाट स्वतस्फूर्तरुपमा सङ्कलन भएको रकमबाट यो अभियान सञ्चालन गरेर अस्थायी आवास निर्माण एवं सामाजिक दायित्वमा देशभरका तरुणको भावना जोड्न लागेको बताउँदै उनले अस्थायी आवास निर्माणका लागि बाह्य सहयोग नलिई तरुण दलको आन्तरिक व्यवस्थापनबाटै अभियान सम्पन्न गर्ने बताए ।

पार्टीले जिम्मा दिए थप अस्थायी आवास बनाएर फर्कने बताउँदै अध्यक्ष गुरुङले भने, “कांग्रेस केन्द्रीय कमिटीले त्यस क्षेत्रमा एक हजार वटा अस्थायी टहरा बनाउने भएको छ । पार्टी केन्द्रीय कमिटीसँग हामी जाजरकोटबाटै सम्पर्कमा रहनेछौँ, तरुण दलको अभियान सम्पन्न भएपछि पार्टीले व्यवस्थापनसहित जिम्मेवारी दिए, पार्टीको निर्देशनमा थप अस्थायी आवास बनाउने छौँ ।”

पुस १ गतेदेखिको अभियानका लागि तरुण दलले काठमाडौँबाट २५ जना, कर्णालीबाट २० जनाको डकर्मी टोली र अन्य जिल्लाबाट सहभागि हुने तरुणसहित ६० जना अस्थायी टहरा निर्माणमा खटिने उनले बताए । उनले भूकम्पका कारण त्यस क्षेत्रका हजारौँ नागरिक चिसोमा आवास बिहिन हुन पुगेको दुःखद् अवस्था र त्यहाँका वृद्धवृद्धा, बालबालिका, गर्भवतीमा थप समस्या परेको बेलामा नेपाल तरुण दलले अस्थायी आवास निर्माण गरेर राजनीतिमा मात्रै नभई मानव सेवामा पनि तरुण दल अग्रसर हुन्छ भन्ने सन्देश प्रवाह गर्ने भएको बताए ।

केन्द्रीय बैठकमा पदाधिकारीलगायत केन्द्रीय सदस्यले विभिन्न राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुका साथै भूकम्पपीडित क्षेत्रमा अस्थायी टहरा निर्माणको सवालमा पारदर्शीरुपमा अगाडि बढ्ने र सामाजिक दायित्वलाई निरन्तरता दिने निर्णय गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनकी ‘ब्युटिफुल गभर्नर' लाई १३ बर्षको जेल सजाय

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

परराष्ट्रमन्त्री राणाको अमेरिकामा स्वागत

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. आरजु राणाको अमेरिकामा स्वागत गरिएको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिबार दिउँसो क्यानडा हुँदै अमेरिकाक...

श्रीलङ्कामा कम्युनिष्ट पार्टीको ऐतिहासिक विजय, अनुरा कुमारा राष्ट्रपति बन्ने

काठमाडौं । श्रीलङ्कामा हिजो भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । सन २०१९ को चुनावमा तीन प्रतिशत...

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र क्...

बोर्नमाउथमाथि लिभरपुलको सहज जित

काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले बोर्नमाउथलाई ३-० गोल अन्तरले परा...

इस्पोनियलमाथि रियल म्याड्रिडको शानदार जित

काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत इस्पोनियलमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले इस्पेनियललाई ४-१ ...

विदेशिए गोठाला, हराए गोठ

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगङ्ग...

नुवाकोटमा स्वास्थ्य शिविरमा एक हजार बिरामीको उपचार

नुवाकोट । ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नुवाकोटको विदुर–५ देवीघाटमा आयोजना गरिएको ‘बृ...

लुम्बिनी प्रदेशका कर्मचारीलाई १४ बुँदे निर्देशन

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy