Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

गठबन्धन हल्लाएर हल्लिने स्थितिमा छैनः प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको गठबन्धनको सरकार पूरा अवधि चल्ने दाबी गरेका छन् । राजधानीमा पार्टीले सुरु गरेको वैचारिक राजनीतिक प्रशिक्षणलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धन टुटाउनका लागि सरकारलाई कम्जोर बनाउने कसरत भए पनि अबको चार वर्ष नै गठबन्धनको सरकार जाने दाबी गरे । उनले भने,‘यो गठबन्धन बनेदेखि नै तपाईँ हामीलाई थाहा छ, एकथरी मानिसहरु गठबन्धन टुटाउन, सरकारलाई कमजोर बनाउन कसरत भए तर यहाँ सम्म आउदा म के अनुभुत गर्छु भने गठबन्धन अझ सुदृढ भएको छ । कसैले हल्लाएर हल्लिने स्थितिमा गठबन्धन छैन । मलाई विश्वास छ पाँचै वर्ष यो गठबन्धन जान्छ । एक वर्ष भयो चारै वर्ष यो गठबन्धन जान्छ ।’

एकथरिले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा मौका छोपेर सरकारलाई ढाल्न सकिन्छ भन्ने सपना देखिरहेको बेला भ्रमण सफल पारेर आफूले त्यो सपना सफल हुन नदिएको जिकिर उनले गरे ।  उनले भने,‘मैले केहि महत्वपूर्ण अन्तर्राष्ट्रिय भ्रमण गरेँ । भारतदेखि सुरु भएको इटाली हुँदै अमेरिका र चीनसम्मका भ्रमणबाट एकथरी मानिसहरुलाई लागेको थियो सायद माओवादी नेतृत्वमा, प्रचण्डको नेतृत्वमा हुने यी विदेश भ्रमण कहीँ न कहँ सरकार नराम्रोसँग चिप्लिन्छ र त्यही मौका छोपेर सरकारलाई ढाल्न सकिन्छ भन्ने सपना देखेका थिए । तर ती सपनाहरु चकनाचुर भए ।’

उनले आगामी जनवरी पहिलो तारिखमा नेपाल–भारत सम्बन्धको बारेनयाँ घोषणा गर्ने उद्घोष गरे । उक्त घोषणाले पञ्चेश्वरदेखि रेलवेर अन्य विषयमा नयाँ प्रक्रिया सुरु गर्ने विश्वास उनले व्यक्त गरे ।  उनले भने,‘हामीले अन्तर्राष्ट्रिय रुपमा नेपालको प्रतिष्ठा इतिहासमा अहिलेसम्म नभएको ठाउँमा पु¥याएका छांै । जनवरी पहिलो तारिखमा हामी केही घोषणा नेपालबाट गर्दै छौं । त्यसले पञ्चेश्वर, रेलवेदेखि अन्य विषयमा एउटा नयाँ प्रक्रिया सुरु गर्छ ।’

अर्को वर्ष अझ जोड दिएर ठूला विकास परियोजना र भ्रष्टाचारका मुद्दाहरु अगाडि लैजाने ढंगले तयारी गरिएकोउनले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending