Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

इजराइल–अमेरिका र इरानबीच युद्ध चर्कियो, साउदीको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला

खबरडबली संवाददाता

तेहरान। इरान, इजराइल र संयुक्त राज्य अमेरिकाबीच जारी युद्ध तेस्रो दिनमा प्रवेश गर्दा मध्यपूर्व क्षेत्रमा तनाव थप बढेको छ।

यसैबीच इरानले साउदी अरेबियाको महत्त्वपूर्ण तेल रिफाइनरी ‘रस तनुरा तेल रिफाइनरी’मा आक्रमण गरेको छ। रोयटर्सका अनुसार साउदीको सरकारी तेल कम्पनी 'रास तनुरा' अन्तर्गत सञ्चालनमा रहेको उक्त रिफाइनरी हमलापछि बन्द गरिएको छ। यसको दैनिक उत्पादन क्षमता करिब ५ लाख ५० हजारदेखि ६ लाख ब्यारेल कच्चा तेल रहेको बताइएको छ। विश्वकै ठूला अपतटीय तेल लोड गर्ने टर्मिनलमध्ये एक मानिने यस केन्द्रबाट अमेरिका, एसिया र युरोपका विभिन्न देशमा ट्याङ्करमार्फत कच्चा तेल निर्यात हुँदै आएको छ।

इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीले सोमबार अमेरिकासँग कुनै वार्ता नगर्ने स्पष्ट पारेका छन्। इरानले अमेरिकासँग पुन: वार्ता सुरु गर्ने प्रयास गरेको भन्ने खबरको उनले खण्डन गरेका हुन्।

इरानले इजराइलबाहेक कतार, बहराइन र संयुक्त अरब इमिरेट्समा पनि पुन: हमला सुरु गरेको जनाएको छ।

अर्कोतर्फ, लेबनानस्थित इरान समर्थित उग्रवादी संगठन हिजबुल्लाह पनि युद्धमा संलग्न भएको छ। हिजबुल्लाहले इजराइलका विभिन्न स्थानमा बमबारी गरेको दाबी गर्दै इरानी सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईको मृत्युको बदला लिने घोषणा गरेको छ।

रोयटर्सकाका अनुसार अमेरिका र इजराइलले संयुक्त रूपमा अहिलेसम्म इरानका एक हजारभन्दा बढी स्थानमा हमला गरेका छन्। प्रारम्भिक ३० घण्टामै दुई हजारभन्दा बढी बम खसालिएको दाबी गरिएको छ। ती हमलामा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र ७४० भन्दा बढी घाइते भएको बताइएको छ।

एक विद्यालयमा मिसाइल खस्दा १८० छात्राको मृत्यु भएको र ४५ जना घाइते भएको खबर सार्वजनिक भएको छ।

फेब्रुअरी २८ देखि सुरु भएको यस द्वन्द्वको पहिलो दिनमै आयातुल्लाह खामेनेई मारिएको दाबी गरिएको छ। साथै, आइतबार तीन जना अमेरिकी सैनिकको पनि मृत्यु भएको जनाइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौंडा सिमेन्ट उद्योग बन्द हुनु दु:खद हो, यसलाई सरकारले चलाउँछ : उद्योगमन्त्री

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् ।...

बागमती नदीमा बेपत्ता पाँचमध्ये दुईको शव फेला, तीन जना सकुशल

काठमाडौं । बागमती नदी मा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव फेला परेको छ भने अन्य तीन जना सकुशल भेटिएका छन्। शनिबार दिउँसो रौतहट र सिन्धु...

भारत भ्रमणका लागि नेपाल ए टोली घोषणा, को को खेल्दैछन् ?

नेपाल क्रिकेट संघ (क्यान)ले भारत भ्रमणमा सहभागी हुने नेपाल ए टोली घोषणा गरेको छ। क्यानले भारतको उत्तराखण्ड मा मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन ह...

बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

काठमाडौँ। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न  नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयो...

सीमाविवादका कारण कर्णाली करिडोर बन्द

कालीकोट। बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा भएको घटनाको छानबिन, दोषीमाथि कारबाही तथा पीडितलाई न्यायको माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडो...

बागमती नदीमा बेपत्ता दुई युवक मृत फेला

सर्लाही । सर्लाही, रौतहट र मकवानपुरको सीमा क्षेत्रस्थित बागमती नदीले बगाएर बेपत्ता दुई युवक आइतबार दिउँसो मृत फेला परेका छन् । बागमती नदीले बगाएर स...

नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति छ - प्रवक्ता पोखरेल

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमश: सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेको छन्...

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा: कप्तानमा दीपेन्द्र ऐरी

काठमाडौँ। एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गतको क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान...

सरकारविरुद्ध संसदमा सशक्त प्रतिरोधमा उत्रिने विपक्षी दलहरूको सहमति

काठमाडौँ । प्रतिनिधि सभाका विपक्षी दलहरू सरकारले अपनाएको कार्यशैलीविरुद्ध थप सशक्त रूपमा प्रस्तुत हुने सहमतिमा पुगेका छन्। नेपाली कांग्रेस, नेकपा (...

सिड्नी विमानस्थलमा बेहोस भएर ढलेकी नेपाली महिलाको निधन, शव नेपाल पठाउने तयारी

सिड्नी। नेपालबाट छोरा भेट्न अस्ट्रेलिया पुगेकी ५५ वर्षीया नेपाली महिलाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमै निधन भएको छ। काठमाडौंको सुकेधारा निवासी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending