Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

पर्यटकीय सम्पदाबाटै म्याग्दीको समृद्धि

सन्तोष गौतम/रासस

म्याग्दी। प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन् । हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति, रहनसहन र जीवनशैली म्याग्दीको पर्यटन विकासका आधार मानिएको छ ।     

संसारको सातौँ अग्लो हिमाल हो धौलागिरि आठ हजार एक सय ६७ मिटरको उचाइमा रहेको छ भने १०औँ अग्लो हिमाल अन्नपूर्णको उचाइ आठ हजार ९१ मिटर छ । फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले पहिलोपटक सन १९५० जुन ३ तारिखका दिन अन्नपूर्ण प्रथम आरोहण गरेर इतिहास रचेका थिए । अरु थुप्रै मनमोहक हिमालको जिल्ला पनि हो म्याग्दी । यहाँ नीलगिरि, चुरेन, गुर्जा, मानापाथीलगायत हिमाल छन् ।     

साहसिक मुटु भएकाहरू हिमाल चढ्छन् । पदयात्राका लागि पनि यहाँ राम्रा पदमार्ग छन् । धवलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ निस्कने धौलागिरि चक्रिय, धौलागिरि आइसफल र सेञ्चुरी पदमार्ग । धेरैजसो पर्वतारोही र पदयात्री नाउरा, बगर, दोभान, इटाली आधार शिविर हुँदै मुस्ताङको मार्फा निस्कन सकिने चक्रीय धौलागिरि पदमार्गमा हिँड्छन् ।   

अन्नपूर्णका प्रथम आरोही सम्मानमा मौरिस हर्जोग पदमार्ग सञ्चालनमा ल्याइएको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ गाउँदेखि अन्नपूर्ण प्रथमको आधार शिविर जोडिन्छ यो पदमार्ग । नारच्याङ हुँदै एकै दिनमा आधारशिविर पुग्न सकिन्छ । यो पदमार्ग रमणीय, मनमोहक र प्राकृतिक सौन्दर्ययुक्त छ । नारच्याङदेखि हुमखोलासम्म गाडी र हुमखोलादेखि फुतफुते, भुसकेत हुँदै आधारशिविर पुग्न सकिन्छ ।     

अन्नपूर्ण आधारशिविर फराकिलो र समथर भूगोलमा छ । आधारशिविर नजिकैको नारच्याङ पञ्चकुण्ड ताल यहाँको अर्को विशेषता हो । पदयात्रामा फुतफुतेलगायतका झरनाका साथै विभिन्न जातका गुराँस, वन्यजन्तु, पक्षी तथा वनस्पति अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण पदमार्गमा होटल तथा लज सुविधा छैन । त्यसैले पर्वतारोही तथा पदयात्रीले क्याम्पिङ गर्नुपर्छ ।     

अक्करे पहाड, जङ्गल, ग्रामीण जीवनशैली, स्थानीय कला संस्कृति, प्राकृतिक तातोपानी कुण्ड, वनजङ्गल अवलोकन गर्न पाउनु धौलागिरि पदमार्गका आकर्षण हुन् । भोङभोङे, मिस्तुङ कुना, लामो छहरा, कुलिवाङ, तातोपानी र झुम्टोगोठ छहराको रमणीय दृष्यावलोकन गर्न पनि पाइन्छ । पदमार्गको इटालियन क्याम्पदेखि माथि होटल तथा लज सुविधा नभएकाले पदयात्रा गर्दा क्याम्पिङ गर्नु पर्ने बाध्यता छ ।     

धवलागिरि गाउँपालिकाको ताकम, बेनी नगरपालिकाको ज्यामरुककोट, बेनीबजारको बेनी कोत, रघुगङ्गा गाउँपालिकाको भगवती कोत म्याग्दीका ऐतिहासिक कोतघर हुन् । चौबिसे राज्यका पालाका हातहतियार र सामग्री राखिएका कोतघरमा दसैंको समयमा विशेष पुजाआजा हुने गर्छ । पहाडी भूगोल र हिमालको दृश्यावलोकन गर्न सकिने उच्च स्थानमा रहेका कोतघरका हतियार इतिहासका साक्षी हुन् ।     

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर पश्चिमको पशुपतिनाथका रुपमा परिचित छ । सत्ययुगमा सतीदेवीको गला पतन भएकाले गलेश्वर नाम रहेको किम्बदन्ती छ । यहाँ शिवालय, राधाकृष्ण मन्दिर, कहिल्यै नसुक्ने जलबराह कुण्ड पनि छन् । पौलस्त्य ऋषिका नाति लंकाका राजा रावण जन्मिएको ठाउँ पौलस्त्य–पुलहाश्रम म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित पछैमा पर्छ । पौलस्त्य मन्दिर नजिकै रावणको नाभी गाडिएको भन्ने ढुङ्गा (पत्थर) छ ।     

बेनी नगरपालिकाको गाजनेमा रहेको नेपालमै फरक स्वरूपको पाँच सय वर्ष पुरानो जगन्नाथ मन्दिरभित्र जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहुका मूर्ति छन । ऋषिमुनि र माताहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको बेनी नगरपालिकाको स्वर्गाश्रममा आन्तरिक र बाह्य पर्यटक जाने गर्छन् । जनैपूर्णिमा पर्वका अवसरमा विशेष पूजाआजा हुने रघुगङ्गा गाउँपालिकाको रिखार पनि म्याग्दीको प्रसिद्ध धार्मिकस्थल हो ।     

तीन हजार ४०० मिटर उचाइमा अवस्थित म्याग्दीको धार्मिकस्थल मालिका धुरी प्राकृतिक रुपमा सुन्दर र रमणीय छ । मनोकांक्षा पुरा हुने जनविश्वासका साथ मालिकामा चण्डी, ज्येष्ठ र कात्तिक पूर्णिमामा विशेष पूजाआजा गर्ने भक्तजनको घुइँचो लाग्छ । बिम, बिमवाङ, दुखु, हिदी, टोड्के र ठाडाखानीको बाटो भएर पुगिने मालिकाबाट २० भन्दा बढी हिमशृङ्खलालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । बिम हँुदै मालिका धुरीमा जाने बाटोमा पर्ने बराह ताल र प्रभुचेला आश्रम पनि यस क्षेत्रका आकर्षण हुन् ।     

धवलागिरि गाउँपालिका–१ मा अवस्थित गुर्जा गाउँलाई ‘लुकेको वस्ती’, ‘दुरवस्ती’, ‘एकल वस्ती’ तथा जीवित मानव सङ्ग्रहालय पनि भन्ने गरिन्छ । गुचुमुच्च बस्ती । परम्परागत ढुङ्गा र माटोबाट बनेका परम्परागत घरहरू । छन्त्याल जातिको जीवनशैली, सभ्यता र संस्कृति बुझ्ने आँखीझ्याल हो गुर्जा । चुरेन, पुथा र गुर्जा हिमालको जरामा बसेको बस्तीले पर्यटकलाई लोभ्याउँछ ।     

जडीबुटीको भण्डार पनि हो गुर्जा गाउँ । यहाँ यार्सागुम्बा, जटामसी, निरमसी, सतुवा, कुट्कीलगायत धेरै थरिका बहुमुल्य जडीबुटी पाइन्छ । त्यसैले त गुर्जालाई ‘हर्बल हव’ उपमा समेत दिइन्छ । मुना–लुलाङ हुदै एक दिन पुरै हिँडेर गुर्जा गाउँमा पुगिन्छ । पर्यटकका लागि गाउँमा होमस्टे सुविधा छ । त्यहाँदेखि गुर्जा हिमालको आधारशिविर पुग्न चार घण्टा, चुरेन पुग्न २ दिन र पुथाको आधारशिविर पुग्न २ दिन ४ घण्टा लाग्छ ।     

गुर्जा माथि बस्ती नभएकाले क्याम्पिङ गर्नुपर्ने हुन्छ । हिमाल आरोहणका अतिरिक्त वन्यजन्तु, पंक्षि, झरना, ग्रामीण बस्ती, जीवनशैली, वनस्पति र जडीवुटीको अवलोकन गर्न पाउनु धौलागिरि, गुर्जा, चुरेन र पुथा हिमालको आधारशिविरको आकर्षण हो । गुर्जा हुँदै डोल्पा जोड्ने पश्चिम धौलागिरि र ढोरपाटन शिकार आरक्ष जोड्ने पदमार्ग पहिचान भएको छ । बसन्त ऋतुमा गरिने महसिकार गुर्जाको थप आकर्षण हो ।     

म्याग्दीको घोडेपानी, पुनहिल, मोहरेडाँडा र फूलबारी क्षेत्रमा लालीगुराँसको घना जङ्गल छ । नेपालमा पाइने ३२ मध्ये ८ प्रजातिका गुराँस यहाँ पाइन्छन् । गुराँसे जङ्गलको पृष्ठभूमिमा हिमाल र सूर्योदयका दृश्यमा रम्न पाउँदा बेग्लै आनन्दको अनुभूति हुन्छ । म्याग्दीको पोखरेबगरदेखि गाडी र कास्कीको नयाँपुल, घान्द्रुक भएर पुगिने घोडेपानीमा आमा समूहले संग्रहालय पनि सञ्चालन गरेका छन् । पर्यटकका लागि घोडेपानीमा सुविधायुक्त होटल छन् । 

घोडेपानीबाट करिब एक घण्टा उकालो चढेपछि पुनहिल (तीन हजार २१० मिटर) पुगिन्छ । पुनहिलबाट हिमालको लामो लर्कन देखिन्छ । त्यसैगरी पुनहिलबाट करिब चार घण्टा हिँडेपछि पुगिने अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग अन्तरगत तीन हजार ३०० मिटर उचाइको मोहरेडाँडाबाट धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल देखिन्छन् ।

घोडेपानीका साथै नागी, हम्पाल, लेसपार, राम्चे हँुदै पुगिने मोहरेडाँडामा सामुदायिक लज सञ्चालन गरिएको छ । प्यारीभारानी ताल, फुलबारी, कालीसार, करवाकेली थान र संग्रहालय, आलडाँडा, करबाकेली पदमार्ग, टिकोट घोडेपानी–पुनहिल आसपासका सहायक गन्तब्य हुन् । तीन हजार ६६० मिटर उचाईको सुन्दर हिलस्टेशन खोपाराबाट हिमालको लामो लर्कन, सूर्योदय र सूर्यास्तको मिठास देखिन्छ ।

हिमचुली, अन्नपूर्ण प्रथम, अन्नपूर्ण साउथ, बराह शिखर, निलगिरि साउथ, टुकुटे पिक, मानापाथी हिमाल र धौलागिरि हिमशृङखला देखिने खोपारामा भेडाबाख्रा र चौरी गाईको गोठ थप आकर्षण हुन् । खोपाराबाट एक दिन र एक बिहान हिँडेपछि पुगिने चार हजार ६३० मिटर उचाईमा, बराह शिखर हिमालको फेदीमा रहेको खयर भारानी प्रख्यात शक्तिपिठ हुन् ।   

मनोकामना पूरा हुने विश्वासका हरेक बर्ष जनै पूर्णिमाका दिन यहाँ मेला लाग्छ । पाउद्वार गाउँदेखि खोपारा हुँदै खयरतालसम्म व्यवस्थित पदमार्ग छ । घोडेपानी, शिख, पाउद्वार र नारच्याङबाट एकै दिनमा पुग्न सकिने खोपारामा पाउद्धार पर्यटन सहकारी संस्थाले सामुदायिक होटल सञ्चालन गरेको छ । बयली र ढाडँखर्क खोपाराका सहायक गन्तब्य हुन् । 

बेनी–जोमसोम सडकमै पर्ने महभिर र दानाको रुप्से झरना म्याग्दी हुँदै मुस्ताङ जाने आउनेका लागि रमाउने थलो हुन् । धवलागिरि र अन्नपूर्ण हिमालको बीच भएर बग्ने, शालिग्राम पाइने विश्वको एकमात्र, कालीगण्डकी नदीले निर्माण गरेको विश्वकै गहिरो अन्धगल्छी रुप्से झरनाको नजिकै छ । बेनी–जोमसोम सडकअन्तर्गत नागढुङ्गादेखि पाँच मिनेट गाडी र १५ मिनेट उकालो हिँडेपछि पुगिने नारच्याङ झरना पनि पर्यटकीय सम्भावना बोकेको प्राकृतिक स्थल हो । छङछङ सुसाउँदै झर्ने सुन्दर र आकर्षक देखिने झरनामा पर्ने इन्द्रेणीले मनै हराउँछ ।   

बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलका रुपमा परिचित छ । बिरे नुनको गन्धमा निस्कने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको भएको बिरामीहरू बताउँछन् । बेनी बजारदेखि आठ किलोमिटर टाढा रहेको सिंगा तातोपानी बजारमा पाहुनाका लागि आरामदायी होटल सुविधा छ ।     

अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग तातोपानीमा प्राकृतिक रुपमा निस्कने तातोपानी सङ्कलन गरिएका दुईओटा पोखरी र धारामा स्नान गर्न सकिन्छ । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि विश्रामस्थल बनेको भुरुङ्ग तातोपानीमा सुविधासम्पन्न होटल तथा लज छन् । अन्नपूर्णको पाउद्वार, रातोपानी, सेकार्कु, रघुगङ्गाको दर्मीजा, धवलागिरिको बगर र गुर्जाको तातोपानी कुण्ड पनि पर्यटकीय हिसाबले सम्भावनायुक्त छन् ।   

रघुगगा गाउँपालिकाको रुइसेमा भुमे मन्दिर, नौलि बराह, देउराली मन्दिरलगायतका धार्मिक स्थल छन् भने घनाजङ्गल र जडीबुटी पाइन्छ । रुइसेदेखि ४५ मिनेट उकालो पैदलयात्रापछि पुगिने करिब २६ सय मिटर उचाईमा अबस्थित भेडीओडारबाट धौलागिरि, माछापुच्छे, अन्नपूर्ण, निलगिरि, मनास्लु हिमाल, सूर्योदय, पहाडी भूगोल, गुरासे जङ्गलको अवलोकन गर्न सकिन्छ । धौलागिरि आइसफल पदमार्गको प्रवेशबिन्दुमा रहेको रुइसे गलेश्वरदेखि एक घण्टा गाडीको यात्रा गरेपछि पुगिन्छ । भगवती मैदानमा रहेको ऐतिहाँसिक कोत मन्दिरको धार्मिक महत्व छ ।     

दुई हजार पाँच सय मिटर उचाइमा रहेको टोड्केको स्वच्छ हावापानी र शान्त वातावरणले तन÷मन दुबै चङ्गा बनाउँछ । गुराँसे जङ्गलको टाकुरामा रहेको टोड्केबाट धौलागिरि, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेर लमजुङ हिमालको लामो लस्कर देखिन्छ । टोड्केमा स्वर्गद्वारी मन्दिर र सिद्धथान छन् । मन्दिरभित्र रहेका शिवलिङ्ग र महाप्रभूले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । झिँ, पूर्णगाउँ र बाखेतको बाटो भएर पुगिने धौलागिरि सेञ्चुरी पदमार्गको प्रवेशद्वार टोड्केमा रिसोर्र्ट तथा होमस्टे सञ्चालन भएको छ ।     

बागलुङ, रुकुम र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको घुस्तुङ र बार्से ब्लकसहित १५ प्रतिशत क्षेत्रफल म्याग्दीको धवलागिरि गाउँपालिकामा पर्छ । वन्यजन्तुको सिकार, समथर भूगोल, चरन क्षेत्र, बुकी पाटन, पक्षी, वनस्पति, हिमशृङ्खलाको अवलोकनका लागि ढोरपाटन परिचित छ । म्याग्दीको धारापानी–ताकम–मुना–लमसुङ–मरेनी हुँदै एक दिन र लमसुङ–गुर्जा–गुर्जाघाट हुँदै दुई दिन पैदल हिँडेर ढोरपाटन पुगिने पदमार्गमा पर्ने नर्जा झरना थप आकर्षण हो । ढोरपाटन सिकार आरक्ष जाने र गुरिल्ला पदमार्गमा पर्ने ३४१० मिटर उचाइमा जलजलाबाट पहाडी भूगोल, सूर्योदय र प्राकृतिक सौन्दर्यको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।     

नागबेली परेर बगेका म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारदेखि धवलागिरि हिमालसम्मको दृश्य देखिने खबराको लभ्लीहिल (मायालु डाँडा) बेनी बजार नजिकैको नयाँ गन्तव्य हो । त्यसैगरी बेनी नगरपालिकाको भकिम्ली र काठेखोला गाउँपालिकाको सिमानामा रहेको बेलको जस्तो आकारको रुप भएको बेलढुङ्गा पहाडी भूगोल, सूर्योदय र हिमशृङ्खलाको दृष्यावलोकनका लागि गन्तव्य बनेको छ । यिनै प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुको उपयोगमा नै म्याग्दीको समृद्धि जोडएको छ ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्सेमा ११ अंकको वृद्धि हुँदा ५ अर्बको कारोबार

काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...

डोटीमा चार युवाको सामूहिक बेसारखेती

डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...

बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला

रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...

नेपालीहरुका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तब्य बन्नसक्छः महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि  क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...

काठमाडौंमा देखिएको मुगुको दृश्य

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...

काभ्रे प्रहरीले गर्यो २६ बाक्सा पटाका पटाका बरामद

बनेपा ।  बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...

चीनकी ‘ब्युटिफुल गभर्नर' लाई १३ बर्षको जेल सजाय

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

परराष्ट्रमन्त्री राणाको अमेरिकामा स्वागत

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. आरजु राणाको अमेरिकामा स्वागत गरिएको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिबार दिउँसो क्यानडा हुँदै अमेरिकाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy