Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

पूँजीगत लाभकर वेवास्ता गर्दै शेयर बजारमा २७ अंकको बृद्धि

खबरडबली संवाददाता

काठमाडाैं  । बैंक तथा वित्तीय संस्थाले मर्जर र एफपिओ वापत अर्बौ कर तिर्नु परेपछि आइतबार शेयर बजार घट्ने अनुमानविपरित आइतबार पनि नेप्से परिसूचकमा बृद्धि भएको छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि निरन्तरजसो बढिरहेको बजार सर्वोच्च अदालतको पछिल्लो आदेशपछि घट्ने अनुमान धेरैले गरेका थिए ।

बैंक तथा वित्तीय संस्थाहरुमाथि थपिएको करको डरले बजार प्रभावित हुने अनुमान गरिएको थियो । बैंक तथा वित्तीय संस्थाहरुले मर्जर तथा एफपीओ जारी गरी प्राप्त गरेको पूँजीगत लाभकर १२ अर्बभन्दा धेरै बुझाउनु परेपछि बजार घट्ने अनुमान थियो ।

बजारको सुरुवातमा सेलिङ्ग प्रेसर देखिएको भएपनि खरिदकर्ताहरु हाबी हुन थालेपछि बजारले पुनः सकारात्मक दिशा समातेको हो । यद्यपी सार्वैचचको फैसलाको कारण डेढ अर्ब रुपैयाँभन्दा धेरै कर बझुाएका बैंकहरुको शेयरमूल्य भने घटेको छ । समग्र बैंकिङ क्षेत्रमै यस दिन गिरावट देखिएको हो ।

आइतबार नेप्से परिसूचक २७.७५ अंक बढेर २०२२.३५ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक बढेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । २९५ स्टकको १ लाख १ हजार १२८ पटकको कारोबारमा ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस दिनको कारोबार रकम साढे ५ महिना यताकै उच्च हो । यस अघि गत असार १७ गते नेप्सेमा ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

यसदिन १ दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अन्य १४ स्टकको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन ७५ वटा स्टकको मूल्य घटेको छ । जसमध्ये हिमालयन लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.७७ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २५ करोड १२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन सोनापुर मिनरल्स र रिलायबल नेपाल लाइफको १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

बजारका १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.५५ प्रतिशत बढेको बजारमा बैंकिङ्ग, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक घटेको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धविराममै लेबनानमा इजरायलको भीषण हमला : ३१ को मृत्यु, मध्यपूर्व फेरि युद्धको डिलमा

एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रभातफेरी , विधान महाधिवेशन पनि हुँदै

काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...

महँगो पर्‍यो सुनकोशी मरिणमा ठेकेदारको ‘खेल’ : रमण–पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...

​ तनहुँमा धानमा मरुवा रोगदेखि लहरे बालीमा डाउनी मिल्डयु पहिचान

तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...

चन्द्रमामा मानव बस्ती बसाल्ने नासाको महत्त्वाकाङ्क्षी योजना

  वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...

जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्

काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्‍याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending