Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

सरकार नीति र उद्देश्यअनुरुप अघिबढेको छः मन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार अविचलित भएर आफ्नो नीति र उद्देश्यमा केन्द्रित रहेको बताएकी छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गरेको जानकारी दिइन् ।

उनले ताप्लेजुङको घुन्सा खोला जलविद्युत् आयोजनाका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तीन सय २९ रोपनी जग्गा प्रदानको स्वीकृति दिने निर्णय भएको बताइन् ।  

गत मङ्सिर २८ गतेको मन्त्रिपरिषद्को बैठकले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्डमा पर्ने घर टहरा तथा जग्गाको मुआब्जा, क्षतिपूर्ति, राहतस्वरुप क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिएको छ । बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीका सुरेश आचार्यसहित सातजना सचिवहरुको सरुवा तथा परराष्ट्र सचिवमा परराष्ट्र मन्त्रालयका वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।

सरकारले क्यानडेली स्वयंसेवक परिचालनसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय गरेको छभने फिनल्याण्डको हेलसिन्कीमा आयोजना हुने इन्टरनेसनल अर्गनाइजेसन अफ सुप्रिम अडिटको बाइसौँ वार्षिक बैठकमा भाग लिन उपमहालेखापरीक्षण पदमराज पौडेललाई अनुमति दिएको छ ।

मन्त्री शर्माका अनुसार सरकार र कतार सरकारबीच सांस्कृतिक क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति दिने, नदीजन्य जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति, वन्यजन्तु बासस्थान व्यवस्थापन कार्यविधि, हातहतियार खरखजना नियमावली (बाह्रौँ संशोधन), विभिन्न जिल्लाका स्थानीय तहको परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने तथा राष्ट्रिय बृहत् जलाधार व्यवस्थापन रणनीति स्वीकृत गरेको छभने कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको छ । 

वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रमा राखेर चुस्त सेवा प्रवाह, सुशासन प्रवद्र्धन, आर्थिक समृद्धिका लागि फजुल खर्च नियन्त्रणका निम्ति अनवरत लागेको मन्त्री शर्माले बताइन् । फरक प्रसङ्गमा उनले मन्त्रिपरिषद्मा  हेरफेर गर्नेबारे सत्ता साझेदार पार्टीभित्र कुनै छलफल नभएको स्पष्ट गरिन् ।

सञ्चारमन्त्री शर्माले वर्तमान सरकारले कार्यभार सम्हालेको एक वर्षको अवधिमा भएका कामको समीक्षा भइरहेको र भावी रणनीति तयार गरी तदनुरुप अघि बढ्ने बताइन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोटीमा चार युवाको सामूहिक बेसारखेती

डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...

बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला

रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...

नेपालीहरुका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तब्य बन्नसक्छः महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि  क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...

काठमाडौंमा देखिएको मुगुको दृश्य

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...

काभ्रे प्रहरीले गर्यो २६ बाक्सा पटाका पटाका बरामद

बनेपा ।  बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...

चीनकी ‘ब्युटिफुल गभर्नर' लाई १३ बर्षको जेल सजाय

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

परराष्ट्रमन्त्री राणाको अमेरिकामा स्वागत

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. आरजु राणाको अमेरिकामा स्वागत गरिएको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिबार दिउँसो क्यानडा हुँदै अमेरिकाक...

श्रीलङ्कामा कम्युनिष्ट पार्टीको ऐतिहासिक विजय, अनुरा कुमारा राष्ट्रपति बन्ने

काठमाडौं । श्रीलङ्कामा हिजो भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । सन २०१९ को चुनावमा तीन प्रतिशत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy