काठमाडौ । ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहभागी रहे।
यो कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनसँगै काठमाडौंका मेयर बालेन शाह पनि सहभागी थिए।
प्रधानमन्त्री दाहाल बोल्नुअघि काठमाडौंका मेयर बालेनले शुभकामना मन्तव्य राख्ने क्रममा प्रधानमन्त्रीलाई फोहोर व्यवस्थापनमा देखिएका कानुनी जटिलता फुकाइदिन र खोला अतिक्रमण गरेको बसेको बस्ती हटाइदिन सहयोग मागेका थिए ।
बालेनले भनेका थिए, ‘कुनै कुनै अतिक्रमणहरु हामी आफैंले पनि रोक्न सक्छौं । खोला अतिक्रमण चाहिँ, सम्माननीय ज्यू यहीँ हुनुहुन्छ, उहाँले चहानुभयो भने यहाँदेखि अर्को कार्यक्रममा जान जति समय लाग्छ त्यति समयमा समाधान हुने विषय हो त्यो । सम्माननीय ज्यूले चाहनुभयो, गृहमन्त्री ज्यूले चाहानुभयो भने पाँच मिनेटदेखि एक घण्टाभित्र सल्टिने समस्या पनि छन् ।’ आफ्ना कुरा राखेर बालेन कार्यक्रमबाट हिँडे ।
प्रचण्डले आफू बोल्ने क्रममा आफ्ना कुरा राख्ने तर जवाफ नसुनी हिँड्ने गरेको भन्दै प्रचण्डले बालेनसँग असन्तुष्टि जनाए । ‘बालेन जी हिँडिहाल्नुभयो । मलाई फेरि पहिला बोलेर हिँड्नीसँग पनि अलिअलि इरिटेसन हुन्छ’ उनले भने, ‘आफूले भन्ने कुरा जेजे भन्नु छ भनिहाल्नी अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्नी गर्न हुन्न । बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’
बागमती किनारका सुकुम्बासी बस्ती वा तीनकुने र फोहोरमैला व्यवस्थापनका निम्ति मिलेर काम गर्न आफूले पहल गरेको प्रधानमन्त्री दाहालको भनाइ छ।
‘के अहिलेको प्रधानमन्त्री जत्तिको सकारात्मक र रचनात्मक ढंगले यी समस्या समाधान गर्न समन्वय अर्को कहीँ कसैले देख्नुभएको छ ?,’ मेयर बालेनलाई प्रश्न गर्दै प्रधानमन्त्री दाहालले भने, ‘तपाईं त्यसलाई सम्बोधन गर्न किन डराउनुहुन्छ ? तपाईं काठमाडौंको मेयर भएकोले ललितपुर र भक्तपुरलाई समन्वय गर्ने बढी जिम्मेवारी तपाईंको छ।’
प्रधानमन्त्री दाहालले आफूले मेयर शाहलाई सहयोग गर्ने बताइरहेको पनि बताए। ‘प्रधानमन्त्रीले समस्या समाधान गर्न बल गरिराखेको छ भन्न तपाईंलाई केले रोक्यो ?,’ उनले प्रश्न गरे।
मेयर शाह र मन्त्री प्रकाश ज्वाला कार्यक्रमको अन्तिमसम्म नबसेको भन्दै ललितपुरका मेयर चिरीबाबु महर्जन पनि असन्तुष्ट देखिएका थिए। ‘माननीय मन्त्रीज्यू, उहाँ पनि गइसक्नुभयो। अब बालेन जी पनि गइसक्नुभयो, मलाई रिस उठ्यो के गर्नेरु ’ उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...



प्रतिकृया लेख्नुहोस्: