Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

भूकम्पमा परी चीनमा १ सय बढीको मृत्यु

सांकेतिक तस्विर
खबरडबली संवाददाता

काठमाडाैं । चीनको गान्सु प्रान्तमा सोमबार राति शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.२ मापन गरिएको छ ।

चाइना अर्थक्वेक नेटवर्क सेन्टर (CENC)का अनुसार पश्चिमी चीनको गान्सु प्रान्तमा सोमबार राति १२ बजेर ३० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

समाचार एजेन्सी एएफपीका अनुसार चीनको गान्सु प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १०० नाघेको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् । भूकम्पको तीव्रता यति शक्तिशाली थियो कि धेरै भवनहरु ध्वस्त भएको बताइएको छ । भवनहरु ध्वस्त भएका कारण धेरै मानिसहरु भग्नावशेषमा पुरिएका छन् ।

योसँगै छिङहाई प्रान्तको मिन्हे काउन्टी र झुनुआ सालार स्वायत्त काउन्टीमा दुई जनाको मृत्यु भएको छ । एस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको लान्झाउबाट १०२ किलोमिटर दक्षिणपश्चिममा ६ माइल गहिराइमा थियो।

चाइना सेन्ट्रल टेलिभिजनका अनुसार छिङहाई प्रान्तको हाइडोङ सहरमा पनि ११ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । राज्य समाचार एजेन्सी सिन्ह्वाले भूकम्पले भत्किएका घरहरूलगायत व्यापक क्षति पुर्याएको र मानिसहरु सुरक्षाका लागि सडकमा भागिरहेको बताएको छ ।

भूकम्पपछि मंगलबार बिहानैदेखि उद्धार कार्य जारी रहेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्पबाट प्रभावित जनताको जीवन बचाउन र राहत उपलब्ध गराउन हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ।  आइतबार बसेको बैठकमा पार्टीक...

नेप्सेमा ११ अंकको वृद्धि हुँदा ५ अर्बको कारोबार

काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...

डोटीमा चार युवाको सामूहिक बेसारखेती

डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...

बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला

रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...

नेपालीहरुका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तब्य बन्नसक्छः महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि  क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...

काठमाडौंमा देखिएको मुगुको दृश्य

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...

काभ्रे प्रहरीले गर्यो २६ बाक्सा पटाका पटाका बरामद

बनेपा ।  बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...

चीनकी ‘ब्युटिफुल गभर्नर' लाई १३ बर्षको जेल सजाय

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy