Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

भूकम्पमा परी चीनमा १ सय बढीको मृत्यु

सांकेतिक तस्विर
खबरडबली संवाददाता

काठमाडाैं । चीनको गान्सु प्रान्तमा सोमबार राति शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.२ मापन गरिएको छ ।

चाइना अर्थक्वेक नेटवर्क सेन्टर (CENC)का अनुसार पश्चिमी चीनको गान्सु प्रान्तमा सोमबार राति १२ बजेर ३० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

समाचार एजेन्सी एएफपीका अनुसार चीनको गान्सु प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १०० नाघेको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् । भूकम्पको तीव्रता यति शक्तिशाली थियो कि धेरै भवनहरु ध्वस्त भएको बताइएको छ । भवनहरु ध्वस्त भएका कारण धेरै मानिसहरु भग्नावशेषमा पुरिएका छन् ।

योसँगै छिङहाई प्रान्तको मिन्हे काउन्टी र झुनुआ सालार स्वायत्त काउन्टीमा दुई जनाको मृत्यु भएको छ । एस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको लान्झाउबाट १०२ किलोमिटर दक्षिणपश्चिममा ६ माइल गहिराइमा थियो।

चाइना सेन्ट्रल टेलिभिजनका अनुसार छिङहाई प्रान्तको हाइडोङ सहरमा पनि ११ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । राज्य समाचार एजेन्सी सिन्ह्वाले भूकम्पले भत्किएका घरहरूलगायत व्यापक क्षति पुर्याएको र मानिसहरु सुरक्षाका लागि सडकमा भागिरहेको बताएको छ ।

भूकम्पपछि मंगलबार बिहानैदेखि उद्धार कार्य जारी रहेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्पबाट प्रभावित जनताको जीवन बचाउन र राहत उपलब्ध गराउन हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी

बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...

हुम्लाको सदरमुकाम सिमकोट सुनसान

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।  आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE