काठमाडाैं । इजरायली सेनाले हालै गाजा पट्टीमा अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो सुरुङ फेला पारेको बताएको छ । यसको साइज यति ठुलो थियो कि सुरुङ भित्र साना सवारीसाधन सहजै जान सक्ने थियो ।
इजरायली सेनाको एक विज्ञप्तिमा भनिएको छ कि सुरुङ चार किलोमिटर भन्दा बढी क्षेत्रफलमा फैलिएको छ र इरेज सीमा पार गर्ने भन्दा बाहिर ४०० मिटर (१३०० फिट) गहिरो रहेकेा छ ।
इजरायली सेनाले लाखौं डलरको लागत र निर्माण गर्न धेरै वर्ष लागेर यो सुरूङ बनाएको बताएको छ । उसका अनुसार परियोजनाको नेतृत्व हमास प्रमुख याह्या सिनवारका भाइ मोहम्मद याह्याले गरेका थिए, जो अक्टोबर ७ को हमलाको मुख्य योजनाकार मानिन्छन् ।
यस टनेलमा धेरै प्रकारका सुविधाहरु देखिएका छन्, जल निकासी प्रणाली, बिजुली, भेन्टिलेसन, ढल निकास र सञ्चार सञ्जालका साथै रेलको सुविधा पनि थियो। सुरुङको भुइँ कम्प्याक्टेड माटोले बनेको छ भने पर्खालहरू भने कंक्रिटले बनेका छन्।
इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल रिचर्ड हेचले भने कि हमासले यस परियोजनामा ठूलो स्रोत लगानी गरेको थियो र यसको एकमात्र उद्देश्य इजरायल राज्य र त्यहाँका बासिन्दाहरूलाई आक्रमण गर्नु थियो। उनले इरेज क्रसिङ नजिकै जानाजानी सुरुङ निर्माण गरिएकोसमेत बताए ।
स्मरण रहोस, गत अक्टोबर ७ मा हमासले गाजा पट्टीबाट इजरायलमा केही मिनेटमै ५ हजारभन्दा बढी रकेट प्रहार गरेको थियो । हमासले इजरायल विरुद्धको अभियानलाई ‘अल अक्सा फ्लड’ नाम दिएको छ। यसको जवाफमा इजरायली सेनाले हमासविरुद्ध ‘स्वार्ड्स अफ आइरन’ अपरेशन सुरु गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ६ गते, २०८१ - १६:२१
काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ। आइतबार बसेको बैठकमा पार्टीक...
आश्विन ६ गते, २०८१ - १६:१६
काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...
आश्विन ६ गते, २०८१ - ०९:४६
डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...
आश्विन ६ गते, २०८१ - ०९:४४
काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...
आश्विन ६ गते, २०८१ - ०९:३८
रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...
आश्विन ६ गते, २०८१ - ०९:३४
काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...
आश्विन ६ गते, २०८१ - ०९:२८
काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...
आश्विन ६ गते, २०८१ - ०९:२१
बनेपा । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...
आश्विन ६ गते, २०८१ - ०९:१५
काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...
आश्विन ६ गते, २०८१ - ०९:०४
बाँके । भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...
प्रतिकृया लेख्नुहोस्: