काठमाडौँ । प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । एपीएफले सुदूरपश्चिमलाई नौ विकेटले हराएको हो ।
काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज सुदूरपश्चिम टोलीका कप्तान ऋतु कनौजियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ८७ रन बनायो । अठासी रनको विजय लक्ष्य एपीएफले १७औँ ओभरको पहिलो बलमा मात्र एक विकेट गुमाएर भेट्टायो ।
एपीएफका लागि ज्योति पाण्डेले अविजित ४९ तथा इन्दू बर्माले अविजित ३१ रन बनाइन् । पाण्डेले ४८ बल खेल्ने क्रममा नौ चौका हिर्काइन् । यस्तै बर्माले ४४ बलको सामना गर्दै चार चौका प्रहार गरिन् । बलिङतर्फ सुदूरपश्चिमकी इश्वरी विष्टले एक विकेट लिइन् ।
यसअघि ब्याटिङ गर्ने क्रममा सुदूरपश्चिमका लागि कविता जोशीले २२ र सम्झना खड्काले १२ रन बनाइन् । यो बाहेक अन्य कुनै पनि खेलाडीले दोहरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ एपीएफका लागि सोनु खड्काले दुई तथा सुमन विष्ट, करुणा भण्डारी र इन्दू बर्माले एक एक विकेट लिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८१ - १६:५७
काठमाडौं। भारत भ्रमणमा रहेका पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का स्थायी कमिटी सदस्य विजय यादव भारत प्रदेश राज्य गुजरातको ग्राम...
पौष १८ गते, २०८१ - १६:५४
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गरेको छिन । पूर्वराजदू...
पौष १८ गते, २०८१ - १६:२२
काठमाडौं। अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित भएको छ । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन आज ...
पौष १८ गते, २०८१ - १६:०८
काठमाडौं। प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको ...
पौष १८ गते, २०८१ - १५:५८
काठमाडौं। गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको बताएको छन। प्रतिनिधिसभा, राज्य...
पौष १८ गते, २०८१ - १५:३४
काठमाडौं। नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ । आगामी पुस २१ गते देखी सुरू हुने केन्द्रिय समितिको बैठकका लागि अजेन्...
पौष १८ गते, २०८१ - १५:३०
काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द नहुने गरी काम भइरहेको बताएको छन। बिहीबार मन्त्रालयमा ...
पौष १८ गते, २०८१ - १५:२३
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्ने बताएको छन । प्...
पौष १८ गते, २०८१ - १५:०५
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रुग्ण उद्योग सञ्चालनका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने बताएको छन । बिहीबार सिंहदरबारमा...
पौष १८ गते, २०८१ - १४:४७
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन । प्रधा...
प्रतिकृया लेख्नुहोस्: