काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको आर्थिक रुपान्तरणका लागि डिजिटल रुपान्तरण र डिजिटल इकोसिष्टम निर्माण आवश्यक रहेको बताएकी छन् । त्यसका लागि सरकार आवश्यक नीतिगत, कानुनी र संरचनागत व्यवस्थ गर्नतिर लागेको बताइन्।
लिभिङ विथ आइसिटीले आयोजना गरे आइसिटी अवार्डको आठौं सस्करणलाई सबोधन गर्दै उहाँले सरकारले सूचना तथा सञ्चार प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रुपमा लिएको स्पष्ट गरिन् । जनताका दैनिक आधारभूत आवश्यकतालाई सहज र सरल बनाउनेदेखि संसारसँग प्रतिष्पर्धा गरेर डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधि महत्वपूर्ण आधार हो भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्,-'हामीले अन्य उद्योगधन्दा खोल्यौं भने आजको आजै विश्वसँग प्रतिष्पर्धा गर्न सक्दैनौं तर सूचना तथा सञ्चार प्रविधिमा आधारित सेवा निर्यात गरेर हामीले विश्वसँग प्रतिष्पर्धा गर्न सक्छौं भन्ने विगत केही वर्षयताका अनुभवबाट पुष्टि भइसकेको छ । यसलाई अझै बढाउँदै सूचना प्रविधिलाई डिजिटल अर्थतन्त्र निर्माणको महत्वपूर्ण आधारको रुपमा स्थापित गर्न अब सामान्य सुधारले होइन यस क्षेत्रमा डिपार्चर नै गर्नुपर्छ भन्ने सरकारको मान्यता रहेको छ ।'
यही वर्ष पहिलोपटक साइबर सुरक्षा नीति २०८० पारित गरेर त्यसलाई कार्यान्वयन गर्न साइबर कानुन निर्माण र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको पहल अघि बढाएको उहाँले जानकारी दिईन । सूचना प्रविधि, दूरसञ्चार, सामाजिक सञ्जालको व्यवस्थापनलगायतका अन्य कानुन पनि जतिसक्दो चाँडो निर्माण गरेर आफूहरु सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा डिपार्चर गर्ने पक्षमा रहेको मन्त्री शर्माले जानकारी दिर्ईन।
डिजिटल नेपाल फ्रेमवर्क २०७६ सालमा स्वीकृत भएर पनि यसले आशातित गति लिन नसकेकाले यसमा पुनरावलोकन गरेर भए पनि अघि बढ्नपर्छ भनेर सोही अनउसार पहल थालेको पनि बतार्र्ईन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल पूर्वाधारको क्षेत्रमा गम्भीरताका साथ काम अघि बढाएको जानकारी दिदै मन्त्री शर्माले यसरी नै यसका अन्य पहलहरु कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधारलाई पनि सम्बन्धित निकायले अघि बढाउन सके डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनले गति लिने छ विश्वास व्यक्त गरिन् ।
सरकारको तर्फबाट यो वर्ष अहिलेसम्म सूचना प्रविधि क्षेत्रका स्टार्टअपहरुलाई प्रोत्साहन गर्न आइसिटी एक्जिविसन र डिजिटल च्याम्पियनजस्ता कार्यक्रम राख्ने तयारी गरेको जानकारी दिदै उहाँले यसबाट देशैभरिका स्टार्टअपहरुको प्रतिष्पर्धा गराउने र उत्कृष्ट हुनेहरुलाई कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधारजस्ता डिजिटल फ्रेमवर्कका विभिन्न पहलहरुमा नवप्रवर्तनका काम गर्न लगाउने गरी तयारी थालेका बताईन ।
युवालाई देशिभत्रै बस्न र रोजगारी दिन सहज हुने गरी सातै प्रदेशमा डिजिटल स्किलका कार्यक्रम पनि राख्ने तयारी गरिएको मन्त्री शर्माले जानकारी दिईन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: