Ntc summer Offer
Khabar Dabali ५ पुष २०८१ शुक्रबार | 20th December, 2024 Fri
Investment bank

कालीकोटमा नौ स्थानीय तहमध्ये आठमा बिजुली

खबरडबली संवाददाता

कालीकोट । कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ । पलाँता गाउँपालिका बाहेक अन्य स्थनीय तहमा बिजुली पुगेको हो । 

नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले जिल्लाका आठ स्थानीय तहमा विद्युत्को पहुँच विस्तार भएको जानकारी दिए । रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा  विद्युत्को पहुँच पुगेको छ । आठवठै पालिकाको केन्द्रसम्म बिजुली पुगेको भए पनि सबै वडामा भने पु¥याउन बाँकै नै छ । आठवटै स्थानीय तहका वडा वडामा विद्युत्को प्रसारण लाइन जोड्ने काम भइरहेको प्रमुख साहले जानकारी दिए । 

गाउँगाउँमा अहिले बिजुलीका खम्बा गाड्ने काम भइरहेको  र अब चाँडै पलाँतामा पनि बिजुली पुर्याउने  लक्षकाा साथ काम भइ रहेको उनले बताए  । पलाँता गाउँपालिकाको केन्द्रसम्म चालु आर्थिक वर्षभित्रै विद्युत्को पहुँच विस्तार गर्ने गरी काम भइरहेको प्रमुख साहले बताए । अहिले त्यहाँ बिजुली पुर्याउनका लागि खम्बा गाड्ने काम भइरहेको उनले बताए ।

जिल्लामा कूल २६ हजार सात सय ७९ घरधुरीमध्ये हालसम्म चार हजार पाँच सय घरमा विद्युत्को मिटर जडान गरिएको प्रमुख साहले बताए । विद्युत् पुगेको क्षेत्रमा घरधुरीको अनुपातमा कमैलै मात्र मिटर जडान गरेका उनको भनाइ  छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनुचित लेनदेनको आरोपमा सरकारी कर्मचारीनै पक्राउ

रौतहट । रौतहट स्थित  अनुचित लेनदेन मिटरव्याजी  कारोवार गर्ने गरेको आरोपमा एकजना सरकारी सेवामा कार्यरत कर्मचारी लाई प्रहरीले विहिवार पक्राउ गरेका छन् ।...

जनताको आशा अनुसार सरकारले काम गर्न सकेनः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको आशा अनुसार वर्तमान सरकार चल्न नसकेको बताएका छन् ।  शुक्रबार काठमाडौँमा कैलाश कोइरालाद्वार...

भैरहवाको युनिभर्सल कलेजमा प्रेसर कुकर बम, नेपाली सेनाले गर्‍यो निष्क्रिय

रुपन्देही  । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ। मेडिकल कलेजको मालीले रुख...

भेरी नदीमा खसेकी सम्झनाको सशस्त्रले गरयाे उद्धार

सुर्खेत  । पुलबाट भेरी नदीमा खसेकी गुर्भाकोट नगरपालिका–१३ की १६ वर्षीया सम्झना बुढालाई सशस्त्र प्रहरीले जिवित्तै उद्धार गरिएको छ ।  परम्परागत रुपमा...

शैक्षिक गुणस्तर सुधारका लागि तातोपानीमा पढाइ मेला

काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ विकासका लागि पालिका स्तरीयमा शैक्षिक सामग्री ...

जनकपुरको दुर्गा मन्दिर परिसरमा पुरुषको शव

जनकपुरधाम । जनकपुरमा दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका ४ मुरलीचोकस्थित दुर्गामन्दिर परिसरमा अन्दा...

निरन्तर ओरालो लाग्दै सुन चाँदीको मूल्य, कतिमा हुँदै छ कारेबार ?

काठमाडौं । नेपालको सुनचाँदी बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। सुनको मूल्य केही दिनदेखी निरन्तर ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

आज प्रदर्शन मिति तोकेको ‘झिल्को’ बैशाखमा १९ मा पुग्यो

काठमाडौं । यादवकुमार भट्टराई निर्देशित फिल्म ‘झिल्को’ १९ वैशाखमा प्रदर्शन हुने भएको छ । यसअघि आज (पुस ५) प्रदर्शन मिति तोकेको फिल्मको प्राविधिक कारणले...

मुग्लिन–पोखरा सडकड्पड श्चिम खण्ड विस्तार गर्न दोस्रो पटक म्याद थप

दमौली। मुग्लिन–पोखरा सडक  योजना (पश्चिम खण्ड)को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्ग विस्तार जारी भइरहेकामा जामुनेदेखि पोखरासम्मको उक्त खण्ड...

हिउँदमा पनि रोकिएन कर्णालीको कटान, सयौं बिघा जमिन बगरमा परिणत हुने जोखिम

कैलाली । बर्सातको समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कर्णाली नदीले टीकापुर नगरपालिका वडा नं ९ फाँटामा कटान...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy