Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

टि–ट्वान्टी प्रतियोगितामा पुलिसको पहिलो जित

खबरडबली संवाददाता
पर्सा । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ । 
 
वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज बिहान भएको पहिलो खेलमा भारतको युपी ११ लाई ६ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको हो । यो जितसँगै पुलिसले दुई अङ्क बटुलेको हो । 
 
टस जितेर पुलिसले पहिले फिल्डिङ राजेपछि ब्याटिङमा उत्रेको युपी ११ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८८ रनको योगफल जोडेको थियो । युपी ११ का लागि लिखिल प्रताफे २४, जयदीप सिंहले १७, सुभम चौधरीले १५, भीम शर्माले ११ तथा मन्थन प्रसादले १० रनको योगदान दिए। युपी ११ का तीन जना खेलाडी रन आउट भएका थिए । 
 
भारतको युपी ११ लाई मध्यम स्कोरमा रोक्न पुलिसका सागर ढकाल र रसिद खानले समान २/२ विकेट हात पारे । सो लक्ष्य पुलिसले १४ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेटाएको छ । 
 
पुलिसका लागि शङ्कर राणाले अविजित ३१ रनको योगदान दिनुभयो भने कप्तान आसिफ शेखले २३ तथा दिलीप नाथले २१ रनको महत्वपूर्ण पारी खेले। पुलिसका सुनिल धमला–७ तथा अर्जुन साउद शून्य रनमा रनआउट भए । 
 
भारतको युपी ११ का सहनसा अहमले २ विकेट लिनुभयो भने भीम शर्मा र असि अन्सारीले समान १/१ विकेट हात पारे । प्रतियोगिताको म्यान अफ द म्याच पुलिसका शङ्कर राणा घोषित भए ।  
 
प्रतियोगिताअन्तर्गत आज हुने दोस्रो खेलमा पर्सा ११ र भारतको भारतको वान्डर्स क्लबबीच हुने आयोजकले जनाएको छ । जीर्ण बन्दै गएको वीरगञ्जस्थित नारायणी रङ्गशाला पुन:निर्माणतर्फ तीनै तहको सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी–११ गरी ६ टिमको सहभागिता रहेको प्रतियोगिता म्यानेजर दाउद अन्सारीले जानकारी दिए । प्रतियोगिता यही पुस १४ गतेसम्म सञ्चालन हुनेछ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ, हामी पहिलो काम शक्तिशाली आयोग गठन गर्छौ: गगन थापा

काठमाडौं। गगनकुमार थापाले नेपाली कांग्रेसले सरकार गठन गरे भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार पोखरामा आयोजित चु...

आचार संहिता उल्लंघनका सबै उजुरीको २० गतेभित्रै निर्णय हुने

काठमाडौं । निर्वाचन आयोग ले देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजारभन्दा बढी आचारसंहिता उल्लंघनका घटनामा कारबाही गरिएको जनाएको छ। शुक्र...

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता : दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेट गरेको छन्। प...

पेट्रोलियम पदार्थको बिक्रीमा रोक

कालीकोट। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको ...

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवी लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३ र २४ गतेको घटनामा संलग्नहरू एउटै भएको दाबी गरेका छन्। चितवनमा भएको चुनावी सभाल...

फागुन १८ गते खुलामञ्चमा प्रधानमन्त्रीको उम्मेदवारबीच बहस गर्न कांग्रेसको प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेस ले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारका प्रधानमन्त्री उम्मेदवारबीच फागुन १८ गते खुलामञ्चमा सार्वजनिक बहस गर्ने प्रस्ताव ग...

म रवि लामिछाने भएकै कारण बोल्न परेको हो: रवि लामिछाने

मेरो अन्तिम इच्छा के हो २१ गते मतपत्रमा देखाइदिनुहोला

नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्नुपर्छ: बालेन शाह

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता  बालेन्द्र शाह (बालेन) ले मुलुकले नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै व्यवस्...

चितवनले पर्यटनको माध्यमबाट देशलाई सिकाउनुपर्छ: बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता  बालेन्द्र शाह (बालेन) ले चितवनले नेपालमा पर्यटन प्रवर्धनमा उदाहरण प्रस्तुत गर्नुपर्ने ...

अब सदनमा २१ होइन, १५१ जनाको सहभागिता हुनेछ : हरि ढकाल

काठमाडौं। चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकालले अबको प्रतिनिधिसभामा आफ्नो पार्टीबाट १५१ जनाको सहभागिता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE