मुम्बई । शाहरुख खान अभिनित फिल्म डंकी हलमा रिलिज भएको तीन दिन बितेको छ । यस वर्ष शाहरुखका पठान र जवान जस्ता फिल्म रिलिज भएपछि डन्कीबाट पनि धेरै अपेक्षाहरू रहेका थिए । रिलिज हुने बित्तिकै डंकीले बक्स अफिसमा ठूलो कलेक्सन गरेको छ ।
पहिलो दिन फिल्मको बक्स अफिस कलेक्सन ३५.२३ करोड कमाई गरेको डंकीले तीन दिनमा १ सय ३.४ करोड कमाएको रेड चिल्ली इन्टरटेन्टमेन्टले जानकारी दिएको छ ।
शाहरुखको डंकी रिलिज भएको दोस्रो दिन बाहुबली स्टार प्रभासको फिल्म सालारको रिलिजले डङ्कीको कलेक्शनलाई असर भने गरेको छ । सालार रिलिज भएसँगै डङ्कीको दोस्रो दिनको कलेक्सन झण्डै ३० करोडमा झरेको थियो तर रिलिजको तेस्रो दिन फिल्मले फेरि एकपटक गति लिएको छ । साताको अन्त्यका कारण दोस्रो दिनको तुलनामा तेस्रो दिन फिल्मको कलेक्शन बढेको मानिएको छ ।
तेस्रो दिनको कलेक्शनको कुरा गर्दा फिल्मले सप्ताहन्तमा राम्रो नाफा कमाएको छ । सालार रिलिजका कारण दोस्रो दिन फिल्मको कमाई घटेपछि तेस्रो दिन डंकीले उत्कृष्ट कलेक्सन गरेको छ । तेस्रो दिन शाहरुखको डङ्कीले करिब २८ करोड कमाएको छ । योसँगै फिल्मको हालसम्म कुल कमाई करिब १०३ करोड रुपैयाँ पुगेको हो । चौथो दिन पनि चलचित्रले सप्ताहन्तको फाइदा लिन सक्ने अनुमान गरिएको छ ।
तर, कमाईको मामिलामा यो वर्ष रिलिज भएको शाहरुखको फिल्म पठान र जवानको तुलनामा डंकी दुवै फिल्मभन्दा निकै पछाडि रहेका छन् । पठानले तेस्रो दिन बक्स अफिसमा ३८ करोड भारु कलेक्सन गरेको थियो, त्यसपछि पहिलो तीन दिनमा फिल्मको कुल कमाई १६१ करोड पुगेको थियो । जवानको कुरा गर्दा तेस्रो दिन करिब ६८ करोड कलेक्सन भएको थियो भने पहिलो तीन दिनको कुल कमाई १८० करोडको हाराहारीमा थियो ।
राजकुमार हिरानी निर्देशित डंकीको बजेट १२० करोड रहेको छ । यसअघि राजकुमार हिरानीले मुन्नाभाई एमबीबीएस, पीके र थ्री इडियट्स जस्ता सुपरहिट फिल्मका निर्देशकका रूपमा उद्योगमा विशेष स्थान राखेका छन् । डंकीको स्टार कास्टको कुरा गर्दा किंग खान बाहेक तापसी पन्नु, बोमन इरानी, सतीश शाह र विक्रम कोचर पनि मुख्य भूमिकामा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १३:२५
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज अर्थपूर्ण भेटवार्ता हुने भएको ...
पौष १० गते, २०८२ - १३:०७
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन्। ल...
पौष १० गते, २०८२ - १२:५९
काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफलमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर ब...
पौष १० गते, २०८२ - १२:५४
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका संरक्षक तथा पूर्व मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे छुट्टै छलफल...
पौष १० गते, २०८२ - १२:३१
काभ्रेपलाञ्चोक। सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। गडाम्रेबाट चकमकेतर्फ जाँद...
पौष १० गते, २०८२ - १२:२१
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दलमार्फत अघि बढ्ने तयारीस्वरूप ३० जनाभन्दा बढी नेता, अभियन्ता, कलाकार तथा सञ्चारकर्म...
पौष १० गते, २०८२ - १२:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज भेटवार्ता हुने भएको छ। सोमबार...
पौष १० गते, २०८२ - ११:४३
काठमाडौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र कोकिन लुकाएर तस्करी गर्ने एक थाइ नागरिकलाई पक्राउ गरेको छ। लाओसबाट बैंकक हुँदै काठमाड...
पौष १० गते, २०८२ - ११:२९
मुस्ताङ। लोमान्थाङ गाउँपालिका–२, छोसेरमा रहेका होटल बन्द गरी व्यवसायी जाडो छल्न बेंसी झरेपछि मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्कासहित कर्मचारील...
पौष १० गते, २०८२ - १०:५८
बाजुरा । बाजुराको सदरमुकाम मार्तडी–कोल्टीमा रहेको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । सो सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, ...




प्रतिकृया लेख्नुहोस्: