गाजा । हमासका शीर्ष अधिकारी सालेह अरोरीको मृत्यु भएको छ ।
इजरायल र हमास बीचको लडाईको बीचमा उनको मृत्यु भएको हो ।हिजबुल्लाहको टेलिभिजन स्टेशनले बेरुतको दक्षिणमा भएको विस्फोटमा सालेहको मृत्यु भएको पुष्टी गरेको छ । उसका अनुसार दक्षिणी बेरुतमा ड्रोन आक्रमणको निशानामा सालेह अरोरी मारिएका हुन ।
अल जजीराका अनुसार सालेह अरोरी हमासको राजनीतिक ब्यूरोका उपप्रमुख थिए र प्यालेस्टिनी समूहको सशस्त्र शाखा कसम ब्रिगेडका संस्थापकसमेत हुन । उनको जन्म १९६६ मा कब्जा गरिएको वेस्ट बैंकको रामल्लाहमा भएको थियो। इजरायली जेलमा १५ वर्ष बिताए पछि सालेह अरोरी लामो समयदेखि लेबनानमा निर्वासित जीवन बिताइरहेका थिए।
गत वर्ष अक्टोबरमा इजरायली सेनाले रामल्लाह नजिकैको उनको घर भत्काएको थियो। अमेरिकी सरकारले सन् २०१५ मा उनलाई विश्वव्यापी आतंकवादी घोषणा गरेको थियो र उनको बारेमा जानकारी दिनेलाई ५० लाख अमेरिकन डलर पुरस्कारको घोषणा गरेको थियो ।
बेरुतको दक्षिणी क्षेत्रमा हिजबुल्लाह र प्यालेस्टिनी समूह सक्रिय छन्। हमासको पनि त्यहाँ कार्यालय छ। अलजजीराका अनुसार हिजबुल्लाहले लेबनानमा भएको सो हत्या पछि इजरायललाई चेतावनी दिएको छ ।
गत वर्ष इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा प्यालेस्टाइनी नेताहरूलाई धम्की दिँदा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले लेबनानी भूमिमा कुनै पनि लेबनानी, प्यालेस्टाइन, इरानी वा सिरियाली व्यक्तिको हत्या गरे कडा प्रतिक्रिया दिइने बताएका थिए।
लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले बेरुत विस्फोटको पछाडि इजरायलको हात रहेको आरोप लगाएका छन् । लेबनानी प्रधानमन्त्रीले भने, ‘सालेह अरोरीको हत्याको उद्देश्य लेबनानलाई देशको दक्षिणी भागहरूमा जारी आक्रमणहरूमा तान्नु हो।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: