Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

कसले सुन्छ सहकारीका बचतकर्ताको पीडा ?

खबरडबली संवाददाता

जलेश्वर । जलेश्वर नगरपालिका–१ बस्ने उषा देवीले अहिले सञ्चित गरेको रकम पछि काम लाग्ने आशा बोकेर खाइनखाइ सहकारीमा बचत गरिन् । पछि घरखर्चका लागि आवश्यक पर्दा लिन खोज्दा नपाएपछि उनी दोहोरो पीडामा रहेकी छन् । 

एकातिर आफैँले छ वर्षदेखि जम्मा गरेको रकम डुब्ने हो कि भन्ने चिन्ता छ भने अर्कोतिर अरुसँग ऋण गरेर घरखर्च चलाउनुपर्ने बाध्यताले आफू दोहोरो मारमा परेको उनले बताईन् ।  उनले लाखौँ रकम जम्मा गरेकी महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय पाँच वर्षदेखि बन्द रहेको छ । सहकारीका एजेन्ट तथा सञ्चालक एकाएक सम्पर्कविहीन भएपछि उषादेवीजस्ता दर्जनौँ बचतकर्ता अहिले घरका न घाटका भएका छन् । 

जलेश्वर नगरपालिका–१ कै गिरिजा देवी, ममता देवी र भोलाकुमार राउतले पनि सानो सानो व्यापार, व्यवसाय गरेर सात वर्षदेखि पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा लाखांँ रकम जम्मा गरेका थिए । उनीहरुले बचतबाट पाउने लाभ त परै जाओस् अहिलेसम्म आफ्नो साँवासमेत पाउन नसकेको पीडा सुनाएका छन् ।   

घरदैलो र पसलसम्मै पुगेका एजेन्टहरुले आफूहरुबाट पटकपटक गरी लगेको लाखौं रुपैयाँ लिएर एजेन्ट र सहकारी संस्था नै हराएपछि उनीहरु बिचल्लीमा परेका हुन् । बचतकार्ताहरुले पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाले आफूहरुको रकम ठगेर रातारात फरार भएको भन्दै २०७५ साउन २८ मा महोत्तरी जिल्ला अदालतमा ठगी मुद्दा दिएका थिए । तर अदालतले अहिलसम्म निर्णय नगर्दा आफूहरुले न्याय नपाएको गुनासो गर्छन् । 

यस सहकारी संस्थाका सञ्चालकहरुले एक हजार पाँच सय बचतकर्ताको रकम हिनामिना गरी फरार रहेको बताइएको छ । सदरमुकाम जलेश्वरको केन्द्र (दुर्गा चौक) मै अवस्थित यस सहकारी संस्थाको कार्यालय एक समय निक्कै चर्चित एवं लोकप्रिय बचत संस्थाको रुपमा परिचित थियो । त्यस संस्थाबाट धेरैले लाखौं रकमको कारोवार हुने गर्दथ्यो । 

सहकारीका २६ जना बचतकर्ताले आफूहरुले जम्मा चार करोड ८३ लाख रुपैयाँ फिर्ता नगरेको र हिनामिना गरेको भन्दै दिएको छुट्टाछुट्टै उजुरीका आधारमा ३७ एजेन्ट र सञ्चालकविरुद्ध २०७५ साउन २८ मा महोत्तरी जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गराएका थिए । ३६ जना एजेन्ट तथा सञ्चालकमध्ये ३१ जनालाई अदालतले विभिन्न मितिमा धरौटीमा रिहा गरेको छ । यस मुद्दामा ठगिएकामध्ये २६ जना मात्रै मुद्दा प्रक्रियामा अगाडि आएका छन् भने मुद्दा हाल्न नआउनेको संख्या निकै धेरै रहेको देखिन्छ । 

यता मुद्दा दर्ता गराएको पाँच वर्ष बित्दा पनि अदालतले अनुसन्धानमा चासो नदिएको र लाखौं रकम ठगी गरेका एजेन्ट र सञ्चालकहरुलाई अदालतले कारबाही गर्नुका साटो तारेखमा मात्रै छाडेको पीडितहरुको आरोप रहेको छ । जिल्ला प्रहरी कार्यालयमा पाँच वर्षअघि २६ जनाले दिएको निवेदन अनुसार दुई करोड २९ लाख १३ हजार दुई सय ६६ रुपैयाँ ठगिएको देखिन्छ भने दुई करोड ५३ लाख ८६ हजार ७ सय ३४ रुपैयाँको जाहेरी अझै पनि आउन बाँकी रहेको बताइएको छ । 

ससाना बचतकर्ताहरूलाई धेरै ब्याज हुने, चाहिएको बेला सहजै ऋण लिन सकिने भनेर प्रलोभनमा पारेर एजेन्टहरुले बचत गराएको र आफ्नो स्वार्थमा सहकारीको रकम चलाउनेदेखि लिएर पछि त करोडौ रकम लिएर फरार भएको देखिन्छ । सहकारीका पदाधिकारीहरूले पूर्व योजना नै बनाएर बचतकर्ताहरुको करोडौं रकम ठगेको देखिन्छ । प्रलोभनमा पारेर स–साना वचतकर्ताको रकम सङ्कलन गरेर मनलाग्दी खर्च गर्ने, त्यही साना बचतको दुरुपयोग गरेर आफूहरु आलिसान जीवन बिताउने र बचतकर्तालाई बिचल्लीमा पार्ने गरेको देशभर नै थुप्रै गुनासाहरु आएका छन् ।

जिल्ला अदातलकी श्रेस्तेदार नुतन झाले यस मुद्दामा पक्ष र विपक्षहरुमध्ये विपक्ष व्यक्तिहरु बढी भएकाले न्याय सम्पादनमा ढिलाई भएको बताइन् । उनले यस मुद्दाका ३७ जना प्रतिवादीमध्ये केही प्रतिवादीहरु अझै फरार रहेको, केहीको हकमा साक्षी बकपत्र हुन समेत बाँकी नै रहको र यस्ता मुद्दामा सबै प्रतिवादीहरु चुक्ता नभइसकेको अवस्थामा फैसला गर्न नमिल्ने उनको भनाइ छ  । श्रेस्तेदार झाले यस मुद्दाको अङ्ग पुग्न बाँकी रहेको र पछिल्लो सुनुवाइमा मुद्दाको टिपोट गरी पेश गर्न आदेश भएकाले अहिले टिपोट भइरहेको र टिपोट पूरा भएपछि पेशीमा चढाइने र आउँदा पेशीले नै मुद्दाको सन्दर्भमा केही हुने वा नहुने कुरा तय गर्ने बताइन् । 

पीडित बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ जलेश्वर र जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारसँग पनि न्यायको लागि गुहार लगाइसकेको तर अहिलेसम्म कतैबाट पनि न्याय पाउन नसकेको उनीहरु बताउँछन् ।  ‘‘अहिलेको बचत भोलिको दुःखको साथी हुने आशमा सहकारीमा लगेर बचत ग¥यौं तर सहकारीको कार्यालय, एजेन्ट र सञ्चालक भेट्न छाडिएपछि अब छाँगाबाट खसेजस्तै भएका छौँ’’ एकै स्वरमा उनिहरुले भने  । जलेश्वरमा सानो व्यापार गर्दै त्यसबाट भएको कमाइबाट घर खर्च काटेर धेरथोर बचत गर्दै आएको रकमहरु एजेन्ट र सञ्चालकले खाएर भागेपछि आफूहरु बिचल्लीमा परेको बचतकर्ताहरुको भनाइ छ ।  

करोडौँ रकम ठगी गरेकाहरुलाई कारबाही गरी आफूहरुलाई न्याय दिनुको साटो अदालतबाट एकपछि अर्को गर्दै एजेन्टहरुलाई तारिखमा छाडिरहेको प्रति बचतकर्ताहरु आक्रोश व्यक्त गरेका छन् । आफूहरुले अब आफ्नो पैसा फिर्ता आउँला भन्ने आशा मारिसकेको उनीहरुको भनाइ छ ।  यस सहकारी संस्थाकै कारण अहिले जिल्लामा सञ्चालित अन्य बचत तथा ऋण सहकारी संस्थाहरुमा पनि बचतकर्ताहरुले बचत गर्न छाड्दै गएको ती बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending