Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

बुटीबिनाको वैद्यखाना

साढे तीय सय वर्षको इतिहास बोकेको सिंहदरबार वैद्यखानामा उत्पादन ठप्प

खबरडबली संवाददाता

काठमाडौं ।  सिंहदरबार वैद्यखानामा चार महिनादेखि औषधि उत्पादन ठप्प भएपछि कारखानामा ताला लगाइएको छ । साढे तीय सय वर्षको इतिहास बोकेको र आयुर्वेदिक औषधिमा निकै विश्वासिलो मानिएको बैद्यखानाको कारखाना बन्द भएपछि काम गर्ने कर्मचारीले तीन महिनादेखि तलबसमेत पाएका छैनन्।

जडीबुटी नभएकाले औषधि उत्पादन बन्द गर्नुपरेको सिंहदरबार वैद्यखानाका वरिष्ठ मार्केटिङ अधिकृत ऋषिराज रेग्मीले बताए। उनका अनुसार गत भदौदेखि दसैंसम्म वैद्यखानाले तीनथरी मात्र औषधि उत्पादन गरेको थियो । दसैंपछि ती तीनथरी औषधि उत्पादन पनि गर्न नसकिएको उनले बताए । वैद्यखानाले अब कहिलेदेखि औषधि उत्पादन सुरु गर्छ, यसको टुंगो नभएको उनले बताए । 

२०५४र५५ सालतिर वैद्यखानामा १६० थरी औषधि उत्पादन हुन्थे । त्यसपछि सामान्यतया हरेक वर्ष एक सयथरी औषधि उत्पादन हुने गरेका भए पनि जिगत चारमहिना देखि उत्पादन ठप्प रहेको छ ।

आर्थिक वर्ष २०७९र८० मा २० थरी औषधि उत्पादन भएका र २० थरीबाट ३ थरी औषधि उत्पादन गर्दै आएकोमा  अहिले त उत्पादन नै ठप्प छ । स्वास्थ्य मन्त्रालयले २०८० भदौमा आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायलाई दोहरो जिम्मेवारी दियो। उनलाई सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशकको जिम्मेवारी पनि दिइएको थियो।

वैद्यखानाका कर्मचारीका अनुसार उपाध्यायले वैद्यखानामा केही राम्रो काम गर्ने प्रयास गरेका पनि थिए । उनको पालामा चाहिने जडीबुटी खरिद गर्न टेन्डर माग्ने तयारी भएको थियो । केसी ११औं तहका हुन् । मन्त्रालयले ११औं तहका केसीलाई वैद्यखानाको कायकारी निर्देशकमा पठाउने निर्णयसहित १० औं तहका डा. श्यामबाबु यादवलाई नरदेवी अस्पतालको निमित्त निर्देशक तोक्यो।

यसैमा डा. केसीको आपत्ति रह्यो। आफूमाथि अन्याय भयो भन्दै केसी अदालत पुगे तर वैद्यखानामा हाजिरी गर्न गएनन्। त्यसपछि वैद्यखाना नेतृत्वविहीन भयो। जडीबुटी खरिद प्रक्रिया पनि बन्द भयो । दुई वर्षदेखि वैद्यखानाले जडीबुटी खरिद गरेको छैन।

वैद्यखानामा ४३ जना कर्मचारी छन् । अहिले उनीहरू कामविहीन छन्। कार्यालय जाने र हाजिरी गर्नेबाहेक काम छैन। लामो इतिहास बोकेको वैद्यखानाबाट औषधि उत्पादन बन्द हुनु दुर्भाग्यपूर्ण भएको पूर्वकार्यकारी निर्देशक डा. श्यामबाबु यादव बताउँछन्।

उनी २०७९ असार देखि २०७९ साउनसम्म एक महिना वैद्यखानाको कार्यकारी निर्देशक थिए। सरकारले २०५१ सालमा गठन आदेश जारी गरी २०५२ साउन ६ गतेदेखि सिंहदरबार वैद्यखानालाई विकास समितिमा लगेको थियो।
‘अब विकास समितिबाट वैद्यखाना चल्दैन। सरकारले यसलाई कम्पनीअन्तर्गत चलाउनुपर्‍यो। त्यो पनि नभए आयुर्वेद विभागको एउटा अंग बनाउनुपर्‍यो,’ मार्केटिङ अधिकृत रेग्मीले भने।

वैद्यखाना कहिले नेतृत्वविहीन हुन्छ भने कहिले एकैपटक दुईजनाले आफू प्रमुख भएको दाबी गर्छन् । २०७९ साउनमा डा. सवरी शाह र डा. श्यामबाबु यादव दुवैले वैद्यखानाको कार्यकारी निर्देशक आफू भएको दाबी गरेका थिए। त्यसपछि अन्याय भएको डा. शाह अदालत गए।

सिंहदरबार वैद्यखाना मल्लकालीन राजा प्रताप मल्लको पालामा स्थापना भएको हो। कुनै बेला वैद्यखानाबाट उत्पादित औषधिले आयुर्वेद क्षेत्रमा एकछत्र बजार लिएको थियो तर अहिले त्यो इतिहासझैं भएको छ । स्वास्थ्य मन्त्रालयले नै वैद्यखानामा अस्थिरता सिर्जना गरेको कर्मचारीहरूको भनाइ छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज सातै प्रदेशले ल्याउँदै आर्थिक वर्ष २०८३–८४ को बजेट

काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...

अमेरिका–इरानबीच शान्ति सम्झौता, होर्मुज जलमार्ग पुनः सञ्चालन हुने तयारी

काठमाडौँ  । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...

आरोग्य पर्यटन दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्य बनाउने : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं  । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारले घोषणा गरेको ‘आरोग्य दशक’ पहलले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यट...

निशान्त विक र संगीना थापा मगर बने ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता’का विजेता

काठमाडौं । ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ को उपाधि निशान्त विक र संगीना थापा मगर (प्रतिष्ठान उपत्यका समन्वय समिति (ख))ले जितेका...

सुविधा बढे, गाउँ रित्तिए: अर्घाखाँचीमा ७ हजार हेक्टरभन्दा बढी जमिन बाँझो

काठमाडौं । एक समय नुन–तेल किन्न बुटवलसम्म ढाकर बोकेर पुग्नुपर्ने अर्घाखाँचीका गाउँमा आज सडक, बिजुली, इन्टरनेट, खानेपानी र स्वास्थ्य सेवाको पहुँच पुगेक...

जयतु संस्कृतम् : शिक्षा सुधारको मागबाट सुरु भएको आन्दोलन, प्रजातन्त्रको आधार बन्यो

काठमाडौँ । नेपालको पहिलो संगठित विद्यार्थी आन्दोलनका रूपमा चिनिने ‘जयतु संस्कृतम्’ आन्दोलनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ८०औँ जयतु संस्कृत...

भारतीय बाँधले बढायो गौरको चिन्ता, डुबान जोखिम झन् गहिरियो

रौतहट । भारतले नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेको बाँध मर्मतको नाममा थप अग्लो र बलियो बनाउन थालेपछि रौतहटको सदरमुकाम गौरसहित आसपासका बस्ती पुनः डुबा...

पहिलो हाफमा स्वीडेन २-१ ले अगाडि

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोको मोन्टेरे स्टेडियमा भइरहेको समूह एफको खेलमा स्वीडेनले ट्युनिसिया विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बना...

एमालेमा बढ्दै ध्रुवीकरण, ओलीको निशानामा पौडेल–पोखरेल

काठमाडौं । नेकपा एमालेभित्र पुनर्गठन बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेतामाथि सार्वजनिक रूपमा नभए पनि आन्तरिक बैठकमा कडा ...

निजी लगानीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सरकारी रङ्गशाला भने अझै अलपत्र

भैरहवा । रुपन्देहीमा क्रिकेट पूर्वाधार विस्तारले तीव्रता पाइरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आशा जगाएको छ। निजी लगानीमा अन्तर्राष्ट्रिय स्तरक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending