Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

एम्बुलेन्स सञ्चालन व्यवस्थित बनाउन छानबिन समिति गठन

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । बिरामीलाई थप सहज एवं सुरक्षित बनाउन काभ्रेपलाञ्चोकमा ‘जिपीएस’ जडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गरिने भएको छ । यसका लागि जिल्लास्तरमा सञ्चालित एम्बुलेन्सको अवस्था, वर्ग र समस्या तथा चुनौतीबारे अध्ययन गरी एम्बुलेन्स सञ्चालनलाई थप व्यवस्थित बनाउन छानबिन समिति गठन गरिएको छ ।

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिपीएसजडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्न प्रारम्भिक चरणमा उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। समितिको संयोजक प्रजिअ रहने व्यवस्था छ । सरोकारवाला सम्मिलित बैठकले पहिलो चरणमा जिल्लामा भएका सरकारी निकाय, सामाजिक संस्था तथा व्यक्तिद्वारा सञ्चालित सम्पूर्ण एम्बुलेन्सको अवस्थाका बारेमा जानकारी लिइने भएको हो ।

जिल्लामा जिपीएसजडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्ने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख सहसंयोजक रहनेगरी मेथिनकोट अस्पताल, धुलिखेल अस्पताल र स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख रहनेगरी चार सदस्यीय छानबिन समिति गठन गरिएको छ । उक्त समितिले तीन हप्ताभित्र प्रतिवेदन समितिलाई हस्तान्तरण गर्ने समयसीमा तोकिएको छ । काभ्रेमा छ नगरपालिका र सात गाउँपालिका छन् ।
 
यस्तै एम्बुलेन्सलाई मापदण्डअनुसार सञ्चालनका लागि राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ को उफदफा १, को (छ) बमोजिम दुई महिनाको अवधि दिई सूचना प्रकाशित गर्ने र आवश्यक समन्वयका लागि स्थानीय तहमा अनुरोध गर्ने निर्णय गरेको छ । 

त्यस्तै स्थानीय तथा प्रादेशिक अस्पताल र स्वास्थ्य संस्थालाई सञ्चालनमा ल्याइएका एम्बुलेन्समा जिपिएस जडान गरी ‘स्तरोन्नति मापदण्ड’बमोजिम सञ्चालन गर्न अनुरोध गर्ने जनाइएको छ । प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिमार्फत एम्बुलेन्स चालक र त्यसमा रहने स्वास्थ्यकर्मीको प्रशिक्षण एवं तालिम दिइने व्यवस्था मिलाइने योजना बनाइएको प्रजिअ शर्माले बताइन् ।

यसअघि कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै विसं २०७७ जेठदेखि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा केन्द्र रहनेगरी काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा सञ्चालन हुने सम्पूर्ण एम्बुलेन्सलाई व्यवस्थित गर्न जिपिएस जडान गरी ‘एकीकृत एम्बुलेन्स सेवा’ सञ्चालनमा ल्याइएको थियो । धुलिखेल अस्पतालका डा सानुकृष्ण श्रेष्ठका अनुसार धुलिखेल अस्पतालमा प्रेषण केन्द्र (डिस्प्याच सेन्टर) स्थापना गरी दुई जिल्लाका एम्बुलेन्सबीच समन्वयात्मकरूपमा सञ्चालन गरिएको थियो । 

काभ्रेपलाञ्चोकका ४२ र सिन्धुपालचोकको ३१ एम्बुलेन्समा जिपीएस प्रणाली जडान गरेर एम्बुलेन्सको वर्गीकरण गरी सञ्चालन गरिएको जनाइयो । बिरामी तथा बिरामीका आफन्तले नेपाल टेलिकमको मोबाइल तथा ल्याण्डलाइन टेलिफोन प्रयोकर्ताले १०२ नम्बरमा फोन गरेपछि धुलिखेल अस्पतालको डिस्प्याच सेन्टरले बिरामीको नजिक रहेको एम्बुलेन्सको व्यवस्थापन गर्ने प्रणाली व्यवस्थित गरिएको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायल र इरानले एकअर्कामाथि नयाँ हमला गरिरहँदा ट्रम्पले भने- तेहरान युद्ध अन्त्य गर्न आतुर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...

कुलमानले भने- वैकल्पिक बाटोबाट मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...

सुहाङ र निश्कललाई ‘नेता’ बनाउन दबाब

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...

न्यायिक विलम्बको चक्रव्यूहमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...

रास्वपा सरकारको पहिलो दिनमै मन्त्रालय कटौती र संरचना पुनर्गठनको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...

आज दासत्व पीडितहरूको स्मृति दिवस मनाइँदै

काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: