काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही पुस २७ गते ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायतलाई निमन्त्रणा गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
उहाँले विभिन्न राज्यलाई एकीकृत गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेका राष्ट्र निर्माताको सम्मानमा हुने चियापान समारोहमा राष्ट्रपति, प्रधानमन्त्री सहभागी हुने जानकारी दिए । सोही दिन सो पार्टी केन्द्रले सिंहदरबारस्थित शालिकमा माल्यार्पण कार्यक्रम गर्नेछ ।
उनका अनुसार पार्टीले सोही दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा पृथ्वीनारायण शाहको व्यक्तित्व तथा इतिहास झल्काउने गरी सभा गोष्ठी, शुभकामना आदानप्रदान तथा चियापान समारोह, अन्तक्र्रिया, दिपावलीलगायत कार्यक्रम गरी उत्सवका रुपमा मनाउन पार्टी मातहतका सबैलाई पत्राचार गरिएको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार सोही दिन ‘पृथ्वीनारायण’ शीर्षकमा कविता लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरी पहिलो, दोस्रो र तेस्रोलाई क्रमश: रु एक लाख रु ५० हजार र रु २५ हजार तथा सान्त्वना विजेता तीन जनालाई प्रतिव्यक्ति रु १० हजार पुरस्कार प्रदान गरिनेछ । पृथ्वीजयन्ती दिवसका रुपमा देशभर मनाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मूल समारोह समितिसमेत गठन गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८२ - २०:११
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच टीआरसीबारे (संक्रमणकालीन न्याय) छल...
बैशाख २१ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको प...
बैशाख २१ गते, २०८२ - १९:५९
काठमाडौं । बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैङ्क एन्ड फाइनान्सियल इन्स्टिच्युसन एक्ट–बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाअ...
बैशाख २१ गते, २०८२ - १९:११
काठमाडाैं । नेकपा एमालेले दलभित्रका समस्यालाई आन्तरिक रुपमै समाधान गर्नुपर्ने बताएको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले दलभित्रका समस्यालाई राष्ट्र...
बैशाख २१ गते, २०८२ - १९:०७
काठमाडौं । विभागीय टोली नेपाल आर्मी राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा अपराजित रहँदै आर्म...
बैशाख २१ गते, २०८२ - १९:०३
काठमाडौं । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । ...
बैशाख २१ गते, २०८२ - १८:१३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत लगिएको छ। थपिएको म्याद सकिएसँगै आज पु...
बैशाख २१ गते, २०८२ - १८:११
तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा शहिद लख...
बैशाख २१ गते, २०८२ - १८:०८
बाँके । नेकपा एकीकृत समाजवादी बाँकेको आठौँ जिल्ला अधिवेशनले दीपक जिएमको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको छ । बाँकेका आठैवटा ...
बैशाख २१ गते, २०८२ - १८:०५
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच सिंहदरबारमा छलफल भएको छ । उनीहरुबिच संक्रमणकाली न्याय तथा समसामय...
प्रतिकृया लेख्नुहोस्: