बाँके । बाँकेको कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना गरिने भएको छ । लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसीले कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना हुने बताएको हो ।
नेपालगञ्जमा यातायात कार्यालय हुँदा समय र दूरीका कारण जनतालाई मर्का परेको जनाउँदै उनले कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना हुने बताए । “नेपालगञ्जमा यातायात कार्यालय भए पनि कोहलपुरमा चालक अनुमतिपत्रको एउटा शाखा ल्याउने विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल सुरु भइसकेको छ”, उनले भने, “कोहलपुरमा यातायातको एउटा शाखा जनताको आवश्यकता भएको हुनाले यहाँ एउटा शाखा स्थापना हुन्छ, त्यसका लागि नगरपालिकाले ठाउँको व्यवस्थापन गर्ने तयारी गर्दा हुन्छ ।”
कोहलपुर नगरपालिकाले निर्माण गरेको दृश्यावलोकन स्तम्भ र नयाँ बसपार्क सञ्चालन तथा व्यवस्थापनका विषयमा सर्वपक्षीयरुपमा गरिएको सुझाव सङ्कलन कार्यक्रममा मन्त्री केसीले भौतिक संरचना निर्माण गर्दा दीर्घकालीन योजनाका साथ बनाउनुपर्ने उल्लेख गर्दै संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने कुराको ख्याल गर्नुपर्नेमा जोड दिए।
उनले भने, “संरचना बन्नु आफैँमा नराम्रो होइन, तर कालान्तरमा त्यसको प्रतिफल कस्तो रहन्छ भन्ने कुरामा विचार गरेर मात्र यस्ता संरचनाको निर्माण गरिनुपर्छ ।” कोहलपुरमा अत्याधुनिक बसपार्क र दृश्यावलोकन स्तम्भको संरचना तयार भइसकेकाले त्यसलाई सञ्चालनमा ल्याउन सबैको भूमिका महत्पूर्ण रहने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८२ - २०:११
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच टीआरसीबारे (संक्रमणकालीन न्याय) छल...
बैशाख २१ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको प...
बैशाख २१ गते, २०८२ - १९:५९
काठमाडौं । बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैङ्क एन्ड फाइनान्सियल इन्स्टिच्युसन एक्ट–बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाअ...
बैशाख २१ गते, २०८२ - १९:११
काठमाडाैं । नेकपा एमालेले दलभित्रका समस्यालाई आन्तरिक रुपमै समाधान गर्नुपर्ने बताएको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले दलभित्रका समस्यालाई राष्ट्र...
बैशाख २१ गते, २०८२ - १९:०७
काठमाडौं । विभागीय टोली नेपाल आर्मी राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा अपराजित रहँदै आर्म...
बैशाख २१ गते, २०८२ - १९:०३
काठमाडौं । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । ...
बैशाख २१ गते, २०८२ - १८:१३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत लगिएको छ। थपिएको म्याद सकिएसँगै आज पु...
बैशाख २१ गते, २०८२ - १८:११
तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा शहिद लख...
बैशाख २१ गते, २०८२ - १८:०८
बाँके । नेकपा एकीकृत समाजवादी बाँकेको आठौँ जिल्ला अधिवेशनले दीपक जिएमको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको छ । बाँकेका आठैवटा ...
बैशाख २१ गते, २०८२ - १८:०५
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच सिंहदरबारमा छलफल भएको छ । उनीहरुबिच संक्रमणकाली न्याय तथा समसामय...
प्रतिकृया लेख्नुहोस्: