Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

नेपाल एयरलायन्सका परिचारक र परिचारिकालाई सेवा सुविधामा विभेद नगर्न आदेश

खबरडबली संवाददाता

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रु) लाई सेवा सुविधाका आधारमा कुनै पनि विभेद नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज निगमका नाममा परिचारिक र परिचारिकालाई सेवा सुविधामा फरक पर्ने गरी कुनै पनि कदम नचाल्न अन्तरिम आदेश गरेको हो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु अनन्तराज लुइँटेल, कीर्तिनाथ शर्मा पौडेल, लीलाधर उपाध्याय, प्रतिभा उप्रेती, विशाल थापालगायतले बहस गरेको थिए।

अदालतले निवेदकहरु करारका कर्मचारी भएकाले कारबाही गर्ने, करार भङ्ग गर्ने तथा सेवा सुविधामासमेत हस्तक्षेप गर्न सक्ने कुनै पनि काम नगर्न भनेको छ ।
 
निगममा कार्यरत सबै विमान परिचारक र परिचारिकाले आफूहरुमाथि अन्याय र विभेदपूर्ण व्यवहार भएको उल्लेख गर्दै यही पुस १८ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । वरिष्ठ विमान परिचारिका प्रजिता कार्कीसहित एक सय ३५ जनाले सामूहिकरुपमा  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयायन मन्त्रालय र नेपाल वायुसेवा निगमलाई विपक्षी बनाइ रिट निवेदन दायर गरेका थिए । 

रिटमा आफूहरुमाथि विभेदकारी व्यवहार भएको, सेवा(सुविधामा कानुन विपरीत विभेदको नीति ल्याएको भन्दै त्यस्ता प्रावधान खारेजीको माग गरिएको छ । रिट निवेदनमा निगमका कर्मचारीहरुको सेवा, सर्तसम्बन्धी कानुनमा भएको व्यवस्थाले विमान परिचारक र परिचारिकालाई अन्य कर्मचारीभन्दा विभेदपूर्ण व्यवहार गरी दोस्रो दर्जाको कर्मचारीको व्यवहार गरिएको दाबी गरिएको छ । 

कर्मचारीको अवकाश उमेर ५८ वर्ष कायम गरेकोमा विमान परिचारक र परिचारिकाको हकमा ४० वर्षमा अवकाश दिने, एक महिनाको तलब दिएर जहिल्यसुकै हटाउन सक्ने, सेवा अवधिभर करारको करार नै राखी अवकाश गराउने र उपदान पनि नदिनेलगायतका प्रावधानको बदर रिट निवेदनमा माग गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अज्ञात व्यक्तिले चलाएकाे गोलीबाट दाङमा सुनचाँदी व्यवसायी घाइते

दाङ । दाङको लमहीमा अज्ञात व्यक्तिले चलाएको गोलीले लमही नगरपालिका –५ लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलका सञ्चालक १६ वर्षिय दीपक सुनार घाइते भएका ...

हेटौँडामा सडकको केन्द्ररेखाबाट दायाँ–बायाँका ५३१ घरटहरा भत्के

मकवानपुर । हेटौँडा बजार क्षेत्रमा सुरु गरिएको सडक सीमा विस्तारीकरण अभियानअन्तर्गत ५३१ घरटहरा तथा विभिन्न संरचना भत्काइएका छन्। सडक डिभिजन कार्यालय हेट...

हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ

काठमाडाैं । काठमाडौंमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा हायात होटलभित्र रहेको क्यासिनोमा भएको चोरी, तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा दुई...

वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र सुरु

पर्वत। दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र गर्न थालिएको छ। विसं २०४९ मा मार्ग विस्तार गरिए पनि ...

चार करोडको लागतमा प्रहरी कार्यालय भवन निर्माण

जुम्ला । कनकासुन्दरी गाउँपालिका–६ स्थित गोठिज्युला प्रहरीचौकीले सुविधा सम्पन्न पक्की भवन प्राप्त गरेको छ। प्रहरी चौकी स्थापना भएको १४ वर्षपछि आफ्नै सु...

भारतको राजकीय भ्रमणमा पुटिन, यस्ता छन् एजेन्डा

काठमाडौं । दुई दिने भ्रमणका क्रममा यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारतको नयाँ दिल्लीमा रहेका छन् । विहिबार बेलुका दिल्ली पुगेका पुटिनलाई वि...

सरकारले कृषियोग्य जमिन छुट्याउने

काठमाडौँ । सरकारले कृषि क्षेत्रको विकासका लागि कृषियोग्य जमिन छुट्याउने भएको छ । कृषियोग्य जमिनको संरक्षणका लागि कृषि र गैरकृषि जग्गा वर्गीकरण गर्न ला...

इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम

सुमात्रा । इन्डोनेसियाको सुमात्रा टापुमा थप भारी वर्षाको सम्भावना देखिएको छ, जसले पहिले नै बाढीबाट प्रभावित क्षेत्रहरूमा थप चुनौतीपूर्ण अवस्था सिर्जना...

वामपन्थी र क्रान्तिकारीकाे एकतानै नेकपा हाे: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणले देशका अन्य प्रदेशहरूमा पनि प्र...

जनताकाे मुक्ति, पहिचान र अधिकारका लागि नेकपा: नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालका युवापुस्ता, विशेषगरी जेनजी पुस्ताबीच नेकपाप्रतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending