Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

राष्ट्रियसभाको दलीय हैसियतमा उलटफेर- माओवादी पहिलो बन्दा एमाले र एकीकृत समाजवादी बराबरी

अध्यक्षको बलियो दाबेदार कृष्ण सिटौलालाई ल्याउन माओवादीले किन पहल गर्‍यो ?

खबरडबली संवाददाता

काठमाडौंं । आगामी महिना हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सकिएसँगै प्रतिनिधि सभामा तेस्रो दल रहेको नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा भने सबैभन्दा ठूलो दल हुने देखिएको जानकारहरूले बताएका छन्।

राष्ट्रिय सभामा तेस्रोबाट दोस्रो ठूलो दल बन्न प्रयासरत नेपाली कांग्रेसमा भने उम्मेदवार चयनको विषयमा विवाद देखिएको छ। कांग्रेस महामन्त्री गगन थापाले गएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका कृष्णप्रसाद सिटौलालाई "माओवादी र एकीकृत समाजवादीको आग्रहमा" अघि सारिएको बताएका छन्।

चार वर्ष अघिसम्म राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले यो पटकको राष्ट्रिय सभा निर्वाचनबाट तेस्रो दल हुने देखिएको छ। एमाले अहिले प्रतिनिधि सभामा दोस्रो ठूलो दल रहेको छ।

राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीतसहित माओवादीका १५ जना सदस्य रहेका छन्। आगामी फागुनबाट माओवादीका तीनजना राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ।

अहिले राष्ट्रिय सभामा मनोनीत सहित १७ जना सांसद रहेको नेकपा एमालेका भने राष्ट्रपतिबाट मनोनीत एक जनासहित सबैभन्दा धेरै नौ जना सदस्य खाली हुँदैछन्।

एमाले तेस्रो दल बन्ने!

राष्ट्रिय सभा अध्यक्ष सहित आफ्ना नौ जना सांसदहरूको पदावधि सकिए पनि एमालेले माघ ११ गते हुने निर्वाचनमा एउटै सिट जित्ने सम्भावना नदेखिएको जानकारहरू बताउँछन्।

त्यसो हुँदा राष्ट्रिय सभामा एमालेका आठ जना सांसदहरू मात्रै बाँकी रहनेछन्। राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत एमाले निकट विमला राई पौडेलको पदावधि पनि आगामी फागुनबाट सकिँदैछ।

राष्ट्रिय सभाको निर्वाचनमा एमालेले रिक्त भएका १९ वटै सिटमा उम्मेदवारी दिए पनि आफ्ना उम्मेदवार निर्वाचित हुने अपेक्षा भने “खासै नगरेको” एमालेकै एक जना सांसदले बताइन्।

“गठबन्धनको मतभार धेरै भएका कारण हामीले खासै अपेक्षा गरेका छैनौँ। आफ्नो मत संरक्षण गर्न सबै ठाउँमा उम्मेदवारी चाहिँ दिएका हौँ,” आगामी फागुनमा कार्यकाल सकिन लागेकी एमाले राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापाले भनिन्, “प्रतिस्पर्धा गर्दा कोशी लगायतका केही प्रदेशमा आउन पनि सक्छ।”

विसं २०७७ सालमा नेकपाबाट एमाले र माओवादी अलग हुँदा राष्ट्रिय सभामा एमालेका ३४ सदस्य थिए। यसअघि २०७८ सालमा भएको राष्ट्रिय सभा निर्वाचनमा पनि एमालेले अहिलेकै जस्तो गठबन्धनसँग प्रतिस्पर्धा गरेको थियो।

अहिले जस्तै १९ सिटका लागि भएको त्यसबेलाको निर्वाचनमा भने एमालेका एक जना उम्मेदवार कोशी प्रदेशबाट निर्वाचित भएका थिए।

तत्कालीन प्रदेश १ मा गठबन्धनमा भएको असन्तुष्टिका कारण कतिपय गठबन्धनकै प्रदेश सांसद र स्थानीय तहका पदाधिकारीले जनता समाजवादी पार्टीका उम्मेदवारको सट्टा एमालेका उम्मेदवारलाई मत दिएको विवरण आएका थिए। तर यो पटक एमालेले यस्तो अपेक्षा “खासै नगरेको” नेताहरू बताउँछन्।

यसरी बन्दैछ माओवादी सबैभन्दा ठूलो दल

एमालेसँग विभाजित हुँदा राष्ट्रिय सभामा १५ सांसद रहेको माओवादीले अघिल्लो पटक भएको राष्ट्रिय सभा निर्वाचनबाट एक सांसद थप्यो। उसले राष्ट्रपतिबाट मनोनीत हुने कोटामा पनि आफ्ना नेता नारायण दाहाललाई राष्ट्रिय सभामा पुर्‍यायो

अहिले माओवादीबाट राष्ट्रिय सभामा दाहालसहित १५ जना सांसद छन्। त्यसमध्ये तीन जनाको पद फागुनमा सकिँदैछ। तर माघमा हुने निर्वाचनमा माओवादीले गठबन्धनका तर्फबाट छ जना उम्मेदवार अघि सार्दैछ र ती सबै उम्मेदवार निर्वाचित हुने सम्भावना रहेको जानकारहरू बताउँछन्।

त्यसो हुँदा राष्ट्रिय सभामा माओवादीका १८ सांसद पुग्छन् र यो सङ्ख्या राष्ट्रिय सभामा कांग्रेसको भन्दा धेरै हुन्छ।अहिले राष्ट्रिय सभामा कांग्रेसका १० जना सांसद छन्। त्यसमध्ये चार जनाको पदावधि फागुनमा सकिँदै छ। तर गठबन्धनबाट कांग्रेसले १० जना उम्मेदवार पाएको छ।

ती सबै उम्मेदवार निर्वाचित भए राष्ट्रिय सभामा कांग्रेसका १६ जना सांसद पुग्छन्। “अहिलेको गठबन्धनमा उलटफेर भएन भने माओवादी सबैभन्दा ठूलो, कांग्रेस दोस्रो र एमाले तेस्रो हुने देखिन्छ,” राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुयाँलले भने।

“एकल सङ्क्रमणीय निर्वाचन प्रणालीमा गठबन्धनको मत धेरै भएको स्थिति र रिक्त भएका क्लस्टरहरू एक वा दुई मात्रै भएका कारण ती सबै ठाउँहरूमा गठबन्धनमा उलटफेर नभएको अवस्थामा गठबन्धनकै उम्मेदवारहरू निर्वाचित हुने देखिन्छ।”

कांग्रेसको पुनरागमन

नेकपा एकीकरणका समयमा राष्ट्रिय सभामा जम्मा छ सिटमा खुम्चिएको नेपाली कांग्रेसले चार वर्षमा माथिल्लो सदनमा अध्यक्ष सहित १६ सिट बनाउने देखिएको छ।

“गठबन्धनको मतभारका कारण हामीले अहिले उम्मेदवारी दिएका १० वटै सिट जित्छौँ। त्यसो हुँदा हाम्रो १६ सिट पुग्छ,” राष्ट्रिय सभामा कांग्रेस संसदीय दलकी नेतृ अनिता देवकोटाले भनिन्।

रिक्त हुन लागेको राष्ट्रिय सभाको अध्यक्षका लागि कांग्रेसले पार्टी नेता कृष्णप्रसाद सिटौलालाई अघि सारेको छ।राष्ट्रिय सभामा एमाले र एकीकृत समाजवादीको बराबर हैसियत हुने देखिएको छ।

एकीकृत समाजवादीका अहिले एक जना स्वतन्त्रसहित राष्ट्रिय सभामा नौ जना सांसद छन्। त्यसमध्ये नेकपा विभाजनका क्रममा स्वतन्त्र हैसियत रोजे पनि एकीकृत समाजवादीमै रहेका खिमलाल देवकोटासहित तीन जनाको पदावधि सकिँदैछ।

माघमा हुने निर्वाचनमा एकीकृत समाजवादीका तर्फबाट दुई जना उम्मेदवार छन्। ती दुवै जना निर्वाचित भए राष्ट्रिय सभामा एकीकृत समाजवादीका एमालेका बराबर आठ सांसद हुनेछन्।

सिटौलाबारे माओवादी र एकीकृत समाजवादीले के भने?

कांग्रेसभित्र राष्ट्रिय सभा उम्मेदवार चयनको विषयमा लिखित असहमति राखेका महामन्त्री गगन थापाले आफ्नो असहमतिमा अवसरबाट वञ्चित र योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने मापदण्ड पालना नगरिएको र पार्टीमा आग्रहका आधारमा निर्णय गरिएको आरोप लगाएका छन्।

“उम्मेदवारबारे हामीले हिजो बनाएको मापदण्डमा ध्यान दिइएन। मुख्य पार्टी नेतृत्व नै सिङ्गो पार्टीको अभिभावक नभएर एउटा सानो पङ्‌क्तिको संरक्षकजस्तो देखियो,” थापाले बीबीसीसँग भने।

उनले पार्टीमा मधेशी र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व समेत नभएको बताए। थापाजस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले फरक विचार समूहलाई अलग गरिएको र न्यायोचित अवसर नदिइएको आरोप लगाएका छन्।

कांग्रेस महामन्त्री थापाका अनुसार कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउन सत्ता साझेदार माओवादी र एकीकृत समाजवादीले पनि आग्रह गरेका थिए।

“हाम्रो मतले मात्रै राष्ट्रिय सभामा जित्न नसक्ने र हामीले मत लिनुपर्ने मूलत माओवादी र एकीकृत समाजवादी दुवैको तर्फबाट औपचारिक रूपमै कांग्रेसलाई यदि तपाईँहरूको उम्मेदवार सिटौला हुनुहुन्छ भने व्यक्तित्वको कारणले (राष्ट्रिय सभा अध्यक्षमा) हाम्रो दाबी रहन्न र यसमा हामी छलफलै गर्दैनौँ भन्ने कुरा आयो,” थापाले भने।

“नभए खासगरी माओवादीले हाम्रो दाबी रहन्छ किनभने अलि समय पछि संवैधानिक परिषद्‌मा हाम्रो उपस्थिति शून्य हुन्छ भनिसकेपछि हामी राष्ट्रिय सभाको अध्यक्ष बन्ने व्यक्तिसँग एउटा उम्मेदवार जोडेर आउने अवस्था बन्यो। त्यसकारण त्यसलाई अपवादको रूपमा स्वीकार गर्ने र एकमत बनेको अवस्था रह्यो।”

शान्ति प्रक्रियामा मध्यस्थकर्ताको भूमिका खेलेका सिटौलाप्रति माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदाशयता देखाउने गरेको बताइन्छ। सिटौला गत वर्षको प्रतिनि धिसभा निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending